२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

६० लाख लगानीमा बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा

६० लाख लगानीमा बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा

६० लाख लगानीमा बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा

६० लाख लगानीमा बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा

६० लाख लगानीमा बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • बुटवल । युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लिको तेस्रो शाखा बुटवलमा सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका–६, पुष्पलाल पार्कमा बैशाख १ गतेदेखी सञ्चालन हुने गरि तयारी गरिएको प्रालिले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । प्रालिले ६० लाग लगानीमा नववर्ष २०८२ को सुखद अवसरमा बुटवल–६, पुष्पलाल पार्कमा तेस्रो शाखा स्थापना गर्न लागिएको सञ्चालक मेघराज वुढाथोकिले जानकारी दिए । 


    २०७४ सालमा तिलोत्तमा–५, मणिग्राम, रुपन्देहीबाट शुरु गरेको प्रालिले सुलभ, सुरक्षित र गुणस्तरीय दन्त सेवा जनसामान्यसम्म पुर्याउनुका साथै हामी अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक र बिरामी–मैत्री सेवाका आधारमा निरन्तर दन्त स्वास्थ्य सेवामा नयाँ मापदण्डहरू कायम गरेको सञ्चालक मेघराज वुढाथोकिले जानकारी दिए । 


    स्थापनाको तीन वर्षपछि, वि.सं. २०७७ मा बाणगङ्गा–४, चारनम्बर, कपिलवस्तुमा दोस्रो शाखा स्थापना गरी सो क्षेत्रका नागरिकलाई समेत आधुनिक दन्त सेवा प्रवाह गर्दै आएको बताउँदै दन्त सेवाको नयाँ अध्याय प्रारम्भ गरेको उल्लेख गरे । यहाँ केन्द्रमा आधुनिक उपकरणहरू, डिजिटल प्रविधि, स्वच्छ वातावरण, सहज पहुँच र उच्च व्यावसायिक सेवासँगै बिरामीको सम्पूर्ण सन्तुष्टिलाई सर्वोच्च प्राथमिकतामा राखिएको उनले बताए । 

    ७ सदस्यीय  विशेषज्ञ चिकित्सक टोलीले उपचारमा विशेष दक्षता दिने बताए ।  डेन्टल इम्प्लान्ट सेवा, ब्रेसेस , कस्मेटिक डेन्टिस्ट्री , रुट क्यानल उपचार, दाँत उखाल्ने सेवा, क्राउन, ब्रिज र डेन्ट्चर सेवा, बालबालिकाको दन्त उपचार,  स्केलिङ र पोलिसिङ तथा  डिजिटल डेन्टल एक्स–रे लगायतका सेवाहरु प्राप्त गर्न सकिने डा. भावना मुल्मीले बताईन् । 


    अनलाइन अपोइन्टमेन्ट प्रणाली लागू गर्ने, बिद्युतिय मेडिकल रेकर्ड प्रणाली संचालनमा ल्याउने, विद्यालय, समुदाय र वृद्धाश्रमहरूमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने, खानपान, दन्त हेरचाह तथा बालबालिकाको दन्त सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू संचालन गर्ने,  अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि समावेशी र छुटयुक्त सेवा प्रदान गर्ने योजना रहेको सञ्चालक जिवन वुढाथोकिले जानकारी दिए । 


    प्रालिमा  नयाँ शाखाको शुभारम्भको अवसरमा २०८२ बैशाख महिना भरिः सबै प्रकारका चेकजाँच तथा परामर्श सेवा निःशुल्क प्रदान गर्नुका साथै सम्पूर्ण उपचार सेवामा १५% छुट रहेको बुढाथोकीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij