२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महिला फुटबलको उपाधि वालिङलाई

महिला फुटबलको उपाधि वालिङलाई

महिला फुटबलको उपाधि वालिङलाई

महिला फुटबलको उपाधि वालिङलाई

महिला फुटबलको उपाधि वालिङलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता–२०८१ को विजेता बनेको छ । 


    प्रतियोगिता अन्तरगत सनिवार भएको फाइनलमा ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलबस्तुलाई १–० गोल अन्तरले हराउदै उपाधि जितेको हो । 


    निकै प्रतिष्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. २ कि यशोदा शाहीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । एक शुन्य गोलले पछाडी परेको राईजिङ स्टारले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकि थिइन । 


    फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्वलकि स्कोरर यशोदा शाही भइन । उपाधि विजेता वालिङले सेमिफाइनलमा एमएससी भारतलाई र उपविजेता कपिलबस्तुले आयोजकलाई हराएको थियो । 


    प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता राईजिङ स्टार क्लब, कपिलबस्तुले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो । 
    प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. कि सिमरन राई भइन ।

    उनले नगद २५ हजार तथा मेडल प्राप्त गरिन । यसैगरि उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब, कपिलबस्तुकि सुनयना चौधरी, वेष्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकि पूर्णिमा राई, वेष्ट डिफेन्ड राइजिङ स्टारकि धाना बोहोरा, उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनहि १० हजार नगद तथा कप प्राप्त गरे ।  


    विजेता तथा उपविजेता टिमलाई कप, मेडल, प्रमाणपत्र बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवि अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धिबहादुरदर्जी लगायतले प्रदान गरे। 


    एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक,  बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगतामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारत सहित ८ टिमको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij