२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

व्यस्त सडक बन्द गरेर व्यापार

व्यस्त सडक बन्द गरेर व्यापार

व्यस्त सडक बन्द गरेर व्यापार

व्यस्त सडक बन्द गरेर व्यापार

व्यस्त सडक बन्द गरेर व्यापार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • स्थानीय भन्छन् : गलत भयो, अन्त गर्नुपर्छ 
    भिम कार्की
    बुटवल
    बुटवलको व्यस्त सडक कालिकापथमा सवारी आवागमन बन्द गरेर तीन दिनसम्म सडक खाना महोत्सव आयोजना गर्दा सडक प्रयोगकर्ता, स्थानीय र होटेल व्यवसायीबाट चर्को असन्तुष्टी प्रकट भएको छ । 


    रेष्टुरेण्ट तथा बार व्यवसायी संघ (रेबान) ले तीनकुनेदेखि शिवालय मन्दिरसम्मको मुख्य सडकमा तीन दिनसम्मसडक खाना महोत्सव आयोजना गरेको छ । सडकमा स्टल बनाउन र स्टल हटाउँदासम्म पाँच दिनसम्म सडकमा आवागमनमा अवरोध भएको छ । आयोजकले महोत्सव सुरु हुनु तीन दिनअघिदेखि शिवालय मन्दिरनिर सडक पूर्णरुपमा अवरोध गरी स्टल निर्माणको काम गर्दा सर्वसाधारणले सहजरुपमा सवारी साधन चलाउन पाएका छैनन् ।  


    स्थानीय टेम्पो चालक रामु थापाले भने–‘हामी दिनभर यही सडक प्रयोग गरेर गुजारा चलाउँछौं । यस्तो व्यस्त सडक बन्द गर्दा हामीलाई सास्ती भएको छ ।’ 


    यसैगरी, दैनिक स्कुटरमा सोही सडक भएर कार्यालय आउ जाउ गर्ने सुजन थैबले व्यस्त सडकमा गर्मी मौसममा खाना महोत्सव गर्न दिनु सरासर गलत भएको बताए ।


    ‘बुटवलमा खुला ठाउँहरु छन्, बुटवल मण्डप पनि छ, त्यहाँ खाना महोत्सव गर्दा   राम्रै हुन्थ्यो,’ थैवले भने–‘एकातिर सडकम ा महोत्सव गर्न दिनु नै गलत छ, अर्कोतिर गर्मी मौसममा सडकमा खाना महोत्सव गर्दा धुवाँ, धुलोको र गर्मीको संक्रमण भई खानाका परिकार अस्वस्थकर भई फुड पोइजन पनि हुन सक्छ, त्यसको जिम्मेवार को हुने ?’  


    तिनकुनेकी  मीना चौधरीले  पनि सडक बन्द गरिंदा आफ्नो व्यापार प्रभावित हुने बताइन् । ‘नयाँ वर्षमा हामीले ग्राहकको प्रतिक्षा गरिरहेका बेला सडकै बन्द भयो अबकसरी व्यापार हुन्छ,’ उनले गुनासो गरिन्–‘कसैको फाइदाका लागि हामी जस्ता सामान्य व्यापारीलाई मर्का पर्छ भन्ने अनुमति दिने निकायले ख्याल गर्नु पर्छ कि पर्दैन ?’ 


    कालिकापथकै एक होटेल व्यवसायीले नयाँ वर्षमा स्वतस्फुर्त व्यापार बढ्ला भन्ने आशा गरेका बेला एउटा सीमित समूहको संस्थालाई सडक कब्जा गरेर महोत्सव गर्न दिनु सरासर गलत र पदीय अख्तियारको दुरुपयोग भएको बताए ।
    ‘नयाँ वर्षमा यसै पनि यो ठाउँमा अरु बेलाभन्दा बढी बिजनेस हुन्थ्यो तर आम व्यवसायीलाई असर पर्ने गरी एउटा समूहलाई व्यापार गर्न दिनु एकदमै गलत भयो,’ उनले भने–‘अहिले एउटा संस्थाले तीन दिनका लागि माग्यो भनेर दिएपछि भोलि अरु संस्थाहरुले पनि मागे भने दिने कि नदिने ? अनि सवारी साधन गुड्ने सडकलाई भाडामा लगाउन पाइने कि नपाइने ? यसले कस्तो नजिर बस्छ ? यस्तो गम्भीर सवालमा सरोकारवाला निकायले किन नसोचेको ?’  ती व्यवसायीले महोत्सव अवधिमा यदि यक्त घना वस्ती क्षेत्रमा आगलागी वा कुनै भवितव्य भएको त्यसको क्षतिको जिम्मेवारी अनुमति दिने निकायले लिनुपर्ने बताए । 
    नयाँ वर्ष वा अरु कुनै अवसरमा बुटवलमा  खाना महोत्सव आवश्यक भए पनि सार्वजनिक सडकमा नभई बुटवल मण्डप, देवीनगर रंगशाला नजिकको खुला ठाउँमा गर्दा कसैलाई असर नपर्ने उनले सम्बन्धित निकायलाई सुझाए । 


    बुटवल वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले व्यस्त सडक बन्द गरेर कुनै पनि महोत्सव आयोजना गर्नु सभ्य समाजमा स्वीकार्य विषय नभएको बताए । आफूले यस्तो कार्यको विरोध गरेको र आगामी कार्यपालिका बैठकमा यो विषय उठान गर्ने जनाए । 


    उपभोक्ता हितका क्षेत्रमा काम गर्ने होटेल व्यवसायी समुन्द्र जीसीले गर्मी सिजनमा  सडकमा  खाना महोत्सव गर्दा गर्मी, हावाहुरी, धुवाँधुलोले खानाका परिकार प्रदूषित हुने जोखिम अत्यधीक हुने र नागरिकको  स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले यसबारे पुनर्विचार गर्नुपर्ने बताए । 


    अग्रज पत्रकार डीआर घिमिरेले गर्मी मौसममा नाफा कमाउने उद्देश्य राखेर सडकमा खाना महोत्सव गर्ने परिपाटीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड हुने भएकाले सडकमा आयोजना गर्न दिने अनुमति रोक्नुपर्ने सुझाए । 
    बुटवल उप–महानगरपालिकाका आर्थिक प्रशासनका एक कर्मचारीले तीनकुने देखि शिवालय मन्दिरसम्मको सडकमा महोत्सव गर्न ५० हजार रुपैयाँ मनोरञ्जन कर लिएर अनुमति दिएको छ ।  


    आयोजक समितिका एक सदस्यले प्रति स्टल १२ हजार रुपैयाँ लिइएको बताए । उनले स्थानीय संस्कृति, पर्यटन र सामुदायिक एकता प्रवर्धन गर्न यस्तो महोत्सव आयोजना गरिएको दाबी गरे पनि त्यहाँ पाश्चात्य संस्कृति, उत्ताउला र छाडा नाचगान देखाइने निश्चित छ ।  आयोजकले ट्राफिक व्यवस्थापनमा प्रहरी प्रशासनको सहकार्यमा वैकल्पिक उपाय अपनाइने बताए पनि नागरिकको अधिकार हनन् भएको छ । ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार महोत्सवको अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई अनुरोध गरिएको छ । तर सीमित वैकल्पिक मार्ग र पूर्वसूचनाको अभावमा सक प्रयोगकर्तालाई झन् समस्या भएको छ ।


    सार्वजनिक सडकमा तीन दिनसम्म सर्वसाधारणलाई आवतजावतमा अवरोध गरी कार्यक्रम गर्न वडाले सिफारिश र उप–महानगरले अनुमति  दिँदा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी जस्ता सरोकारवाला निकाय मौन बस्नुले थुप्रै आशंकाहरु उब्जेको छ । यी निकायले सके अहिले नै रोक्नुपर्ने वा आगामी दिनमा सडक वाहेकका  खुला  र सुरक्षित ठाउँमा मात्र गर्न महोत्सव  आयोजना गर्न प्रोत्साहित गर्नुपर्ने टड्कारो खाँचो देखिन्छ । अन्यथा यो विषय जटिल बन्ने निश्चित छ । 
    ( कार्की प्रशिक्षार्थी पत्रकार हुन्)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij