२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मेराे नयाँ बर्ष

मेराे नयाँ बर्ष

मेराे नयाँ बर्ष

मेराे नयाँ बर्ष

मेराे नयाँ बर्ष
सुनगाभा पोखरेल स्तम्भकार हुन् ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • बिहानै  मोबाइलमा ट्याङ आवाज आयो टेबुलमा राखेको मोबाइल उठाउदै हेरे। साथिको मेसेज आएको रहेछ नयाँ बर्षको सुभकामना । एकछिन घोरिएर सोचे अहो भोलि देखि नेपाली नयाँ बर्ष शुरु हुने। समय पनि कसरी बित्यो बित्यो पत्तै भएन। अनि सम्झना आयो ती बालापन देखि स्कुल पढ्ने बेलासम्मको ।

    आफुलाइ सरसर्ति हेरे र तुलना गरे त्यो बेलाको नयाँ बर्ष र आजको नयाँ बर्ष सोच्नै नसकिने जमिन आसमानको फरक। अनि बिस्तारै  सम्झिदै गए +2 सम्मको नयाँ बर्ष - समयको अन्तरालमा केही ढिलाइ भएता पनि विभिन्न किसिमले मनाइएका नयाँ बर्षहरु बडो घतलाग्दो गरि भित्रिएको थियो मेरो जिवनमा।हुन त सबैको जिवनमा आइपर्ने नयाँ बर्ष घतलाग्दै थिए होलान् ।  
          
    हाम्रो बसाइ रुपन्देहीको भैरहवामा थियो सायद मेरो उमेर १२/१३ को हुदो हो म कक्षा ७/ ८ यस्तै पढ्दैथिए सबै साथिहरुले नयाँ बर्षमा आफुलाइ माया गर्ने र मिल्ने साथिहरुलाइ पोस्टकाडको पछाडि आफ्ना मनमा भएका भावना सहित साथिको उज्ज्वल भविस्यको कामना बारे लेखेर दिनेक्रममा कता कता मलाई पनि एउटा कार्ड आयो ।

    लेख्दा बिस्वास नहोला तर मैले त्यो काड सयौं  पटक वल्टाइ पल्टाइ हेरिरहे। किनकि आफुले पाउछु भन्ने बिस्वास कतै थिएन मलाई ।मन चन्चल , मुटु भुट भुट भइरहेको थियो अनुहारमा कान्ति महसुस भएको थियो , कता कता आफुलाइ विश्व सुन्दरिनै सम्झिएकि थिए। किनभने यो भन्दा पहिले मेरो जिवनमा कसैले कहिले केहि दिएको थिएन र मैले पाएकि पनि थिइन। 

    सुनेकि थिए साथिले काड पठाएपनि आफुलेपनि दिनुपर्छ रे नत्र साथि साथि बिचमा माया हुदैन रे... अब परेन फसाद ... । आफुले आफुलाइ कति कमजोरी ठाने र सोचे हे भगवान हामिलाइ अलि अलि पुग्नेगरि २/४ पैसा त जुटाइदेउन । मैले कार्ड पाइसकेपछि नयाँ बर्ष लाग्दैगर्दा महिनाको अन्तिम अन्तिम तिर हो क्यारे.. अब साथिलाइ के दिनु काड कसरी जोहो गर्नु दिमाग शून्य भएको थियो। तेतिबेला खै केको तालिम सिक्न हो ठुलोबुवाकि छोरी दिदी हाम्रो डेरामा आउनुभयो।  बर्षौपछि दिदी आएपछि  नयाँ साल त हामिलाइ हुनुपर्ने भयो गाउँ बाट दिदिले लेराआउनुभको अर्गगानिक फलफुल गाउको माया र गाउका साथिहरुको सम्झनाले सुनमा सुगन्ध नै छायो । 
      
    बाबा एकजनाको पेसाबाट हामी ५ जनाको परिवार पालिनु मात्रै हाम्रो लागि ठुलो थियो। यी वाइयात कुरालाई  दाम जुटाउने त आकासको तारा झै थियो हामीलाई । मेरो भाग्य भनु कि मेरो मायाले भनु तेहि बखत दिदिलाइ बाबाको अफिस  पुराउनु थियो तेतिबेला खुट्टाले चलाउने रिक्सा प्रसस्तै पाइएपनि आफु बसेको ठाउ र बाटोहरु देखाउदै  यो बाटो यता जान्छ ,यो यहाको प्रसिद्ध मन्दिर हो भन्दै दिदिलाइ  हिनाएर बाबासम्म पु्र्याइदिए।

    के सोचेर हो कुन्नि दिदिले नानि एता आतो भन्दै बोकेको झोलाभित्रबाट ५ रुपियाँ को रातो नोट निकालेर ला यो राख बाटो त  टाढै रहिछ खुट्टा दुख्छ रिक्सामा जा  भन्नुभयो र आफु बाबाको अफिस भित्र छिर्नुभयो। एकछिन सम्म त्यो पाँचरुपैयाको नोट हेरिरहे, कसैले खोसेर लान्छन्कि एसो सतर्क पनि भए। मैले जमिन किन्न सक्ने पैसा हातमा समाए झै लाग्यो। एकछिन भैरहवाको सबैभन्दा धनि केटि मै हुकि भन्नेपनि लाग्यो। सबैभन्दा जरुरि पोस्टकाड रिप्लाई गर्नुथियो।अनि तेहि बाटो आउदा आउदै पोस्ट काड पाइने पसलमा छिरे र सबैभन्दा मनपरेको काड किने जुन काड रुपैयाँ एकमा आउथ्यो।  घरमा आए सबैभन्दा राम्रो लेख्ने कलमले साथिले दिएको काड लाई अगाडि राखेर हेर्दै लेखे किनेको काडलाइ हजारौं पकट हेरेहुम्ला मैलेपनि किन्न सक्ने भए, भनेर आफुले आफैलाई बढावा दिइरहे ।

    नामा आफुलाइ र आफुले किनेको काडसँगै हेरिरहे कहिले म भन्दा काड राम्रो देखे त कहिले काड भन्दा आफुलाइ राम्रो  देखे।भोलिपल्ट खाना खाएर स्कुल जानेबेला त्यो काड साथिलाइ  happy new year भन्दै दिए। तेतिबेलाको मेरो नयाँ बर्ष आजसम्म पनि ताजालाग्छ।दिदिलाइ सम्झिन्छु , कहिलेकाही फोनमा मलाई धनि बनाउने तिमी हौ भन्छु उ मुसुक् हास्छे तँ त मेरो बैनि होस। मेरो कर्तब्य हो तलाइ मायागर्ने भन्नुहुन्छ। खुशिलाग्छ ।अहिले दिदी हजुरामा  बनिसक्नुभयो, म आमा बने दिनहरु बित्दै छन् बितिरहन्छन् । बर्षैपिच्छे साल फेरिन्छ। नयाँ नयाँ मान्छे जन्मन्छन्। क्रमसँगसँगै हामी सबै फेरिदै गैरहेका छौ। 

       मैले भन्न् खोजेको केहो भने हिजोको दिनमा तेतिधेरै अभावमा हामी स सानो कुरामा धेरै खुसि रहेका थियौ भने आजको यो समयमा कैयौँ सेवा सुविधा रहेको छ।कैयौ कुराहरुको सहजता छ तर मान्छेको मुहारमा कुनै खुशि देखिदैन । सबको हातहातमा मोबाइल छ तर एक कल गरेर सुभकामना भन्न त परै जावोस सन्चो बिसन्चो पनि पुछ्दैनन् । घरपरिवार वाट अलग भएका भाइवन्दु, उच्च शिक्षाको लागि बिदेशीएका आफन्तिहरु खै कसैको मनमा माया प्यार र कर्तव्यबोध भएको देख्दिन सायद ममापनि केही हदसम्म हराएको होकि झै लाग्छ बिगतलाई सम्झिदा। 

    अन्त्यमा सम्पूर्णमा नयाँ वर्ष २०८२ को शुभकामना

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij