२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतबाट अबैध रुपमा नेपाल भित्रिदाँ माछा कुखुरा व्यवासयी मारमा

भारतबाट अबैध रुपमा नेपाल भित्रिदाँ माछा कुखुरा व्यवासयी मारमा

भारतबाट अबैध रुपमा नेपाल भित्रिदाँ माछा कुखुरा व्यवासयी मारमा

भारतबाट अबैध रुपमा नेपाल भित्रिदाँ माछा कुखुरा व्यवासयी मारमा

भारतबाट अबैध रुपमा नेपाल भित्रिदाँ माछा कुखुरा व्यवासयी मारमा
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१

  •  
    परासी । पश्चिम नवलपरासीमा माछा बगुर कुखुरा दुग्ध व्यवसायी तथा सरोकरवालहरुसंग .समस्या बिषयमा छलफल  गरिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासीले आज कार्यालयको सभाहलमा माछा बगुर कुखुरा दुग्ध व्यवसायी तथा सरोकरवालहरुसंग .समस्या बिषयमा छलफल गरेको हो । 


    छलफल तथा बैठकमा व्यवासयीहरुले  माछा कुखुरा सिमा तस्कारी हुदाँ यहाँका व्यवसायीहरु मार्कमा परेको गुनासो गरेका छन । उनीहरुले खुल्ला रुपमा भारतबाट माछा कुखुरा तस्कारी हुदाँ यहाँका व्यवसायहरु डुबेको बताएका छन ।यसलाई नियन्त्रण गर्न सरोकारवालाहरु सबै लाग्नुपर्नेमा जोड दिएका थिए । पाल्हीनन्दन गाउँपालिकाका कुखुरा व्यवासयी संघका सचिव सन्तराज यादवले भने भारतबाट अबैध रुपमा खुल्लायाम कुखुरा नेपाल भित्रिदाँ नेपालमा पोल्टी फर्मबाट उत्पादन गरेका कुखुरा बिक्री नहुदाँ मारमा परेको बताए । 


    उनले अझै यसमा कुखुरामा रोग लाग्दा झन व्यवसायीलाई पिडा हुने र नेपाली बजारमा कुखुराको मुल्य नपाउदाँ पिडामाथि पिडा हुने गरेको बताए । त्यस्तै माछा व्यवायसीहरुले माछाको भुरा नपाउदाँ माछा पालनमा समस्या भएको मत्स्य व्यवासयीका कोषध्यक्ष चन्द्रप्रकाश कुवँरले बताए । उनले भने भारतबाट खुल्लायम माछा नेपाल भित्रिदाँ समेतयहाँका माछा व्यवसायी मारमा परेको बताउदै यहाँ व्यवसायीहरुले नेपाली बजारमा मुल्य नपाउदाँ समेत पिडा हुने गरेको बताए ।


    त्यस्तै बैठकले अबैधानिक रुपमा प्रबेश हुने पशुपन्छी जन्य उत्पादन न्यूनिकारण गर्नका लागि सम्पूर्ण सरोकारवाला निकायले आ आफनो स्थानबाट भूमिका निर्वाह गर्नुका साथै स्थानिकालाई समेत सक्रिय गर्ने गराउने निर्णय गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासीका प्रमुख श्रवाण कुमार चौधरीले बताए ।

    बजारीकरण बिद्युत महासुलमा सहुलियत कार्यक्रमा निरन्तरता दिदै जानुपर्ने तथा भारतबाट आउने पशुपन्छी जन्य बस्तुलाई निरुसाहित गर्ने निर्णय गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्राबिधिक निर्मला गिरीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij