२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उत्साह र उमंगको अवसर

उत्साह र उमंगको अवसर

उत्साह र उमंगको अवसर

उत्साह र उमंगको अवसर

उत्साह र उमंगको अवसर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • नयाँ वर्ष केवल हाम्रा घर—घरका भित्तामा क्यालेन्डर फेरिनु  मात्रै होइन, यो नयाँ योजनाको थालनीको अवसर हो । विगतको कामको समीक्षा र आगामी कामको खाका तय गर्ने मेसो पनि होे । खुसी र उमङ्ग ल्याउने अवसर हो । निराशालाई चिर्दै आशा जगाउने बेला पनि हो ।


    हाम्रो नयाँ वर्ष अरुभन्दा अलि बेग्लै समयमा आउँछ । नयाँ वर्ष वसन्त ऋतुमा आउँछ । वसन्त ऋतुले प्रकृतिमा उत्साह ल्याउँछ । पालुवा पलाउँछ, फूलहरु फुल्छन् । वनमा विभिन्न प्रजातिका फलफूल फल्ने याम पनि हो । प्रकृतिमा आउने उत्साहको प्रभाव मानिसमा पनि पर्छ । कटुता बिर्सेर नयाँ सम्बन्धको खोजी गर्ने अवसर हो । सकारात्मक सोंचको प्रवाह गर्ने समय पनि हो ।


    नेपालीहरु दुःख र पीडालाई बिर्सेर सकारात्मक बन्न सक्छन् । निराशालाई मेटर उत्साह भर्न सक्छन् । नेपालीको उत्साह र उर्जाको स्रोत हाम्रो संस्कृति, चाडपर्व हुन् । नयाँ वर्ष पनि हाम्रो चाड हो । एकअर्कामा शुभकामना आदानप्रदानले सकारात्मक बनाउँछ । उर्जा दिन्छ, नकारात्मक भावनालाई हटाउँछ । हामी लामो समयदेखि राजनैतिक अस्थिरताको दुष्चक्रममा जेलिदै आएका छन् । अहिले व्यवस्था परिवर्तन भए पनि अवस्था परिर्वतन भएन भन्ने गुनासो बढ्दो छ । 
    पूर्वाधार विकासको कामले गति लिए पनि रोजगारी नबढ्दा विदेश पलायन बढ्दो छ । प्रविधिको विकासले समाजमा सूचनाको पहुँच छरितो भएको छ । समाज खुला र अन्तरक्रियामुखी भएको छ । अहिले संसार एउटा गाउँझै भएको छ । सूचना बिजुलीको गतिमा प्रवाह हुँदा त्यसको प्रभाव विस्तार भएको छ । सत्य तथ्य र वस्तुनिष्ट सूचनाभन्दा भ्रमपूर्ण सूचना प्रवाह हुँदा समाज दिग्भ्रमित भएको छ । 


    समाज अराजक भएको छ । समाज अराजक बन्दा लोकतान्त्रिक प्रणालीमाथि जोखिम बढेको छ । नेपाल जस्तो लोकतान्त्रिक प्रणाली संस्थागत हुँदै गरेको मुलुकमा झनै जोखिम छ । 


    अहिले अराजक बन्दै गएको समाजलाई सही बाटोमा कसरी हिडाउने भन्ने प्राथमिकता हुनुपर्छ । समाजलाई सही बाटोमा हिडाउन सक्दा मात्रै लोकतान्त्रिक प्रणाली संस्थागत हुन्छ, व्यवस्थाले अवस्था बदल्न सक्छ, तर सत्ताको साँचो सम्हाल्नेहरु उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्छ ।


    कोभिड महामारीपछि विश्व आर्थिक मन्दीको मारमा प¥यो । विगत दुई वर्षदेखि हामीले झेल्दै आएको संकट विस्तारै खुकुलो हुँदैछ । मुलुकलाई आर्थिक संकटबाट मुक्त गर्न सरकारले उच्चस्तरीय समिति बनाएर काम ग¥यो । 
    पूर्व अर्थ सचिव रामेश्वर खनालको टिमले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्दै अघि बढ्दा मुलुकको संकट समाधानको बाटो निस्कन सक्छ । मुलुकको संकट समाधानका लागि सबैले सकारात्मक पहलकदमी लिउँ । मुलुकको समृद्धिको यात्रा अघि बढोस्, नयाँ वर्ष उत्साह र उमंगको होस्, हार्दिक शुभकामना ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij