२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गोरखा–जितगढी एकीकरण पदयात्रा पाल्पा आइपुग्यो

गोरखा–जितगढी एकीकरण पदयात्रा पाल्पा आइपुग्यो

गोरखा–जितगढी एकीकरण पदयात्रा पाल्पा आइपुग्यो

गोरखा–जितगढी एकीकरण पदयात्रा पाल्पा आइपुग्यो

गोरखा–जितगढी एकीकरण पदयात्रा पाल्पा आइपुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • पाल्पा
     नेपाल एकीकरणको सयमा प्रयोग भएका पदमार्र्ग, युद्धमा प्रयोग भएका गढी, दरबार, किल्ला, बाटो, चौताराहरुलाई पछ्याउँदै नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ ।  गोरखा दरबारबाट चैत्र २८ गते सुरु भएको गोरखा–जितगढी ऐकीकरण पदयात्रा टोलीलाई पाल्पाको रामपुरमा भव्य स्वागत गरिएको छ । पदयात्रामा सहभागी  ३ नं. राजदल गणका गणपती रविजंग थापाले २२ नं. बाहिनीपती पुरुषोत्तम खड्कालाई टर्च ज्योति र चापाकोट नगरपालिका वडा नं.६ का वडाध्यक्ष तारादेवी पोखरेलले रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई राष्ट्रिय झण्डा केलादीघाट पुलमा हस्तान्तरण गरी पदयात्रा टोली पाल्पा प्रवेश गरेको हो । पदयात्री टोलीलाई कालीगण्डकी केलादीघाट रामपुरमा दि फेमस महिन्द्रदल गण, रामपुर नगरपालिका, जिल्ला प्रशासन तथा सुरक्षा निकाय जिल्ला समन्वय समिति तथा स्थानीयवासीले  पञ्चेबाजा, फूलमालाले भव्यरुपमा स्वागत गरेका छन् ।  टोली ५ दिनको पैदलयात्रा गरी  गोरखा, तनहँु र स्याङ्जा हुँदै पाल्पा आएको हो । 


    नेपाल एकीकरणको समयमा प्रयोग भएको पदमार्ग, युद्धमा प्रयोग भएका गढी, दरबार, युद्धस्थल, पानी पँधेरा, चौताराहरुको अध्ययन अवलोकन गर्दै  ११ दिने गोरखा  जितगढी पदयात्रा २०८२ साल बैशाख ७ गते बुटवल जितगढीमा पुगी विजय उत्सवमा सहभागी हुनेछ । वि.सं १८७१ देखि १८७२ मा भएको नेपाल अंग्रेज युद्धमा जितगढी क्षेत्र पाल्पाबाट खटिएका कर्णेल उजिरसिंह थापाको नेपाली सेनाले  अंग्रेज फौजलाई  बैशाख ७ गते  पराजित गरेका थिए । अंग्रेजसँगको युद्धमा विजय प्राप्त गरेको दिन बैशाख ७ गते विजय उत्सव मनाउन पदयात्रा टोली गोरखादेखि जितगढीसम्मको ३०५ किलोमिटर  यात्रा गर्नेछ ।


    एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जर्गेना गर्न, एकीकरण अभियाना तथा नेपाल–अंग्रेज युद्धमा हासिल गरेको विजय गाथाको इतिहासलाई संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्न गोरखा जितगढी ऐकीकरण पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ ।  नेपालीहरुमा राष्ट्रिय एकताको भावना जागृत गराउन, एकीकरण मार्गमा रहेका सेनासँग सम्बन्धित विषयबस्तुको दस्ताबेजीकरण गर्न, ऐतिहासिक पर्यटकीय पदमार्गको विकास गर्न, जनताबिचको सम्बन्धलाई बलियो बनाउन गोरखा जितगढी पदयात्रा टोलीलाई पाल्पामा स्वागत गर्न पुगेका नेपाली सेना २२ नं. बाहिनीका बाहिनीपती पुरुषोत्तम खड्काले बताए ।


    नेपाली सेनाको पदयात्राको टोली  बैशाख २ गते केलादीघाट हुँदै सताकुण्ड, तुने भञ्ज्याङ, बेलडाँडा, सिलुवा पिलुवा जव्गादी, विरकोटमा पुगेको छ । पदयात्रा टोली बैशाख ३ गते विरकोटबाट  वाकुमगढी देउराली, हुमिन देवीनगर, झडेवा जगत गोठादी, हुँदै माथागढी ३९ किलोमिटर यात्रा गर्नेछ । बैशाख ४ गते माथागढी, गोठादी झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्नेछ । बैशाख ५ गते प्रभास, लामडाँडा, बर्तुङ, तानसेन, काजीपौवा पुन प्रभास आएर १७ किलोमिटर यात्रा गरी वास बस्ने छ ।  बैशाख ६ गते प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान ३२ किलोमिटर यात्रा गर्ने छ । बैखाख ७ गते पदयात्रा टोली दोभान नुवाकोटगढी पुगी बुटवलको टोली तारादल गणलाई झण्डा टर्च हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको पदयात्रा संयोजक सेनानी जितबहादुर कार्कीले बताए ।

     
    नेपाली सेनाले प्रत्येक वर्ष  पुस २७ गते पूर्वतर्फ गोरखा–काठमाडौं एकीकरण पदयात्रा गर्दै आएको छ । २०७९ साल चैत्र २८ गतेदेखि बैशाख ७ गतेसम्म पश्चिमतर्फ गोरखा जितगढी पदयात्रा सुरु गरेको  यो तेस्रो पदयात्रा रहेको छ । पदयात्रा टोलीमा ५३ जना नेपाली सेना रहेका छन । यो अभियानाले पाल्पालगायतका जिल्लाको  ऐतिहासिक पक्षहरुको उजागर भएको र पाल्पामा नयाँ पर्यटकीय गन्तव्यको निर्माण भएको जिल्ला समन्वय समिति पाल्पाका  प्रमुख टंकनाथ खनालले बताए । 


    पदयात्राको मुख्य केन्द्र भाग नै पाल्पा जिल्ला हो । पाल्पामा धेरै मात्रा युद्धसंग सम्बन्धित गढी, किल्ला, कोत, दरबार, चौतारा, विश्राम स्थलहरु रहेका छन् । पदयात्रा कार्यक्रमले पाल्पाका अधिकांश स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरेको छ । विभिन्न स्थानहरुको संरक्षण र प्रवद्र्धन गर्न दबाब बढेको छ । समग्रमा पाल्पा जिल्ला नै नेपाली सेनाको केन्द्र भागमा परेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । 


    पाल्पामा एकीकरण पदयात्रा टोली दि फेमश महिन्द्रदल गणको नेतृत्वमा राष्ट्रिय झन्डासहित एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी  श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित स्थानीयवासीसंग भलाकुसारी गर्दै ६ दिनमा १६५ किलोमिटर यात्रा गर्ने  गणका प्रमुख सेनानी भुपेन्द्र गुरुङले बताए । एकीकरण पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरवदल गण, काली भञ्जन गण, राजदल गण, पाल्पाको दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण प्रत्यक्ष सहभागी रहेका छन्  । पदयात्रा टोलीमा ५३ जनाको सहभागिता रहेको छ  । 


    नेपाली सेनाले सुरु गरेको गोरखा जितगढी पदयात्राले हराउँदै गएको इतिहास जोगिएको छ ।  । पदयात्राको क्रममा भेटिएका युद्धसंग सम्बन्धित बस्तुहरुको उजागर, संरक्षण, प्रचारप्रसारको लागि नेपाल सरकारले  स्थानीय सरकारसंग सहकार्य गरेर बजेट नै विनियोज गरेर काम गर्नुपर्ने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । यो पदयात्रालाई कर्मकाण्डी बनाउनु हँुदैन, प्रतिफल आउने गरी काम गर्नुपर्नेमा नगर प्रमुख थापाले सुझाव दिए ।

     
    पदयात्राा टोलीलाई पाल्पाका ७ वटा स्थानीय सरकारहरु रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका र तिनाउ गाउँपालिकाले सहयोग र समन्वय गर्ने छन् । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij