२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अध्यक्षबाट बचत अपचलन, सनराइज सहकारी बन्द

अध्यक्षबाट बचत अपचलन, सनराइज सहकारी बन्द

अध्यक्षबाट बचत अपचलन, सनराइज सहकारी बन्द

अध्यक्षबाट बचत अपचलन, सनराइज सहकारी बन्द

अध्यक्षबाट बचत अपचलन, सनराइज सहकारी बन्द
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • यमलाल भुसाल
    बुटवल
    बुटवल ११ देवीनगरमा सञ्चालित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षले  बचतकर्ताको रकम कुम्लाएर फरार भएका छन् । 


    सहकारीले गत  चैत ३१ गतेसम्म बजारबाट  रकम उठाएको र सोही दिन नै एक सूचना टाँस गरी सहकारी  बन्द रहने जानकारी गराएको छ । कार्यालयमा टासिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको र  अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान  बनाउन बचत कर्ताबाट असहज परिस्थति सृजना भएको भन्दै चैत ३१ गतेको मितिमा  सूचना टासिएको छ । 


    सूचनामा बचतकर्तालाई अध्यक्षको खोजी गर्न  आवश्यक पहल गर्न समेत अपिल गरिएको छ । सहकारीले कार्यालयमा सूचना टासी सहकारी बन्द  भएको गाईगुई हल्ला भएपछि आफ्नो बचत रकम लिनका लागि कार्यालयमा गएकी बुटवल ७ दीप नगरकी स्मृति पाण्डे पौडेलले दैनिक एक- दुई सयका दरले जम्मा गरेको रकम लिन आउँदा सहकारी नै बन्द भएको देख्दा  निकै पीडा भएको दुखेसो गरिन ।  


    स्मृति जस्तै बुटवल ११ देवीनगरकी तारा विश्वकर्मा खाई नखाई बचत गरेको रकम आवश्यक परेकोले लिन जाँदा कार्यालय नै बन्द गरिएको र पैसा उठाउने बहिनीहरुले फोन पनि उठाउन छाडेको बताइन् । 


    लुम्बिनी प्रदेश सरकारका सहकारी रजिष्टार मधुकृष्ण पौडेलसँग जिज्ञासा राख्दा प्रदेश स्थापना भएपछि दर्ता भएका सहकारीको अवस्था  नराम्रो भएको बताउँदै तीनै सहकारीहरुले बदमासी गरिरहेको बताए ।


    नियत नै गलत राखेर सहकारी प्रदेशमा दर्ता हुने गरेको  समेत उनको कथन छ । 
    प्रदेश सरकारले नियमन गर्ने ८ सय ४८ सहकारी रहेपनि १३०  वटा सहकारी मात्रै प्रदेशमा दर्ता भएका उनले बताए । प्रदेशका १२ जिल्लामा अनुगमन र नियमनका लागि कर्मचारीको अभाव रहेको समेत  रजिष्टार पौडेलले गुनासो गरे ।

     सनराइजका अध्यक्षले कती रकम उठाएर फरार भए भन्ने कहीँ कतै स्पष्ट छैन, तर  मंगलबार मात्र सहकारीमा सयौ बचतकर्ता पैसा लिनका लागि आएका थिए । यसले पनि के पुष्टिी हुन्छ भने सहकारीले यस क्षेत्रबाट करौडौं रकम उठाएर भागेको हुन सक्ने अनुमान गर्न सकिन्छ । 


    सहकारीका अध्यक्ष भट्टराई र कोषाध्यक्ष बसन्त भट्टराईले मोवाइल फोन अफ गरी सम्र्पकविहीन छन् भने सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरुलाई सहकारीको बारेमा केही जानकारी नै नभएको बताए । 


    लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण नेपालले जिल्लाभन्दा बाहिर दर्ता भएर  प्रदेशमा आएका २३ वटा सहकारी समस्यामा रहेको बताए । जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण  र १ वटा जडीबुटी सम्बन्धी रहेको जनाए । उनले अनुगमनमा कडाइ गर्न समेत सुझाव दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij