२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सम्भव छ बुटवलमा पर्यटन

सम्भव छ बुटवलमा पर्यटन

सम्भव छ बुटवलमा पर्यटन

सम्भव छ बुटवलमा पर्यटन

सम्भव छ बुटवलमा पर्यटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • व्यापारिक र औद्योगिक नगरको पहिचान बनाएको बुटवलमा पर्यटन प्रवर्धन गर्नेबारे अहिले बहस र चर्चा चल्न थालेको  छ । सामान्य बहस र चर्चा मात्रै नभएर केही पर्यटकीय पूर्वाधार पनि बनेका छन् । ती पूर्वाधारमा भएको लगानीले पर्यटन प्रवर्धनको संभावना गर्न सकिन्छ भन्ने आधार पनि दिएको छ । तर पर्यटन प्रवर्धनका लागि तहगत सरकार र निजी क्षेत्रले गर्नुपर्ने कामको योजनाबद्ध लेखाजोखा नहुँदा पर्यटन प्रवर्धनले लय समात्न सकेको छैन ।


    कुनै बेलाको बटौली अहिले बुटवलको नामले चिनिन्छ । समय बदलिएसँगै बटौलीको नाम फेरिएको छ । नाम मात्रै फेरिएन्, यहाँको अर्थतन्त्र र क्रियाकलाप पनि बदलिएका छन् । कुनै बेला पहाडका बासिन्दाको नुन किन्ने बजार बटौलीको व्यापार फेरिएको  छ । सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्ग निर्माण भएसँगै बटौलीबाट खस्यौलीमा बजार विस्तार भयो । व्यापारको शैली बदलियो । लामो समयसम्म व्यापारको केन्द्र बुटवलले आफूलाई अब्बल सावित गर्न बहुआयामिक ढंगले सोंच्नुपर्ने भएको  छ ।


    अब व्यापारका लागि बुटवलमै निर्भर रहनुपर्ने अवस्था अन्त्य भएको छ । सडक सञ्जालको विस्तारले बुटवलमा निर्भर व्यापार विकेन्द्रित भएको छ । समयको गतिमा कुद्न नसक्दा हिजोका चर्चित बजार शहर अहिले ओझेलमा छन्, यो स्वभाविक प्रक्रिया हो । बुटवलको व्यापार व्यवसाय ठप्प नै हुने होइन, तर सडक सञ्जाल विस्तारले थपेको चुनौतीका सामु बुटवललाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न योजनाबद्ध प्रयासको खाँचो  छ । दुई सय वर्षअघि भएको नेपाल–अंग्रेज युद्धमा विजय हासिल गरेको जितगढी किल्लामा पर्यटक आकर्षित गर्ने कार्यक्रम खोई ? बुटवल उप–महानगरपालिकाले पहलकदमी लिनुपर्छ । पहिले हामीले संरक्षण र पूर्वाधार बनाउन चासो दिएनौँ । अहिले बनाएका छौँ, पर्यटन प्रवर्धनको काम सुस्त छ । दर्जनभन्दा बढी साँस्कृतिक धरोहरको प्रचार प्रसार गर्न ढिलाइ भइरहेको छ । जितगढी युद्ध संग्रहालय निर्माण भएको छ, तर सञ्चालनको लागि पटक्कै ध्यान छैन ।


    बुटवलमा दुई  केबुलकार सञ्चालनमा आएका छन् । दुई केबुलकार सञ्चालन भएसँगै पर्यटक घुम्नका लागि र भुलाउनका लागि पूर्वाधार अझँै बढाउनुपर्छ । छिमेकी पाल्पाका पालिकासँग मिलेर बुटवल उप–महानगरले पर्यटन प्रवर्धनका योजना बनाउने र ती योजना कार्यान्वयनका लागि संघीय र  प्रदेश सरकारको साथ आवश्यक छ । 


    १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको दाँत भेटिएको ठाउँ अध्येताका लागि मात्रै नभई नयाँ पुस्ताका लागि रुचीको विषय हुनसक्छ । मेसिन विना मान्छेले खनेर बनाएको सुरुङमार्फत् पानी खसालेर बनेको तिनाउ जलविद्युत् आयोजना पर्यटकका लागि आकर्षक गन्तव्य हुनसक्छ । ऐतिहासिक र साँस्कृतिक स्थल बटौली बजारको मौलिकता जोगाउन सक्दा बुटवलले धेरै लाभ लिन सक्छ, तर बटौलीको मौलिकता नासिँदा बोल्ने कोही छैन । बुटवलबाट निश्चित समयको अन्तरमा बुटवल–लुम्बिनी यातायातको साधन चलाउन सके साँझको विश्रामस्थल बुटवल हुनसक्छ ।  


     पर्यटन प्रवर्धनका लागि बुटवल राम्रो स्थल हो । बुटवललाई पर्यटनको केन्द्र बनाउने नेतृत्व उम–हानगरपालिकाले लिएर सरोकारवालालाई सँगै लिएर अघि बढ्ने हो भने बुटवलको मुहार बदलिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij