२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठान जिल्ला अस्पताल अलपत्र अवस्थामा

प्युठान जिल्ला अस्पताल अलपत्र अवस्थामा

प्युठान जिल्ला अस्पताल अलपत्र अवस्थामा

प्युठान जिल्ला अस्पताल अलपत्र अवस्थामा

प्युठान जिल्ला अस्पताल अलपत्र अवस्थामा
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • प्युठान।संरचनाको अभावमा सधैं बेडको समस्या भइरहने प्यूठान अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हुँदा जिल्लावासी दंग थिए।सोही अस्पतालको निर्माणाधीन भवनको काम भने ६ महिना यता अलपत्र परेको छ ।

    १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गर्न एक वर्षअघि सुरु गरिएको भवन निर्माण कार्य ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र अवस्थामा रहेको हो ।

    ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि.(नेपालगन्ज)ले २१ करोड ३० लाख ५३ हजार ७ सय ६८ रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता लियो।सहरी विकास तथा भवन कार्यालय दाङले २०८० चैत्र ७ गते सुरु भई २०८३ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित उक्त कम्पनीले जिम्मा पाएको थियो।

    उक्त निर्माणधीन भवनको ठेकेदार गणेश भुसाललाई पटक/पटक सम्पर्कमा ल्याउन खोज्दा सम्पर्कमा नआएका जिल्ला अस्पताल प्रशासन प्रमुख मनोज आचार्यले बताए। ‘२०८१ फागुन महिनामा जिल्ला प्रशासन कार्यालय प्युठानलाई बोधार्थ राखेर शहरी भवन कार्यालयलाई समेत पत्राचार गर्यौ।’उनले भने,‘ हामीले दैनिक जसो फोन सम्पर्क गर्छौं तर ठेकेदारले फोन रिसिभ गर्दैनन्।’

    २०८३ जेठ ६ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ तर यस्तो अवस्थामा समयमै काम सम्पन्न गर्न नसकिने प्रमुख आचार्यले जानकारी दिए। 

    कार्यालयका अनुसार निर्माण हुने भवन भने जमिनमुनि (अन्डर ग्राउन्ड) पार्किङ, लिफ्ट सहितको अपाङ्गमैत्री, बालमैत्री, भूकम्प प्रतिरोधी ५ तले भवन बन्न थालिएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij