२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आन्दोलनको मोर्चाबाट  विद्यार्थी अभिभावकलाई सन्देश

आन्दोलनको मोर्चाबाट  विद्यार्थी अभिभावकलाई सन्देश

आन्दोलनको मोर्चाबाट  विद्यार्थी अभिभावकलाई सन्देश

आन्दोलनको मोर्चाबाट  विद्यार्थी अभिभावकलाई सन्देश

आन्दोलनको मोर्चाबाट  विद्यार्थी अभिभावकलाई सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • जयराम घिमिरे

    आदरणीय अभिभावकहरू एवम् प्रिय विद्यार्थी हरू

    आज बाट नयाँ शैक्षिक सत्र सुरु भएको छ , विगतका वर्षहरूमा भर्ना अभियान ,घरदैलो पाठ्यपुस्तक वितरण लगायतका कार्यक्रम मार्फत हजुरहरूको सामीप्यमा रहँदै नयाँ योजना, कार्यक्रम सहित उपस्थित भएकै हो तर माफ गर्नुहोला यो वर्ष म लगायत हामी शिक्षकहरू सडक आन्दोलन गर्न बाध्य  छौ, सरकारले नियम बनाएर कार्यान्वयन गर्न हामीलाई अभिप्रेरित गर्नुको सट्टा हामी सरकारलाई नियम बनाउन बाध्य पार्न यो आन्दोलन गरिँदै छ ।

    कता कता भ्रम छरिँदै छ रे सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नो सेवा सुविधाको लागि यो आन्दोलन गर्दै छन् तर त्यो कदापि होइन हामी त समयानुकूल परिवर्तित शिक्षा पद्धति लाई आत्मसात् गर्ने अग्रगामी शिक्षा ऐन जारी को पर्खाइमा छौ ।बि स 2028 सालको शिक्षा ऐन लाई टेकेर अहिले को शिक्षा प्रणाली अगाडी बढ्न कदापि सक्दैन ।

    हरेक पेसाको पनि माउ पेसा मानिने शिक्षण पेसा यति धेरै अपमानित अपहेलित हुने  हामी सबैलाई लाजमर्दो विषय हो।रात दिन नभनी कलिला बालबालिकाहरूको समुन्नत भविष्य निर्माण गर्दा गर्दै हामी शिक्षक आफ्नो भविष्य को ख्याल नै गर्न बिर्सिएछ ।

     
    तर धैर्य गरिदिनु  यो हाम्रो अन्तिम लडाइँ हो , हामी सदैव बिद्यार्थीहरुको साथमै छौ , विचलित नहुनुहोला, तपाइको गुरु युद्ध मैदानमा होमिएको छ यो समयमा हामीलाई तपाइको हौसलाको आवश्यकता छ।युद्ध जितेर फर्केपछि थप समय लगानी गरेरै भए पनि हामी तपाईँहरूलाई जिताउने छौ ।

    कसैको अगाडी हार्न नसक्ने म मेरा प्रिय बिद्यार्थीहरुको अगाडी हारिदिउँला बस केही समय साथ , सहयोग र समर्थन सहित गुरुलाई  प्रतीक्षा गर ल ।


    अन्तमा विचलित नभएरै प्रतीक्षाको लागि अनुरोध गर्दछु । अन्तमा नववर्ष २०८२ सालको शुभकामना ।🌹🌹

    आन्दोलनकै मोर्चाबाट तपाइहरूको शिक्षक

                   जयराम घिमिरे
                     प्रधानाध्यापक 
            श्री भृकुटी आधारभूत विद्यालय 
               स न पा ६ नरपानि अर्घाखाँची

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij