२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रेसुङ्गामा पर्यटनका आकर्षक गुरुयोजना

रेसुङ्गामा पर्यटनका आकर्षक गुरुयोजना

रेसुङ्गामा पर्यटनका आकर्षक गुरुयोजना

रेसुङ्गामा पर्यटनका आकर्षक गुरुयोजना

रेसुङ्गामा पर्यटनका आकर्षक गुरुयोजना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • गुल्मी । पर्यटन विकासमा रेसुङ्गा नगरपालिकाले गुरूयोजना तयार गरी अघि बढेको छ ।  २५ करोडभन्दा बढी लागतमा रेसुङ्गा सर्किट तयार गरेर पर्यटक तान्ने पूर्वाधार बनिरहेका छन् ।रेसुङ्गाको गर्जुरा क्षेत्रमा आकर्षक पर्यटकीय पार्क निर्माण भएको छ ।  पाँच करोड ५९ लाख ५३ हजारको लागतमा तयार भएको पार्कले यहाँ आउने पर्यटकलाई लोभ्याएको छ । 

    तम्घासदेखि पोखरीसम्म पुग्ने पक्की सडक र रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबा मन्दिरसम्म दुई लेनको रेलिङसहितको एक हजार दुई सय ७५ सिँढीसहितको पैदलमार्ग निर्माण भएपछि घुमफिरका लागि यहाँ आउनेहरु बढेका छन् । तम्घासबाट गाडीमा २० मिनेटमा पुग्न सकिने अर्जुनडाँडामा अर्जुन प्रदेशद्वार, अर्जुन भगवती मन्दिर, पोखरी र पार्क बनेका छन् । अर्जुन पुग्ने पर्यटकलाई तम्घास बजारसहित मनमोहक हिमशृंखलाहरूको तस्बिर खिच्न सेल्फी टावर निर्माण गरिएको छ ।

    रेसुङ्गा नगरपालिका–७, उनायचौरमा आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले आकर्षक ट्री हाउस निर्माण भएपछि यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको छ । यहाँ तम्घासबाट २० मिनेटमा पुग्न सकिन्छ । उनायचौरको ४२ फुट अग्लो रूखको टुप्पामा १० जना बस्न मिल्ने घर निर्माण गरिएको छ ।  उनायचौरमा ‘ट्री हाउस’, भगवती मन्दिर र खेलकुद मैदानका लागि  एक करोड ५० लाख लगानी भइसकेको छ  ।

     तमघासमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडि निर्माण भएको थ्रिडी पार्क  सञ्चालन गर्न सक्दा यहाँका पर्यटकीय स्थलको प्रचार प्रसारमा टेवा पुग्न सक्छ ।गुल्मीको ऐतिहासिक धार्मिक क्षेत्रको प्रचारप्रसार विकासमा रेसुङ्गा नगरपालिकाले गत वर्षदेखि अगाडि  सारेको ‘जाउँ हिंड रेसुङ्गा’ अभियानले सार्थकता पाउँदै  जान थालेको छ ।  

    प्रचारप्रसारकै क्रममा  रेसुङ्गाको  यो अभियानलाई संघीय सरकारदेखि प्रदेश सरकार,  विभिन्न संघ संस्था र निजी क्षेत्रले समेत साथ दिन थालेका छन् ।  फलस्वरुव  रेसुङ्गा धार्मिक क्षेत्रको बेश क्याम्पका रूपमा चिनिएको गडजुरासम्म  जीपलाइन र साइक्लिङ्ग पर्यटन पूर्वाधारको काम  पनि अब सुरु हुने भएको छ । यी दुई योजना यसै आर्थिक वर्षको सुरुमै सुरु हुनु पर्नेमा वन ऐनको हवला दिँदै वन डिभिजन कार्यालयले रोकेकोमा अहिले त्यो फुकावा भइ अब छिट्टै टेण्डर हुन लागेको त्यस पालिकाका सूचना अधिकृत पिताम्बर पन्थीले जानकारी दिए । 

     ‘यी दुई योजना सम्पन्न गर्नका लागि  लुम्बिनी प्रदेश सरकारबाट एक करोडको  बजेट परेको छ, अब टेण्डर आह्‌वान गरी काम सुरु हुँदैछ,’ पन्थीले भने–‘यी योजना सम्पन्न भएपछि  रेसुङ्गामा पर्यटकको संख्या  थप वृद्धि हुने नै छ ।’ उनका अनुसार नयाँ वर्ष २०८२ को पहिलो दिन २५ सय जना मानिस  रेसुङ्गाको गडजुरास्थित रेसुङ्गा पार्कमा अवलोकन गर्न पुगेका  थिए । गत वर्षमा एक लाख मानिस त्यस पार्कमा टिकट काटेर अवलोकन गर्न पुगेको पन्थी बताउँछन् ।

    त्यस्तै संघीय सरकारबाट रेसुङ्गाको पूर्वाधार विकासमा साढे चार करोड बजेट  परेर विभिन्न पूर्वाधारहरुको काम सुरु हुन लागेको  उनले जानकारी दिए ।   यही चैत्र ८ गते रेसुङ्गामा लगानी भित्र्याउने सम्बन्धमा त्यस नगरपालिकाले उद्योग वाणिज्य महासंघसहित  विभिन्न क्षेत्रका लगानीकर्ताहरुलाई भित्र्याएको थियो ।

    उक्त सम्मेलनमा उद्योग वाणिज्य संघका पदाधिकारीसहित विभिन्न क्षेत्रका लगानीकर्ताहरु होटल पौवा प्रालिमा जस्तो जग्गा विवाद र कुनै उजुरी नपर्ने गरी लामो समयसम्म जग्गा भाडामा उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाले ग्यारेन्टी गरे आफूहरुले  रेसुङ्गा क्षेत्रमा आउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि सुविधा सम्पन्न रिसोर्टहरु सञ्चालन गर्ने  प्रतिबद्धता जनाएको पन्थी बताउँछन् ।  

    रेसुङ्गा धार्मिक क्षेत्रलाई नयाँ शिराबाट विकास गर्न नगर प्रमुख खिलध्वज पन्थीले  पहल गर्दै आएका छन् । उनले माथि रेसुङ्गा तल ऐनाका रुपमा जिल्ला प्रशासन कार्यालयको कम्पाउण्ड भित्तामा  रेसुङ्गाको सम्पूर्ण धार्मिक संरचनाहरु चित्रमा उतार्ने काम  सुरु गरेका छन् । फलतः अग्रभागको भित्ते लेखन सुरु भए लगत्तै त्यहाँ फोटो खिच्ने टिकटक बनाउनेहरुको भिड बढ्दै गएको  छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij