२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटनको केन्द्र बन्दै इस्माकोट

पर्यटनको केन्द्र बन्दै इस्माकोट

पर्यटनको केन्द्र बन्दै इस्माकोट

पर्यटनको केन्द्र बन्दै इस्माकोट

पर्यटनको केन्द्र बन्दै इस्माकोट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • तिलक महत  


    कुनै युवतीले सिंगारपटार गरेर हिंड्यो भने अरूले भन्ने गर्छन् निकै रूपासे (सुन्दरी) भइछस हय, भन्ने गर्छन् । त्यस्तै यति बेला बेहुली झैँ सिंगारिएर निकै रूपासे बनेको छ, गुल्मीको  ऐतिहासिक इस्मा कोट दरबार । इस्मा  गाउँपालिकाका  वर्तमान जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेदेखि इस्माकोटको निर्माण सुरु गरेका हुन् ।  यति बेला  दरबार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै इस्माकोट  जिल्लामै सबैभन्दा आकर्षको कोट बन्न पुगेको छ ।

    ‘इस्मा कोट जसको नामबाट इस्मा गाउँपालिकाको नामकरण भयो । त्यसबाट यो हाम्रो परिचय हो भन्ने कुरालाई  हृदयङ्गम गर्दै हामीले  हामी निर्वाचित भइसकेपछि पुरातत्व विभागसँग अनुरोध गर्दै कोटहरू सबै एलसिएफमा थिए, एलसिएफ पूरा गर्न हामीले अनुरोध गर्‍यौं  र पुरातत्व विभागले अझैँ पनि कोटभित्रको काम गर्दै छ । हामीले कोट बाहिर रेलिङ्गसहितको सिढी चिन्ने, पर्खालहरू पुनर्निर्माण गर्ने, गोल घर र शौचालय निर्माण गर्ने काम  गरिरहेका छौं ।

     कच्ची दरबारबाट  सेताम्मे कंक्रिटमय बनेको इस्माकोट दरबार रंगरोगनपछि  आकर्षको केन्द्र बनेको छ । युवायुवतीहरू फोटो खिच्न,  टिकटक बनाउन जाने क्रम बढेको छ । हामीले त्यस कोटमा आउने जानको कुनै तथ्याङ्क राख्ने गरेका थिएनौं,’ त्यस गाउँपालिका अध्यक्ष भगतसिंह खड्का भन्छन्‌–‘हालै मात्र त्यहाँ एक जना मालि राखेर आउने  आन्तरिक पर्यटकहरूको विवरण राख्न लगाएका छौं,  उनले हालै करिव ३ हजार जना मानिसहरू अवलोकन गर्न आएको विवरण पेश गरेका छन् ।’ 

    अध्यक्ष खड्काले तत्कालिन इस्मा राज्यको सुरक्षार्थ इस्माली फौजहरूको  गांैडा रहेको वडा नम्बर ३ रामकोटडस्थित थामका  गढीको पर्यटन विकासमा जोड दिएको बताए । त्यस्तै सोही वडाको झुले डाँडामा मन्दिर, पिकनिक स्पटलगायतको विकास  गर्न लागेको र वडा नम्बर ४ स्थित मनोरम देउराली डाँडामा देउराली पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।  त्यस्तै  वडा नम्बर ३ को छल्दीखोला जुरेढुङ्गास्थित बीपी स्मृति पार्क तथा क्रिकेट खेल मैदानलाई मदन भण्डारी प्यूठान सडक कालोपत्रे भए लगत्तै स्वर्गद्वारी र मुक्तीनाथ  तीर्थ यात्राको बिच सेन्टर भएकोले त्यसमा  सनातन धर्मावलम्बीहरू बसाल्ने गरी विकास गर्न लागेको सुनाए ।  बीपी पार्कका लागि संघीय सरकारबाट २० करोडको समपूरक बजेट परेकोमा एक करोड १० लाखको काम भएको छ । यहाँ १०८ वडा पीपलका बोट रोपिएको छ । भविश्यमा यो ठाउँ खेलकुद र पर्यटनको केन्द्र बन्ने सुनौलो अवसर सृजना भएको छ । 

    सदरमुकामसँग जोडिएको पालिका हो, इस्मा । तर सडक  पिच हुन नसक्दा सहज यात्रा बनेको छैन । कहिलेसम्म कालोपत्रे गर्ने काम सक्नु हुन्छ भन्ने प्रश्नमा उनले भने –‘तपाईंले भने जस्तो सदरमुकामसँग जोडिएको त छ, तर हाम्र्रो इस्मा गाउँपालिकाका जनताको जीवनस्तर राष्ट्रिय मापदण्डमै अरू पालिकाको भन्दा पछाडि छ, जेहोस् हामीले मदन भण्डारी राजमार्गदेखि पालिकासम्मको सडक आर्थिक वर्ष २०८२ सक्ने सोंच बनाएका छौं । उनले कल्यारको गुरूङ्ग, ताल्तुङ्ग  र हुल गाउँको मगर समुदायलाई नौमति बाजा बजाउने तालिम दिई बाजा सेटहरू प्रदान गरेको, उनीहरूको मौलिक संस्कृति संरक्षणमा पहल गर्दै आएको, तर ति स्थानमा होम स्टे सञ्चालन गर्न अन्यत्र त्यति सफल नभएको र स्थानीय पनि जागरूक नभएका कारण हात हाल्न नसकिएको बताए । 

    इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का नेपाली कांग्रेस गुल्मीका  जिल्ला सचिवसमेत हुन् । उनका अनुसार यही कार्यकालमा इस्मा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने र यसका लागि सम्पूर्ण इस्माली जनताले साथ दिनेमा विश्वास गरेका छन् ।  (गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारस“ग गरिएको कुराकानीमा आधारित )

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij