२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीका वैभव

अर्घाखाँचीका वैभव

अर्घाखाँचीका वैभव

अर्घाखाँचीका वैभव

अर्घाखाँचीका वैभव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • प्रेमनारायण आचार्य 
    महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिंगेबाट ४७ किलोमिटरको दुरीमा सुपा देउराली मन्दिर पुग्न सकिन्छ ।  गोरूसिंगे–सन्धिखर्क सडकमा पर्ने यस मन्दिरमा नेपाली तथा भारतीय पर्यटकबढि आउने गरेका छन् । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानलाई छिचोल्दै निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी र बोकाभाकल गरी वली चढाइन्छ । 

    अर्घा भगवती मन्दिर र अर्घा दरबार 
    अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा पूरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने थलोको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर  र दरबार रहेका छन् । पन्ध्रौं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा दसैँे पूर्णिमाको दिनविशेष मेला लाग्छ । सरायँ नाचको प्रमुख उद्गम स्थलको रुपमा रहेको अर्घाको दरबार र अर्घा भगवती मन्दिर रहेको छ । 


    नरपानी
    नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराइबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने  पर्यटकको संख्या पनि वृद्धि भएको छ ।  ।  
     पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिक स्थलको रुपमा विकसित हुँदै गएको छ । यहाँ वरिपरि हरियाली डाँडा छन् । बिचमा समथर भू–भाग पनि रहेको छ । भविष्यमा पनि  यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा  विश्वास लिइएको छ । 
    पाणिनी तपोभूमि पणेना
    नेपालका एक सय गन्तव्य स्थलभित्र परेको पाणिनी तपोभूमि विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको स्थान हो ।   हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा  आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । 
    यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरे पछि भगवान शिव प्रसन्न भएर डम्मरु बजाउँदै अईउण्, रिलेक्,  एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेका थिए । 

     पाणिनी गाँउपालिका—१ पणेना र २ पोखराथोकको बिचमा  यो तपोभूमि पर्दछ । यस तपोभूमिवाट उत्तर फर्कदा हिमालयका हिम श्रृंखला , दक्षिण फर्कदा तराईका फाँटहरु अनि भारतीय भूमि देख्न पाइन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केहि मिनेट उकालो हिंडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । 


    बिचित्रको बल्कोट पौवा
    जंगबहादुर राणाको न्वारान भएको स्थान भनेर चिनिने बिचित्रको बल्कोटको पौवा छत्रदेव गाउँपालिका वडा नम्बर २ मा पर्दछ । प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा कालिगडको अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवा र त्यसभित्र शिवालय मठ तथा अन्य मन्दिरहरु समेत रहेका छन् । 

    विक्रम सम्बत १९ सय ४ सालमा निर्माण गर्न सुरु गरिएर १० वर्षको समय लगाएर पौवा तथा मन्दिरहरु निर्माण गरिएको स्थानीयको भनाइ छ । आफू जन्मिएको लामपाटीमा पौवा तथा बगैचा र न्वारान भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माण गर्न जंगबहादुरले लगाए । उनको आदेशमा कर्नेल सनदसिंहले निर्माण गरे । 


    पतञ्जलीको जन्मस्थल बलारेपांग्रे
    महर्षि पतञ्जलीको जन्म शीतगंगा नगरपालिका वडा नम्बर ७ एैरावतीको बलारेपांग्रेमा भएको विश्वास गर्दै यस ठाउँलाई राम्रो बनाउने काम  शीतगंगा नगरपालिकाले गरिरहेको छ । महर्षि पतञ्जलीको जन्म अर्घाखाँचीमा भएको पुष्टीसहित स्वर्गीय प्राध्यापक डाक्टर विष्णुराज आत्रेयद्वारा लिखित पतञ्जली नामक पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा महर्षि पतञ्जलीको जन्म शीतगंगा नगरपालिका वडा नम्बर ७ ऐरावतीको बलारेपांग्रेमा भएको पुष्टि गरिएको छ । पतञ्जलीको जन्म भएको कारण अहिले अमराइदेखि जुकेना, जलुके हँुदै लामाताल, ऐरावती जोड्ने सडकको नाम पनि पतञ्जली मार्ग नामाकरण भएको छ । 

    छत्र महाराजको मन्दिर छत्रगञ्ज
    छत्र महाराजको मन्दिर छत्रदेव गाउँपालिका वडा नम्बर ५ मा पर्दछ । किम्बदन्तीअनुसार महाभारत युद्धमा उजुकनगरीका छत्रदेव महाराज युद्ध लड्न गएको र श्रीकृष्ण यिनको शक्तिबाट प्रभावित भएका थिए । छत्रदेव महाराज जसको पक्षबाट युद्ध लड्यो उसैको विजय हुने भन्ने दाबीपछि श्रीकृष्णले प्राणदान मागेको र प्राणदान दिएको जनश्रुति छ । त्यसपछि छत्रदेव महाराजले महाभारत युद्ध हेर्ने र आफ्‌नो बास स्थानमै रहने इच्छा व्यक्त गरेकोमा भीमसेनले बाँसको टुप्पोमा टाउको राखी महाभारत युद्ध देखाएका र त्यसलाई उनको जन्मस्थलमा लगेको किम्बदन्ती छ । यहाँको मुल मन्दिरको गर्भ गृहमा उक्त टाउको राखिएको र सो टाउकोमा पूजाआजा गर्दै आएको तर पूजारी लगायत कसैले हेर्न नमिल्ने स्थानीयको जनश्रुति छ । 

    मालारानी मन्दिर
     मालारानी गाउँपालिकाको खनदहमा रहेको मालारानी मन्दिर राष्ट्रियस्तरमै अपरिचित नभए पनि देशको शासन व्यवस्था र सरोकारवालाहरुको कारण मन्दिर आफैँमा उदाश देख्न सकिन्छ । बाइसे र चौविसे राज्यको पालामा, माला नाम गरेकी रानी, यो स्थानमा बसेकी कारण उनैको नामबाट मालारानी रहेको जनश्रुति छ ।

    मलारानी मन्दिरभित्रकालिका देवी, सिद्ध, गणेश, हनुमान, होमनकुण्ड, शिवलिङ्गलगायतका मूर्तिहरु देख्न सकिन्छ । प्रत्येक आइतबार र मंगलबार पूजा गरिन्छ । दसैँमा घटस्थापनादेखि त्रयोदशीसम्म पूजापाठ गरिने यो मन्दिरमा त्रयोदशीका दिन श्राय निकालिन्छ । चैते दसशंैमा प्रतिपदादेखि अष्टमीसम्म भव्य पूजा पाठ हुँदै आएको छ ।

    शान्ति बगैँचा 
    सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा शान्ति बगैँचा रहेको छ । सन्धिखर्क बजारको बिचमा रहेको शान्ति बगैँचामा अहिले त्यहाँ बुद्धको मूर्ति राखिएको छ ।  सबै ठाउँमा  फूल, पानीका फोहराको व्यवस्था गरी आकर्षक उद्यान बनाइएको छ । 


    खाँचीकोट भगवती 
    बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने खाँचीकोट दरबार तथा खाँचीकोट भगवती मन्दिर हो । पृथ्वीनारायण शाहलाई राज्य सञ्चालन तथा एकिकरणका लागि युद्ध कला सिकाउने चन्द्रप्रभावती  यसै खाँची राज्यकी राजकुमारी थिइन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटमा रहेको यो दरबार तथा मन्दिर ऐतिहासिक  शक्ति पीठको रुपमा रहेको छ । 


    रक गार्डेन 
    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्नामा यो  रक गाडेर्न रहेको छ । प्राकृतिक रुपमा रहेको चट्टान आफैँ गार्डेन जस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिसहरु चट्टानको बनावट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन् । चिसो वातावरण र  छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैँचामा जाने मानिसहरू आनन्दित हुने गरेका छन् । 
    कलात्मक रूपमा मानिसहरूले आफैँ सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका छन् । सयौं रोपनी क्षेत्रफलमा यो स्थान फैलिएको छ । 

    एसियाकै ठूलो भगवती देवीको मूर्ति 
    अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ, अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राखिएको छ । मूर्तिमा सेल्फी खिच्ने पनि बढेका छन् । मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवी कालदेखि नै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइहेको छ ।

    १३ तले आकाशे देवीको मन्दिर
    अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका—७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ ।  ऐतिहासिक एंव धार्मिक आकाशदेवी मन्दिरको छुट्टै पहिचान र महत्व बोकेको छ । २००८ सालमा स्थापना भएको यो मन्दिर हाल पुनः निर्माण हुँदै जिल्लाकै अग्लो १३ तले  मन्दिरको रूपमा निर्माण सम्पन्न भइसकेको छ । मन्दिर परिसरभित्र देवीको मूर्ति  शिव, गणेश तथा नागको मूर्ति छन् । यहाँ तिज, शिवरात्रि, रामनवमी, बाला चर्तुदशी , जन्माष्टमी र दसैँमा ठूलो  मेला लाग्ने गर्दछ । 

    डम्मरू दह ठाडा 
    पूर्व पश्चिम राजमार्गको गोरुसिंगेबाट करिब ३५ किलोमिटरको दुरीमा डम्मरू ताल रहेको छ । यो ताल ३९ रोपनी जग्गामा फैलिएको छ । डम्मरू ताल समुन्द्री सहतबाट १३ सय ४० मिटर उचाईमा अवस्थित छ । यस वरिपरिको क्षेत्र रमणीय छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij