२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गाभर भ्याली : सामुदायिक‘होम स्टे’ले कायापलट

गाभर भ्याली : सामुदायिक‘होम स्टे’ले कायापलट

गाभर भ्याली : सामुदायिक‘होम स्टे’ले कायापलट

गाभर भ्याली : सामुदायिक‘होम स्टे’ले कायापलट

गाभर भ्याली : सामुदायिक‘होम स्टे’ले कायापलट
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • बुटवल । दश वर्षअघिसम्म गुमनाम बाँकेको गाभर गाउँ सामुदायिक होम स्टेको सफलताले अहिले गाभर भ्यालीका रूपमा स्वदेशमा मात्र हैन विदेशमा पनि परिचित बनेको छ ।  बाँके राष्ट्रिय निकुञ्ज छेउको चुरे भावर क्षेत्रमा रहेको यो गाउँ न तराई हो न पहाड । कर्णाली र सुदूरपश्चिम प्रदेशको आँगनमा रहेको गाभर गाउँ मध्यवर्ती क्षेत्रमा पर्छ । गाभर गाउँमा २०७० सालमा सामुदायिक होम स्टे सुरु भएपछि स्थानीय अगुवा कृष्णलाल चौधरीले गाभर भ्याली नामाकरण गरे । कोहलपुर बजारबाट ८ किलोमिटर उत्तर सुर्खेत रोडमा रहेको गाभर गाउँ उपत्यका जस्तै छ । 

    जैविक विविधताको संरक्षण र पर्यापर्यटन प्रवर्धनका लागि २०६७ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएको हो । निकुञ्ज स्थापनापछि त्यहाँ आउने पर्यटकलाई गाभर गाउँमा बास बसालेर पर्यटनमार्फत् समुदायको आर्थिक समृद्धि गराउने उद्देश्यले कृष्णलाल चौधरीले होम स्टेको परिकल्पना गरी  सञ्चालनमा ल्याएका हुन् । पाँच घरबाट सुरु भएको होम स्टे अहिले २६ घरमा विस्तार भएको छ । 

    एक रातमा चार सय जनासम्म बास बस्न सक्ने नेपालकै ठूलो मध्येको एउटा होम स्टे गाभर भ्याली बनेको चौधरीले बताए । होम स्टेमा बास बस्ने मात्र होइन, राज्यलाई पनि योगदान पुराउने गरी आनुवंशिक स्रोतहरूको संरक्षण प्रवद्र्धन र कृषकलाई प्रत्या लाभ दिने गरी सामुदायिक जीन (वंश) बैंक स्थापना भएको छ । यसले कृषि क्षेत्रको संरक्षणमा योगदान गरेको छ । जीन बैंकले अन्नबाली, घाँस बाली, किटजन्य प्रजाति, पशुपंक्षी, सुक्ष्म जिवाणु र जलीय जीव संरक्षण र विकाससम्बन्धी काम गरिरहेको छ । 
     

    पाहुनालाई रैथाने परिकारको स्वादसँगै साँझमा विभिन्न जाति समुदायका संस्कृति प्रदर्शन, बिहानमा जंगल सफारी, जंगल वाच, चुरे हाइक,जंगल थेरापी (जंगल बाथ), माटोले नुहाउने थेरापी (मड थेरापी), फिस मसाज, नाइट क्याम्पेनिङ,भिलेज टुर जस्ता गतिविधिमा सहभागी गराई पूर्ण सन्तुष्टी दिइएको चौधरी बताउँछन् ।  मानसिकरूपमा बोझ र तनाव बढेका बेला गाभर भ्याली पुग्दा आनन्द महसुस हुने नेपालगञ्ज–५ का दीपक शाहीले बताए । ‘यहा थारू र मुगाली खानपान, संस्कृतिमा रमाउन पाइन्छ,  निम्न मध्यम वर्गका लागि गाभर भ्याली उपयुक्त गन्तव्य हो ।’–शाहीले भने ।  

    ‘हामीले पाहुनालाई बास बसाल्ने र थोरै धेरै आय आर्जन गर्ने उद्देश्य र लक्ष्य मात्र राखेका छैनौं, एक दशकमा गाभर भ्यालीलाई देश विदेशमा चिनाउन र ब्राण्डिङ गर्न सफल भयौं,’ चौधरीले भने–‘अब गाभर भ्यालीलाई  होम स्टेको खुला विश्वविद्यालयका रूपमा विकास र व्यवस्थापन गर्दैछौं ।’होम स्टेले राम्रो सेवा सत्कारसँगै नमूना काम समेत अघि बढाएसँगै राज्यले पनि सडक, विद्युत् र खानेपानीको व्यवस्था गरिदिएपछि थप प्रोत्साहन मिलेको चौधरीले बताए । 

    अहिले गाभर भ्यालीमा वार्षिक २० हजार बढी पर्यटन र अध्ययन–अवलोकनकर्ता आउने गरेका चौधरीले जनाए । ‘यो होम स्टे साँच्चिकै सिकाइ केन्द्र भएको छ, वर्षमा विद्यार्थी र शिक्षक–प्राध्यापक १० हजार र स्वदेशी–विदेशी पर्यटक १० हजार आइरहेका छन्,’ चौधरीले भने–‘होम स्टेको सफलतासँगै गाउँका ६ सय घरधुरीले उत्पादन गर्ने कृषिजन्य, फलफूल तरकारी सबै वस्तुले बजार पाएको छ, आय आर्जनमार्फत् गाउँलेको जीवनस्तरमा उल्लेख्य  सुधार आएको छ ।’नेपालगञ्जदेखि २२ किलोमिटर टाढा रहेको गाभर होम स्टे केहीअग्लो भूभागमा छ ।  वरिपरि जंगल भएका कारण पनि  गाभर भ्यालीमा तराईभन्दा शितल मौसम र चिसो हावा चल्छ । 

    तराईमाभन्दा ६ देखि ७ डिग्रिसम्म कम तापक्रम हुने भएकाले गाभर भ्याली गर्मी छल्ने उपयुक्त थलो बन्दै गएको छ । बाँकेभन्दा चिसो हुने भएकाले यसलाई कान्छो देउराली समेत भनिन्छ ।होमस्टेले गाभर गाउँलाई एक दशकको छोटो अवधिमै कायापलट गरिदिएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीले बताए । ‘एक दशकअघि गाभर गाउँ गुमनाम जस्तै थियो, होमस्टेको सफल सञ्चालन र व्यवस्थापनले सिंगो गाउँपालिकाको पहिचान देश विदेशमा स्थापित भएको छ,’ अध्यक्ष प्रकाश शाहीले भने–‘समुदायको प्रयासले गाभरको कायापलट भयो, सिंगो पालिकाको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij