२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा स्वास्थ्य पर्यटनको अवसर

बुटवलमा स्वास्थ्य पर्यटनको अवसर

बुटवलमा स्वास्थ्य पर्यटनको अवसर

बुटवलमा स्वास्थ्य पर्यटनको अवसर

बुटवलमा स्वास्थ्य पर्यटनको अवसर
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • बुटवल । स्वास्थ्यको मागअनुसारका कामहरू गर्न चुनौती नै भए पनि बुटवल उप–महानगरपालिकाले यहाँबाट निकै जटिल अवस्था भए पनि बुटवलले सवस्थ्यको क्षेत्रमा छलाङ हान्न सफल भएको छ । बुटवलमा नयाँ जनप्रतिनिधिहरू आइसकेपछि स्वास्थ्यमा विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको हो । टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक तथा किशोरकिशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्नुका साथै  ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत् चिकित्सकसहितको स्वास्थ्य टोली घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कार्यक्रमहरूले स्वास्थ्य क्षेत्रमा छलाङ मारेको देख्न सकिन्छ ।

    बुटवल उप–महानगरपालिका  प्रमुख खेलराज   पाण्डेयले  आफू  जनप्रतिनिधि भएर आएपछि स्वास्थ्य शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्छन् । उनले गर्भवती महिलाहरूको जाँच तथा निःशुल्क औषधि वितरण, सुत्केरी महिलालाई १४ दिनभित्रमा तीन पटक स्वास्थ्यकर्मीहरू घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धबद्र्धक जडीबुटी प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालित रहेको बताए ।

    स्वस्थ शिशु पोषण कार्यक्रमअन्तर्गत  नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरूलाई प्रोत्साहन स्वरूप दुई हजार रुपैयाँ र एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार पोषण खर्च प्रदान गर्दै आएको नगरप्रमुख पाण्डेयले जनाए । पालिकाअन्तर्गतका १२ वटै स्वास्थ्य संस्थामा औषधि तथा औषधिजन्य सामग्री अभाव हुन नदिइएको नगरप्रमुख पाण्डेय बताउँछन् ।

    उनले स्वास्थ्यमा टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक तथा   किशोरकिशोरीलक्षित  कार्यक्रम, स्वास्थ्य  संस्थाहरूको  स्तरोन्नति  तथा  गुणस्तरीय  सेवा  प्रवाहलाई  प्राथमिकतामा  राखिएको दाबी गरे । ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्योपचारलाई प्रभावकारी बनाउन बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत् चिकित्सकसहितको टोली घरमै पुगेर स्वास्थ्य जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

    गर्भवती महिलाहरूको जाँच तथा निःशुल्क औषधि वितरण, सुत्केरी महिलालाई १४ दिनभित्रमा तीन पटक स्वास्थ्यकर्मीहरू घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धबर्धक जडीबुटी प्रदान गर्नेजस्ता कार्यक्रम नगरमा सञ्चालित छन् । नगरप्रमुख स्वास्थ्य शिशु कार्यक्रमअन्तर्गत नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरूलाई प्रोत्साहनस्वरूप दुई हजार र एचआइभी संक्रमित बालबालिकालाई मासिक तीन हजार पोषण खर्च प्रदान गर्दै आएको छ ।

    अस्पताल थपिँदै
    बुटवल उप–महानगरका  पालिकाहरूमा अक्सिजन सुविधासहितका दुईवटा अस्पतालहरू निर्मााणधिन रहेका छन् भने आम्दा अस्पतालमा पनि बेड संख्या स्तरउन्नतिको काम भइरहेको छ । प्रदेश सरकार मातहतको भए पनि लुम्बिनी प्रदेशिक अस्पताल समेत विशिष्टकृत अस्पतालको रूपमा विकास भइरहेको छ ।नगरमा अहिले १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल निर्माणाधीन छन् । बुटवल उप–महानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा तीन सय बेडमा स्तरोन्नति हुँदैछ ।बुटवलमा पारा मेडिकल र नर्सिङ विषयको अध्ययन यसै वर्षदेखि सुरु भएको छ । यसले दक्ष जनशक्ति उत्पादनमा पनि भूमिका निर्वाह गर्ने नगरप्रमुख पाण्डेयले बताए ।

    ‘एकातिर अस्पतालको निर्माण र स्तरोन्नति गरिरहेका छौं, अर्कोतिर जनशक्ति उत्पादनको काम पनि गरिरहेका छौं ।’– नगरप्रमुख पाण्डेयले भने । आगामी वर्ष बुटवलमा पीपीपी मोडेलमा एक सय शैयाको अस्पताल स्थापना गर्ने योजना रहेको पनि उनले बताए ।


    सबै वडामा स्वास्थ्य केन्द्र स्थापना
    सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुँदैछन् । अरू वडाहरूमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरू सञ्चालनमा रहेका छन् । योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन् । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवल उप–महानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा ल्याबसहितका शहरी स्वास्थ्य केन्द्र, मोतीपुर स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनमा रहेको बताउँछन् । उनले छिट्टै नै वडा नम्बर १३ मा फिजियोथेरापी सेवा, १७ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालन हुने बताए । यस्तै २ स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्रमा ल्याबसहितको सेवा सञ्चालनमा रहेको छ ।


    यसरी भएको छ बजेट बिनियोजन

    बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो । शिक्षा, स्वास्थ्य, महिला बालबालिका जस्ता क्षेत्रमा ६१ दशमलव १० प्रतिशत बजेट बिनियोजन भएको थियो । स्वास्थ्य क्षेत्रमा रहेको बजेटबाट यस क्षेत्रमा काम गर्न नरोकिने प्रबन्धसहित बजेट व्यवस्थापन हुँदै आएको उप–महानगरले जनाएको छ । उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले–‘बजेटमा आएको रकमभन्दा पनि थप रकम आवश्यक परेमा कार्यपालिकाबाट निर्णय गराएर स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुन नदिनेमा हामी प्रतिबद्ध छाँै । यो कुरामा प्रमुख ज्यू नै सचेत हुनुहुन्छ ।’


    यस्ता छन् उपलब्धिहरू
    पालिकाका १२ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकहरूलाई कोभिड १९ विरुद्धको पूर्णखोप भएको सुनिश्चितता घोषणा कार्यक्रम जसमा १,५७,३९३ जनालाई खोप लगाइएको शाखाका युवराज पाण्डेयले जानकारी दिए ।उनका अनुसार यसका साथै उपमहानगरले १५ देखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने काम भएको छ  । यस्तै ३५ देखि ११ वर्षसम्मका सबै बालबालिकाहरूलाई कोभिड १९ विरुद्धको पूर्णखोप प्रथम र दोचो मात्रा लगाइएको छ । दोश्रो मात्रा २४ हजार २०९ जनालाई लगाइएको शाखाले जनाएको छ ।

    पालिकाभित्रका वडा नं. १३ र १७ मा १६ बेडका अक्सिजन सिलिन्डर जडानसहितका २ बटा स्वास्थ्य संस्थाको भवन करिब ५ करोड लागतमा बनाउने योजना सम्झौताअनुसार कामहरू भइरहेको जनस्वास्थ्य शाखाले जनाएको छ । डेंगु रोग नियन्त्रणका लागि संदेशमूलक पम्पलेट वितरण, सचेतनामूलक जिंगल बजाउने रेडियो एफएमबाट सचेतनामूलक संदेश तथा सबै वडाका टोलहरूमा र अटोरिक्साबाट संदेशमूलक कार्यक्रम भैरहेको शाखाकी अधिकृत कल्पना पाण्डेले जानकारी दिइन् । 

    डेंगु रोग नियन्त्रणका लागि अत्याधुनिक मेसिनबाट माग बमोजिम आवश्यक स्थानमा फगिङ कार्यकासँगै जनप्रतिनिधिहरूको मागको आधारमा विभिन्न स्थानमा लामखुट्टेको लार्भा नस्ट गर्न औषधि युक्त स्प्रे तथा कालो मोबिल समेत प्रयोग गरिएको उनले जानकारी दिइन् । उनले निजी अस्पतालका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूलाई औलो रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको बताइन् ।स्वास्थ्य संस्थाका लागि अत्यावश्यक मेडिकल जन्य सामग्री तथा फर्निचर व्यवस्थापन, सुर्तीजन्य तथा मध्यपान न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू गरिएको उनले जनाइन् ।

    नियमित खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि २३ महिनासम्मका बालबालिकाहरूको पूर्णखोप दिगोपनाका लागि घर धुरी सर्वेक्षण गर्दै स्क्रीनिङ गरी लगाउन छुट भएका बालबालिकाहरू खोजेर खोप कार्यक्रम १९ वटै वडामा सम्पन्न भएको बताउँदै उनले क्षयरोगमुक्त पालिका बनाउने कार्यक्रमअन्तर्गत १९ वटै वडामा वडास्तरीय क्षयरोग समिति गठन तथा अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको उनले बताइन् ।

    सुरक्षित मातृत्व तथा नवजात शिशु कार्यक्रमअन्तर्गत सम्पूण नर्सिङ कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम तथा आयुर्वेद स्वास्थ्य तथा स्तनपाई आमासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न गरिएको शाखाले जनाएको छ ।

    क्षयरोगमुक्त पालिका कार्यक्रमअन्तर्गत वडास्तरीय क्षयरोग स्वयंसेवकहरूलाई २ दिने तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी स्वयंसेवकहरूलाई जोखिम समूहमा घरधुरी सर्वेक्षण गरी स्क्रिन गर्ने कार्य सम्पन्न भएको उप–महानगरले जनाएको छ ।
    नगरभित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरी रायसुझाब लिने, निजी, सरकारी तथा सामुदायिक अस्पताल प्रमुख तथा प्रतिनिधिहरूसँग स्वास्थ्य क्षेत्र सुधारका लागि रायसुझाब लिने कार्य भएको उप–महानगरले जनाएको छ ।

    संघीय सरकारबाट चार प्रकारका जटिल रोग (मृगौला प्रत्यारोपण गरेका डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरूदण्ड पक्षाघात भएका ) लागेका बिरामीहरूलाई मासिक ५,००० हजार औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार बुटवल उप–महानगरपालिकाअन्तर्गतका बिरामीहरूलाई भुक्तानी गर्नुका साथै नगरप्रमुख स्वस्थ शिशु कार्यक्रमअन्तर्गत सुत्केरी आमाहरूलाई रु २,००० का दरले पोषण रकम वितरण गरिएको उप–महानगरले जनाएको छ ।  

    बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल १२ सय शैयामा स्तरउन्नतिको क्रममा छ । यो अस्पतालमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै छिमेकी प्रदेशबाट समेत बिरामीहरु उपचारका लागि आउँछन् । बुटवलमा निजी क्षेत्रबाट सञ्चालित आधा दर्जन अस्पताल र दर्जनौ स्तरीय क्लिनिकसमेत सञ्चालनमा छन् । यी सबै स्वास्थ्य संस्थाहरुले बुटवललाई स्वास्थ्य पर्यटनको हब बनाउने अवसर मिलेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij