२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटनले जगाएको आशा

पर्यटनले जगाएको आशा

पर्यटनले जगाएको आशा

पर्यटनले जगाएको आशा

पर्यटनले जगाएको आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • पर्यटक भन्ने बित्तिकै केही वर्ष पहिलेसम्म विदेशी र पासपोर्टधारीलाई मानिन्थ्यो । मुलुकमा घुमफिर संस्कृति फस्टाएसँगै अहिले विदेशीलाई मात्रै पर्यटक मान्ने प्रचलन फेरिएको छ । अहिले आन्तरिक र बाह्य दुवैलाई पर्यटक मानिन्छ । मुलुकमा कोभिड महामारीपछि थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिन थालेको छ । विस्तारै आन्तरिक पर्यटकले पर्यटकीय क्षेत्र गुल्जार बन्दैछन् । बाह्य पर्यटकको आगमन उत्साहजनक ढंगले बढ्न नसकिरहेको बेला आन्तरिक पर्यटकले भरथेग भइरहेको छ । 
    नयाँ वर्षको दिन बुटवलको फूलबारीमा घुमफिर गर्न ३० हजार पुगे । शंकरनगर वन बाटिकामा २० हजारले घुमफिर गरे ।

    पर्यटकीय नगर तानसेनका होटल पनि भरिभराउ भए । अर्को पर्यटकीय शहर पोखरामा आन्तरिकका साथै बाह्य पर्यटक खचाखच छन् । भारतीय पर्यटकको रोजाइ अहिले पोखरा भएको छ । अर्घाखाँचीको सुपादेउरालीमा अहिले धार्मिक पर्यटकको घुँइचो लाग्न थालेको छ । गुल्मीको रेसुङ्गामा धार्मिक र घुमफिर गर्न जाने पर्यटक दिन प्रतिदिन बढिरहेका छन् । सुपादेउरालीमा पर्यटकको आगमन बढ्दा सुपा र नरपानीमा होटल व्यवसाय फस्टाएको छ । पर्यटकका लागि समुदायले होम स्टे सञ्चालनमा ल्याएको छ । रेसुङ्गामा घुमफिर गर्नेहरु बढेपछि तम्घासमा पर्यटकमैत्री होटल व्यवसायमा लगानी बढेको छ । यी केही आशा लाग्दा उदाहरण हुन्, यस्ता धेरै उदाहरण छन्, सडक पूर्वाधारको विकास र पर्यटकीय क्षेत्रमा अन्य पूर्वाधारका काम भएपछि पर्यटक आवागमन बढेको छ । कालीगण्डकी करिडोर निर्माणपछि हिन्दुहरुको आस्थाको केन्द्र मुक्तिनाथ जानेको घुँइचो लागेको  छ । पाल्पाको रानीघाट जाने सडक राम्रो बनेसँगै दिनहुँ सयौं रानीमहल पुगेका छन् । रानीमहल पुग्ने बढेसँगै रानीमहल क्षेत्रमा एक दर्जन होटल र रेष्टुरेण्ट खुलेका छन् ।

    पर्यटन क्षेत्रमा देखिएका यी गतिविधिले नेपालको समृद्धिको प्रमुख आधार पर्यटन हो भन्ने पुष्टि हुन्छ । हिन्दुका आराध्यदेव पशुपति र संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी हामीसँगै छन् । त्यसका साथै यहाँको प्रकृतिले सबैलाई आकर्षित गर्छ । अझ लुम्बिनी प्रदेश पर्यटन प्रवद्र्धनको लागि राम्रो अवसर छ । बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटे बाघ हेर्न पाइन्छ । ढोरपाटन शिकार आरक्षमा वन्यजन्तु शिकार गर्न मात्रै होइन्, यहाँ मौसम बदलिएसँगै फुल्ने फूल र यहाँका पाटन  तथा यहाँको संस्कृति आन्तरिक र बाह्य पर्यटकका लागि रोजाइ हुन् । रूकुम र रोल्पामा मगर संस्कृतिमा रमाउन सकिन्छ ।

    दाङ, बाँके र बर्दियामा थारू संस्कृतिमा रमाउन सकिन्छ । बाँकेको गाभर भ्याली छोटो समयमा पर्यटकीय केन्द्र भएको छ, जहाँ थारू परिकार खान र थारू संस्कृतिमा रम्न पाइन्छ । पाल्पामा मगर संस्कृतिका खाना खान र रमाउन पाइन्छ ।  प्यूठानको स्वर्गद्वारी र रिडीको ऋषिकेश मन्दिरमा पूजाआजा गरे पून्य प्राप्ति हुन्छ भन्ने हिन्दु धार्मिक विश्वास रहेकाले यहाँ जानेहरुको संख्या पनि वर्षेनी बढिरहेको छ ।

    पर्यटकीय स्थल पुग्न पछिल्ला वर्ष पूर्वाधार निर्माणको कामले गति लिएको छ । मुलुकमा संघीय शासन प्रणाली स्थापनापछि तहगत सरकारबिच समन्वय र सहकार्य गरी पूर्वाधार निर्माण र पर्यटकीय स्थल पहिचान तथा प्रचारप्रसार गर्ने काम भइरहेको छ । अहिले भइरहेको पहलकदमीलाई अझैँ बढाउनुपर्छ ।  पर्यटकीय स्थल पुग्ने पर्यटकका लागि राम्रो बास र खाना उत्तिकै महत्वपूर्ण विषय हो । त्यसैगरी, पर्यटकमैत्री आतिथ्य संस्कार पनि नभई हुन्न । पर्यटकमैत्री वातावरण बनाउन निजी क्षेत्रले पहलकदमी लिनुपर्छ, त्यसबेला तहगत सरकारको आवश्यक भए लिने पहलकदमी लिनुपर्छ । पर्यटन प्रवद्र्धन बढाउन सक्दा मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिन्छ । पर्यटनलाई रोजगारीका लागि विदेश जानै पर्ने बाध्यताको अन्त्य गर्ने महत्वपूर्ण औजार बन्नसक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij