बुटवल । ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुुई हजार ६५१ केजी सुन आयात भएको छ ।
गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो । यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो ।




