२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षकका मागप्रति सरकार उदासिन

शिक्षकका मागप्रति सरकार उदासिन

शिक्षकका मागप्रति सरकार उदासिन

शिक्षकका मागप्रति सरकार उदासिन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • वर्ष २०८१ को अन्त्य  र  वर्ष २०८२ को शुभारम्भ भएको छ । सर्वप्रथम नव वर्ष २०८२ को हार्दिक शुभकामना । यही अवसरमा राष्ट्रपति, उपराष्ट्रपति लगायत प्रधानमन्त्रीलगायत विभिन्न दल नेताहरुले जनताको नाममा यस्तै हार्दिक शुभकामना व्यक्त गरी देश र जनताको प्रगति र उन्नतिको कामना गरे । यतिसम्मकि यही अवसरमा अर्थात् नव वर्ष २०८२ को शुभकामना पूर्व राजा ज्ञानेन्द्रले पनि सबैलाई व्यक्त गरेका छन् । पहिलेका हरेक वर्षको शुभारम्भमा पनि यस्तै शुभकामना व्यक्त धेरैबाट हुँदै आएको छ । तर यस पटकको यो शुभकामनामा अलि पृथक हुने गरेका छन् । यसमा पहिलो पक्ष अर्थात् वर्तमान सत्ता पक्ष र प्रतिपक्ष खास गरी वर्तमान यो संघीय लोकतान्त्रिक र गणतन्त्र पक्षधरहरुले यसको स्थायित्व र विकास अनि यसको रक्षाको विषयमा बढी ध्यान केन्द्रित गरे भने यसको अर्काे पक्षमा अर्थात् राजावादी पक्षले यसको विकल्पमा घुमाई फिराई २०४६ सालको संवैधानिक व्यवस्थाको पुनस्र्थापना संवैधानिक राजतन्त्रलाई पुनःब्यूँत्याउने संकेत गरे । 


    गत चैत १५ को पुराना पञ्चे, मण्डले र दरबारियाहरुको हत्या, हिंसा र आतंकलाई कथित जन प्रदर्शन भन्दै स्वयं ज्ञानेन्द्र शाहले नै यस्तो भनाइ वक्तव्यमार्फत् अघि सारेका छन् । तर यी दुवै पक्ष अर्थात् यथास्थितिवादी गणतन्त्र पक्षधर कांग्रेस–एमाले र माओवादीहरुको साथै यी कथित संवैधानिक राजतन्त्र पक्षधर पूर्व राजा ज्ञानेन्द्र र उनका दलाल आसेपासे पूर्व पञ्चे मण्डले र दरबारियाहरुको विरोध गर्दै सच्चा गणतन्त्रवादी मालेमावादी कम्युनिष्ट वामपन्थी देशभक्त र जनवादी शक्ति समूहहरुले भने यी प्रतिगामी तथा यथास्थितिवादी सबैको विरोध गर्दै सच्चा लोकतन्त्र र जनगणतन्त्रका लागि पुनः तेस्रो जनसंघर्ष र आन्दोलनसहित जनविद्रोहहरुका लागि अग्रसर हुन आह्वान गरिरहेका छन् ।  


    अहिले देशमा आन्दोलन र संघर्षको लहर चलिहरेको छ । शिक्षक राजधानी केन्द्रित आन्दोलनमा छन् । दुई हप्ता भइसक्दा पनि शिक्षकका माग पूरा गर्नेतर्फ सरकारले खासै ध्यान दिएको पाइँदैन । बेलैमा शिक्षकका मागलाई सरकारले सम्बोधन गर्न सकेको भए यस्तो समस्या अहिले आउने थिएन । विद्यार्थी भर्ना र पठनपाठन ठप्प छ । कक्षा १० का विद्यार्थीहरुको उत्तर पुस्तिका जाँच्नु पर्ने बेलामा शिक्षकहरु सडकमा छन् । त्यस्तै कक्षा १२ को परीक्षा सञ्चालनमा समेत यसको असर पर्दैछ । यो सबै सरकारी विद्यालय र शिक्षकप्रतिको सरकारी हेपाहा प्रवृत्तिको उपज हो । बेलाबेलामा प्रम केपी ओलीले सरकारी विद्यालयका शिक्षकहरुलाई हाँसी मजाकमा उडाउँदै आएका छन् । निजीको गुनगान र सरकारी विद्यालयको आलोचना जसको परिणाम आज शिक्षक र सरकारबिच वारपारको लडाइँ चलिरहेको छ । केही सत्ता पक्षका नेताहरुले शिक्षकहरुको समर्थन गरिरहँदासम्म पनि प्रम ओली यसलाई बेवास्ता गर्ने गरेका छन् । कतै यही शिक्षक आन्दोलन नै प्रम ओलीको सत्ता बहिगमन र नयाँ सत्ता समीकरण हुने त होइन ? एमाओवादी अध्यक्ष प्रचण्डले सुरुदेखि नै ढोक्सा थापी बसेकै छन् । हिजो मात्रै उनले ओली सरकार यही महिनाभित्र बाहिरने बताएका छन् । विना शर्त, विना पद जिम्मेवारी सिंधै नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि सहयोग र  समर्थन गर्ने भनिसकेका छन् ।


    अहिले देशमा प्रतिगामी पुराना पञ्चे, मण्डले र दरबारियाहरुको बढ्दो चलखेल भइरहेको यो बेलामा यी यथास्थितिवादी (कांग्रेस–एमाले र माओवादी) आदि सबै एक भई यसका विरुद्ध जाई लाग्नु पर्ने तर प्रचण्ड भने कांग्रेसलाई उचाल्ने र एमालेलाई तह लगाउने अर्थात् देउवालाई बोकी ओलीलाई पछार्नेमा छन् । यसबाट प्रतिगामी तत्वहरुलाई क्या हाइसञ्चो के खोज्छस आँखो भने जस्तै भएको छ । एकातिर शिक्षकलगायत अरु जनसमुदायलाई आन्दोलनमा बोक्ने अर्काेतिर विदेशी शक्ति केन्द्रहरुसँग पनि भित्रभित्रै साँठगाँठ पनि गर्ने काम प्रचण्डबाट भइरहेको छ । कांग्रेसभित्र पनि ओलीप्रतिको असन्तोष बढ्दो छ । यसलाई मथ्थर पार्न कांग्रेस पार्टीले पार्टी पदाधिकारी सदस्यहरुको बैठक पनि राख्ने भएको छ । तर बहुसंख्यक कांग्रेसीहरु मौकामा चौका अर्थात् सत्ता आइलागेको बेला कुनै पनि हालतमा छोड्नु हुन्न भन्नेमा छन् ।  अझैँ वर्ष दिन किन कुरी बस्ने ? आइलागेको भाग खाई हाल्नेमा छन् । 


    यता प्रम ओली पनि त्यति कमजोर र कम बाठा छैनन् । प्रचण्डको यो षड्यन्त्रलाई पर्दापास गर्ने जुक्ति खोज्दैछन् । यदि साँच्चै नै देउवा प्रचण्ड पक्षमा लागे भने ओली पनि कांग्रेसी अर्का नेता शेखर कोइरालालाई अघि सारी अर्थात् उनलाई प्रधानमन्त्री बनाउने शर्तमा कांग्रेस पार्टीभित्र फाटो पारी देउवालाई न यता न उता बनाउन  पनि सक्छन् ।


    जे होस् यो कांग्रेस–एमाले र माओवादीबिचको सत्ता लुछाचुँडीले प्रतिगामी तत्वहरुलाई अझ बढी हौसाएको छ । लामो दिनपछि पूर्व राजा ज्ञानेन्द्रले पुनः एक अर्काे भिडियो वक्तव्य जारी गरेका छन् । चैत १५ को त्यो आततायी हत्या, हिंसालाई समर्थन गर्दै पुनः आफू यसबाट कति पनि नडराएको बरु अझ बढी उत्साहित भइरहेको देखाउन खोजेका छन् । कथित त्यो आतंककारी कदमलाई नागरिक आन्दोलनको रुपमा परिभाषित गर्दै अझ बढी अग्रसर हुन पुराना पञ्चे, मण्डले र दरबारियाहरुलाई हौसिाएका छन् । अझ यी पुराना पञ्चे, मण्डलेहरु र दरबारियाहरुको त्यो कथित आन्दोलनलाई तेस्रो जनआन्दोलनको थालनी भन्न समेत पछि परेका छैन । कही नभाको जात्रा हाँडी गाउँमा अचम्म ! यी पुराना पञ्चे, मण्डले र दरबारियाहरुको यो कथित तेस्रो जनआन्दोलन जसको प्रत्यक्ष दृश्य गएको चैत १५ को तिनकुनेमा प्रदर्शित भइसकेको छ । 


    अचम्म त अर्काे के पनि छ भने हालै मात्र चैत १५ को त्यो हत्या, हिंसाका कमाण्डर दुर्गा प्रसाईं भारतको आसामबाट गिरफ्तार भई यहाँ ल्याइएको छ । उनले अहिले आफूलाई पेरुका क. गोञ्जालोसँग तुलना गर्दै आत्म सुरक्षाको लागि भारत गएको र भारतीय पुलिससँग त्यहाँ गई आत्मसमर्पण गरेको बताएका छन् । हुन पनि डे«स त्यस्तै गोञ्जालोको जस्तै । कहाँ क. गोञ्जालो र कहाँ एउटा जौवा, सन्काहा ठग दुर्गा प्रसार्इं ? क. गोञ्जालो पेरु कम्युनिष्ट पार्टी साइनपाथका नेता मात्र नभई एउटा विश्वव्यापी माओवादी दार्शनिक नेता पनि हुन् । माओवादका पहिलो प्रवद्र्धक अर्थात् तत्कालीन माओ विचारलाई माओवादमा बदल्ने दार्शनिक महान नेता पनि हुन् । दर्शन शास्त्रमा पियचडी अर्थात् डाक्टर क. गोञ्जालोसँग तुलना दुर्गा प्रसाईंले गर्दा यो उनी भन्नेलाई भन्दा हामी सुन्नेलाई लाज भएको छ । तैपनि पूर्व राजा ज्ञानेन्द्र र उनका भरौटे पुराना पञ्चे, मण्डले र दरबारियाहरुका लागि उनी भन्दा पनि अझ ठूला माओ लेनिन र माक्र्स–एंगेल्स जस्तै ठान्दा पनि के फरक पर्छ र ? अमेरिकी साम्रराज्यवादसँग पौठेजोरी खेल्ने गोञ्जालोको महान् गौरवमय इतिहासका अगाडि एउटा भरौटे ज्ञानेन्द्रको दलाल दुर्गा प्रसाईंको यो भनाइ आफैमा कति हाँस्यास्पद छ ? ज्ञानेन्द्रले पनि कस्ता कमाण्डर, कस्ता संयोजक र कस्ता कस्ता सदस्य छानेका देख्दै र सुन्दै अचम्म छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij