२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा पर्यटकमैत्री वातावरणको खोजी

लुम्बिनीमा पर्यटकमैत्री वातावरणको खोजी

मुलुकको समृद्धिको सम्भावना बोकेको लुम्बिनीमा धेरै गर्न बाँकी छ । मुख्यतः पर्यटनमैत्री वातावरण तयार गर्नुपर्नेछ ।

लुम्बिनीमा पर्यटकमैत्री वातावरणको खोजी

लुम्बिनीमा पर्यटकमैत्री वातावरणको खोजी

मुलुकको समृद्धिको सम्भावना बोकेको लुम्बिनीमा धेरै गर्न बाँकी छ । मुख्यतः पर्यटनमैत्री वातावरण तयार गर्नुपर्नेछ ।

लुम्बिनीमा पर्यटकमैत्री वातावरणको खोजी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • विनोद परियार - लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी नेपालकै अमूल्य निधि हो । विश्वभरका बौद्धमार्गीहरूका लागि जीवनमा एकपटक आउनैपर्ने तीर्थस्थल हो । लुम्बिनी शान्तिप्रेमीहरूको पनि रोजाइको स्थल हो ।बुद्धिजम्‌को उत्पत्ती, शान्तिको मुहान र बुद्ध शिक्षालाई व्यवहारिक रूपमा ग्रहण गर्ने पवित्रस्थलका रूपमा लुम्बिनीलाई लिइन्छ । तर अद्वितीय रूपमा महत्व बोकेको पुरातात्विक, धार्मिक र ऐतिहासिक स्थल लुम्बिनीमा पर्यटकको आगमन बढ्न सकेको छैन । कोभिड महामारीले सुस्ताएको पर्यटकको संख्या विस्तारै उकालो त लागेको छ । तर, पर्यटक बढाउन आवश्यक पर्यटकमैत्री वातावरणको अभाव झेलिरहेको छ ।  लुम्बिनीको विकासको लागि खडा भएको लुम्बिनी विकास कोष पनि आफैँ रूमलिएको जस्तो देखिन्छ । 

    मुलुकमा संघीय शासन प्रणाली छ । कोषको ऐनले संघीय संरचनालाई चिनेको छैन । तहगत सरकारले सहकार्य र समन्वयका लागि अपनत्व खोजिरहेका छन् । शासन प्रणालीअनुसार तहगत सरकारको सहभागिता र प्रतिनिधित्व हुने गरी कोष ऐन, विनियमावली बनाउन ढिलाइ भइरहेको  छ ।लुम्बिनी विकास कोषको ११ सय ५५ विगाहा क्षेत्रफलभित्र र बाहिरी वातावरण भिन्न छ । ‘पर्खालभित्रको लुम्बिनी र पर्खाल बाहिरको लुम्बिनी’ भन्ने स्थानीयहरूको आरोपलाई खण्डित गर्ने गरी काम हुन सकेको छैन । लुम्बिनीका स्थानीय बासिन्दा विद्रोही र कोष सरकारपक्ष जस्तो भएर वर्षौंदेखि मनमुटाव चलिरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको धार्मिक महिमा मात्रै होइन, पुरातात्विक रूपमा समेत यसको ऐतिहासिकता लोभलाग्दो नै छ । तर, यस्तो अमूल्य सम्पत्तिलाई भने हामीले बेवास्ता गरिरहेका छौँ । कहिले राजनीतिक स्वार्थमा त कहिले धार्मिक स्वार्थमा । 

    पर्यटन प्रवद्र्धनका लागि ब्राण्डिङ 
    लुम्बिनीको अन्तर्राष्ट्रियकरण भइरहेको बेला विश्व चर्चित पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२५ मा घुम्नैपर्ने उत्कृष्ट ५२ पर्यटकीय गन्तव्य मध्येमा लुम्बिनीलाई नवौं सूचीमा राख्यो । द न्यूयोर्क टाइम्सले गत मंसिरमा उद्घाटन भएको थाउजेन्ड टेम्पल (हजार बुद्धविहार) को तस्विर राखेर लुम्बिनीलाई विश्वका उत्कृष्ट ५२ स्थानमध्ये नवौं स्थानको सूची सार्वजनिक गर्नु लुम्बिनीको प्रचार प्रसारमा महत्वपूर्ण सघाउ पुगेको छ ।  टपटेन स्थानमै राखेर सन २०२५ घुम्नैपर्ने स्थानका रूपमा लुम्बिनीलाई समावेश गर्दा यसले अन्तर्राष्ट्रिय पर्यटकलाई भ्रमणका लालायित तुल्याउने विश्वास गरिएको छ । पत्रिकाले हजारौं वर्षअघि लुम्बिनीको सुन्दर बगैंचामा मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गर्दै प्राचीन भग्नावशेष र समकालीन बौद्ध स्थलहरूलाई जीवन्त देख्न पाइने लेखेको छ ।  

    द न्यूयोर्कटाइम्सले लुम्बिनीलाई घुम्नैपर्ने सूचीमा राख्नुमा नोभेम्बरमा थाउजेन्ड टेम्पल उद्घाटन, त्यसपछि भएको मोन्लम पूजा, त्रिपिटक पाठ समारोह, ५ सय जनाको प्रव्रज्या जस्ता कार्यक्रमले लुम्बिनीमा धार्मिक तीर्थयात्री आकर्षित भएका छन् । यसका साथै मायादेवी मन्दिर परिसरमा गत मंसिर २३ गतेदेखि पुस २ गतेसम्म १० दिने शाक्यमोन्लम पूजा भयो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षपछि लुम्बिनी विकास कोषको पहलमा भएको थियो । १० दिनसम्म मायादेवी मन्दिर परिसरमा करिव ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूले पूजा गरे ।  ४१औं शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा गरिएको शाक्यमोन्लमले लुम्बिनीमा आध्यात्मिक गतिवधि बढायो । यसअघि मंसिर ७ गते लुम्बिनीस्थित पश्चिम विहारमा पाल थुव्तेन सेडुप लिङ गुम्बाद्वारा निर्मित हजार बुद्ध मन्दिरमा एक हप्तासम्म पूजा चलेको थियो । 

    सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरे । गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट रूस–युक्रेन द्वन्द्वलाई लक्षित गर्दै शान्तिका लागि आह्वान समेत गरेँ । महासचिव गुटरेसको भ्रमणले विश्वमा एउटा सकरात्मक सन्देश प्रवाह भयो । यसका साथै सन् २०२४ मा श्रीलंकाका पूर्व राष्ट्रपतीद्धय रनिल विक्रमासिंघे र गोटावाय राजापाक्षेले लुम्बिनी भ्रमण गरेका छन् । यसका साथै चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रूईफेंङ,  चिनियाँ उपमन्त्री वाङ रूईजुन, म्यानमार सरकारका संस्कृति तथा धार्मिक मामिला मन्त्री यूटिन ओलुयिन, भुटान सरकारका गृहसचिव सोनाम वाङगेलले लुम्बिनी भ्रमण गर्दै दुई देशको सहकार्य र लुम्बिनीको विकासबारे चासो राखे । 

    यसैगरी नेपालका लागि जापानी रादूत किकुता युताका, भारतीय राजदुत नविन श्रीवास्तव, श्रीलंकाका राजदूत सुदर्शना पाथिराना, चिनियाँ राजदुत चेन सोङ्म, चिनियाँ चर्चित हलिउड स्टार जेट्ली, संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह हल साहम्सी, नेपालका लागि अमेरेकी राजदुत डिन थम्सनले लुम्बिनीको प्रचार प्रसारमा सहकार्य गर्ने आश्वासन दिलाएका थिए । यी वाहेक म्यानमारका प्रसिद्ध तथा सर्वोच्च बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनीसहित प्राचीन कपिलवस्तुको भ्रमण गरे । लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्नमा गत चैतमा विभिन्न १८ देशका गैरआवासिय राजदुत र महावाणिज्यदुतहरूको लुम्बिनी कन्क्लेभ गरिएको थियो । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डे लुम्बिनी आएर यसको विकासका बारेमा चासो चिन्ता व्यक्त गर्ने गरेका छन् । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, विभिन्न संसदीय समितिहरूले समेत लुम्बिनीबारे चासो चिन्ता व्यक्त गर्दै भ्रमण गर्ने गरेका छन् । 

    आध्यात्मिक गतिविधि बढ्दा लुम्बिनीका होटल व्यवसायीहरू उत्साही हुन्छन् । तर, धार्मिक गतिविधिमा पछिल्ला दिनमा  होटल व्यवसायी संघ लुम्बिनीले गर्ने आन्दोलनले पनि प्रभाव पारिरहेको छ । गुरुयोजना क्षेत्रका ४२ वटा प्लटमा बनाइएका गुम्बा विहारहरूमा तीर्थयात्री राखिएको भन्दै होटल व्यवसायीहरू बेला–बेलामा आन्दोलीत हुँदै आएका छन् ।

     यस्तै स्थानीयहरूले पनि विभिन्न कारण देखाउँदै अवरोध गर्ने गरेका छन् । यी क्रियाकलापका कारण लुम्बिनीमा पर्यटकमैत्री वातावरण बनेको छैन । पर्यटकहरू सिधँै लुम्बिनी प्रवेश गर्ने र भैरहवा–बुटवल गएर बास बस्ने अवस्था देखापरेको छ । यसतर्फ स्थानीयहरू सचेत हुन आवश्यक छ ।

    पर्यटक आगमन वृद्धि 
    विगत डेढ वर्षयता लुम्बिनीमा धार्मिक गतिविधि बढिरहेको छ । यसले धार्मिक पर्यटक वृद्धि गरेको देखिन्छ । सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क छ । लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटक गरी २०२४ मा  ११ लाख ७२ हजार ३०४ जना पर्यटकले लुम्बिनी भ्रमण गरे । सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ पर्यटक भित्रिएकोमा २०२४ मा  १७.३६ प्रतिशत वृद्धि भएको हो । सन् २०२४ मा ७ लाख ५८ हजार ९९० जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गर्दा १ लाख ११ हजार ४ सय २५ जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी भित्रिए । यसमध्ये भारतबाट यो वर्ष वृद्धि भई  ३ लाख ८ सय ८९ पर्यटकले भ्रमण गरे । सन् २०२३ मा भारतसहित तेस्रो मुलुकका ३ लाख ४२ हजार ७२० विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कमा छ । यो वर्ष नेपाली, भारतीय र विदेशी समेत गरी ९ लाख ९८ हजार ९३८ जनाले भ्रमण गरेका थिए । जब कि सन् २०२२ मा ९ लाख ३ हजार ८८३ जनाले लुम्बिनी भ्रमण गरेका थिए ।  यस हिसाबले क्रमशः पर्यटकको संख्या वृद्धि भइरहेको तथ्याङ्कले देखाएको छ । यति हुँदाहुँदै यो  संख्या उत्साहजनक भने होइन ।  

    अधुरो गुरुयोजना पूरा गर्न दबाब  
    प्रा. केन्जो टांगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ (वि.स. २०३५) मा पारित भएर लागू भइरहेको छ । गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरूमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरले जोडिएको छ । ती क्षेत्रहरू (क) पवित्र उद्यान (ख) विहार क्षेत्र (ग) नयाँ लुम्बिनी ग्राम हुन् । तर, गुरुयोजनाको काम भने अझँै अधुरै छ । टांगेले १७ वर्षमा सक्नेगरी ६ वर्ष लगाएर बनाएको ‘मास्टर प्लान’ ४७ वर्षमा मुस्किलले ८७ प्रतिशत मात्रै पूरा भएको छ । सरकारले आर्थिक वर्ष २०७०/०७१ मा यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको थियो ।

    वि.सं. २०४२ (सन् १९८५)मा लुम्बिनी विकास कोष ऐनद्वारा लुम्बिनी विकास कोष गठन भएपछि मात्र गुरुयोजनाको प्रक्रिया अघि बढेको थियो ।  कोषका अनुसार, लुम्बिनीमा अहिलेसम्म ९ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने गुरुयोजना पूर्ण गर्न अझँै ४ अर्ब बजेट आवश्यक पर्ने देखिन्छ । 

    गुरुयोजनाको सुरुवातमा ५५ मिलियन अमेरिकी डलर आवश्यक पर्ने भनिएको थियो ।  पछिल्लो वर्ष सरकारले गुरुयोजनाको काम पूर्णरूपमा सम्पन्न गर्ने योजना बनाए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकेको कोषका अधिकारीहरूको तर्क हुन्छ । यस अवधिमा लुम्बिनी विकास कोषमा १६ जना उपाध्यक्ष फेरिए पनि गुरुयोजना उस्तै छ । गुरुयोजनाको अधिकांश काम पूरा भएको भनिए पनि संरचना मापदण्ड विपरीत बनेको भन्दै आलोचना पनि भइरहेको छ । एकातर्फ गुरुयोजनाको काम पूरा नहुँदा कोषको बदनाम भइरहेको छ भने अर्कोतर्फ लुम्बिनी धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा चिनाउन सबैबिच हातेमालो आवश्यक  छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij