२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पश्चिम नवलपरासीमा कडा कुपोषित वालबालिकाको संख्या १ सय ३९

पश्चिम नवलपरासीमा कडा कुपोषित वालबालिकाको संख्या १ सय ३९

पश्चिम नवलपरासीमा कडा कुपोषित वालबालिकाको संख्या १ सय ३९

पश्चिम नवलपरासीमा कडा कुपोषित वालबालिकाको संख्या १ सय ३९

पश्चिम नवलपरासीमा कडा कुपोषित वालबालिकाको संख्या १ सय ३९
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • केशव पराजुली- नवलपरासी।  पश्चिम नवलपरासीका सात स्थानीय तहमा कडा सिघ्र कुपोषणको संख्या १ सय ४१ र मध्यम सिघ्र कुपोषण वालबालिकाको सख्या  ११ हजार ३ सय ३ जना रहेको एक तथ्याङ्कले देखाएको छ ।

    जसमा २ जना प्रतापपुर गाउँ पालिकाको जगन्न्थ स्वास्थ्य केन्द्र अन्तरगत उपचारमा रहेका छन । कुल २२ हजार ९ सय १४ जना ६ महिना  देखि ५९ महिना सम्मका बालवालिकाको पोषण अवस्था लेखाजोखा गर्दा उक्त तथ्याङ्क देखाएको हो । बेस नेपाल र  रहेलकेलर इन्टरनेर्सनल नामक गैर सरकारी सस्थाले गरेको सर्वेले उक्त तथ्याङ्क देखाएको हो ।

    पाल्ही नन्दन गाउँ पालिकामा २६ सय ८० वालबालिकाको पोषण अवस्था जाँच गर्दा १ सय ८३ मध्यम र २३ जना वालबालिका कडा कुपोषणसीत रहेका छन । प्रतापपुर गाउँ पालिकामा २७ सय ८६ बालवालिकाको पोषण अवस्था लेखाजोखा गर्दा १ सय ४६ मध्यम र १३ जना कडा कुपोषीत वलबालिका रहेका छन ।

    सरावल गाउँ पालिकामा २७ सय ९५ जना वालबालिकाको चेकजाँच गर्दा १ सय ६८ मध्यम र १३ जना कडा कुपोषीत बालवालिकाका रहेका छन । सुस्ता गाउँ पालिकामा २७ सय ८ जना वालबालिकाको  पोषण अवस्था लेखाजोखा गर्दा १ सय ५२ जना मध्यम र २७ जना कडा कुपोषीत बालवालिका रहेका  छन ।

    त्यस्तै वर्दघाट नगरपालिकामा ४२ सय ८० जना वालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा १ सय ५९ जना वालबालिका मध्यम र २६ जना कडा कुपोषीत वालबालिका रहेका छन । सुनवल नगरपालिकामा ३७ सय ९० जना वालबालिकामा कुपोष लेखा जोखा गर्दा १ सय २४ जना मध्यम र ४ जना कडा कुपोषीत वालबालिका रहेको देखिएका छन ।

    रामग्राम नगरपालिकामा ३८ सय ७१ वालबालिकाको कुपोष लेखा जोखा गर्दा १ सय ७१ मध्यम र २४ जना वालबालिका कडा कुपोषीत देखिएका छन । पोषण मार्फत जीवन रुपान्तण जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको सम्युक्त अनुगमन कार्यक्रम पछि भएको समिक्षा कार्यक्रममा उक्त जाँनकारी दिईएको हो ।

    वेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलका अनुसार गत मंसिर देखी चैत्र मसान्तसम्म  चलेको अभियानमा नवलपरासी पश्चिममा ६ देखि ५९ महिनाका बालवालिकाको पोषण अवस्था लेखाजोखा गर्दा नवलपरासी पश्चिममा १० हजार ८ सय ८६ बालिका र  हजार १२ हजार २८ जना बालकको अभियानमा लेखा गरिएको थियो ।

    ५ सय ९५ जना बालवालिका उपचार पछि सन्चो भएर फर्केका छन भने २ जना प्रतापपुरको जगन्न्थ स्वास्थ्य केन्दै अन्तरगत उपचारमा रहेका छन  । उक्त कार्यक्रम १४ देशमा लागू भएको छ भने  लुम्बिनी प्रदेसका ४ जिल्लाका ४३ पालिकामा कार्यक्रम लागु भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij