२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्द कप इन्डो नेपाल रात्रिकालीन भलिबल : पुलिस,आर्मी, गल्कोट र गुजरात विजयी

मणिमुकुन्द कप इन्डो नेपाल रात्रिकालीन भलिबल : पुलिस,आर्मी, गल्कोट र गुजरात विजयी

बैशाख १३ गते सम्म सन्चालन हुने प्रतियोगितामा नेपालका तीन विभागीयका राष्ट्रिय खेलाडीसहित पाकिस्तान, इरान र भारतका खेलाडीको सहभागिताले खेल रोमाञ्चक भइरहेको आयोजक क्लबका निवर्तमान अध्यक्ष  मिलन रानाले बताए ।

लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२

  • तिलोत्तमा । मणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप रात्रीकालिन भलिबल प्रतियोगिताले भलिबल खेलप्रेमीहरुमाझ छुट्टै रौनक छाएको छ ।

    तिलोत्तमाको योगीकुटी तिलोत्तमा क्याम्पस निरको क्लबको आफ्नै खेल मैदानमा  यस क्षेत्रमै पहिलोपटक रात्रिकालीन भलिबल प्रतियोगिता भएकाले खेलप्रेमीहरुको चासो र उत्साह बेग्लै छ । दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई ३–२ सेटले पराजित गरेको छ । यस्तै दोस्रो खेल दुई विभागीइ टिम एपीएफ र त्रिभुवन आर्मी क्लब (टीएसी) बीच भएको थियो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा ३–२ सेटले आर्मी विजयी भएको छ । 
    उद्घाटन खेलमा आयोजक मणिमुकुन्द भलिवल क्लबलाईसाग भलिवल एकेडेमी गुजराँतले पराजित गरेको थियो । पहिलो दिनको दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र गल्कोट भलिवल क्लब बिच भएकोमा  सोझो सेट (३–०) ले गल्कोट भलिवल क्लब बिजयी भएको छ । बिदेशी खेलाडी ईरान र भारतका खेलाडी मैदान उतारेको गल्कोट भलिवलले कोशी प्रदेशलाई सहजै जितेको थियो । प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ , दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ रुपैयां ,  तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ रुपैयां तथा कप, मेडल र प्रमाणपत्र पाउने छन् । सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयां तथा  कप र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, बिधागत तर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजारका दरले नगद र मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।
    बैशाख १३ गते सम्म सन्चालन हुने प्रतियोगितामा पाकिस्तान, इरान र भारतका खेलाडीको सहभागिताले खेल रोमाञ्चक भइरहेको आयोजक क्लबका निवर्तमान अध्यक्ष  मिलन रानाले बताए । रातको समयमा शितल मौसम हुने भएकाले दर्शकहरुले पहिलोपटक राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको रोमाञ्चक खेल हेर्न पाउंदा खेलप्रेमीहरु राति १० बजेसम्म खेल मैदानमा खचाखच हुने गरेका रानाले बताए । प्रतियोगिता सम्पन्न गर्न लाग्ने ठूलो खर्च देश विदेशमा रहेका खेलप्रेमी र उद्योगी व्यवसायी संग चन्दा सहयोग मागेर गरिएको आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij