२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संविधान कार्यान्वयनलाई प्राथमिकता देऊ

संविधान कार्यान्वयनलाई प्राथमिकता देऊ

संविधान कार्यान्वयनलाई प्राथमिकता देऊ

संविधान कार्यान्वयनलाई प्राथमिकता देऊ

संविधान कार्यान्वयनलाई प्राथमिकता देऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • संविधान जारी भएको दसक नपुग्दै संविधानविरोधी गतिविधि बढेपछि प्रमुख तीन दलका नेता संविधान रक्षाका लागि एकमत भएका छन् । प्रमुख दलका शीर्ष नेताहरु प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच शनिबार भएको भेटवार्ताले संविधानको रक्षाका लागि एकभई अघि बढ्ने सहमति गर्नु सकारात्मक छ ।


    मुलुकमा अहिले संविधान विरोधी गतिविधि बढेका छन् । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गरी भइरहेका गतिविधिलाई निस्तेज गर्न प्रमुख दल एकमत हुनु स्वाभाविक छ । कोभिड महामारीपछि अर्थतन्त्रमा आएको मन्दीले अवसर खुम्चिदा बढेको निराशाको असर व्यवस्थामाथि परेको छ । यहि निराश जनमतलाई प्रयोग गरेर राजतन्त्र पुनस्र्थापनाको लागि आन्दोलन भइरहेको छ । यो आन्दोलनको उद्देश्य मूलतः यो संविधानलाई समाप्त पार्नु हो । यो संविधान समाप्त हुनु भनेको संघीयता, धर्म निरपेक्षता, समावेशीता र गणतन्त्र समाप्त हुनु हो । शासन प्रणालीलाई व्यवस्थित बनाउने काम शासकले हो । शासकका कमजोरी भए पाँच वर्षमा फेर्न पाइने लोकतान्त्रिक विधिलाई संविधानले स्थापित गरेको छ । व्यवस्थामा सुधार गरी उन्नत बनाउने हो, व्यवस्थालाई समाप्त गर्ने हर्कत कुनै हालतमा क्षम्य हुँदैन ।


    त्यसो त यो संविधान बनेपछि संविधान कार्यान्वयनका लागि सरकारको पहलकदमी प्रभावकारी हुन सकेन । सरकारको नेतृत्वमा अहिलेका शीर्ष नेताहरु पुगे । संघीय शासन प्रणालीअनुसार कानुन नबन्दा प्रणाली व्यवस्थित हुन सकेको छैन । संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन बनाउन प्राथमिकता नदिएकैले व्यवस्थालाई संस्थागत गर्न अप्ठ्यारो भयो । संविधानमा लिपिबद्ध विषयलाई कार्यान्वयनको बाटो खोल्ने कानुनले हो । संघीय निजामति ऐन नबन्दा कर्मचारी प्रशासन लयमा हिंड्न सकेको छैन । प्रहरी ऐन नबन्दा प्रदेशमा प्रहरी समायोजनको बाटो खुलेको छैन । प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी संविधानले प्रदेश सरकारलाई दिएको छ । राजनैतिक नेतृत्व स्थापित भएर मात्रै व्यवस्था संस्थागत हुने होइन । राजनैतिक नेतृत्वले काम गर्नका लागि ऐन आवश्यक पर्छ । ऐनको अभावमा राजनैतिक नेतृत्वले व्यवस्थालाई बलियो बनाउने गरी काम गर्न पाइरहेको छैन । विकासको प्रतिफल दिने गरी काम हुन सकिरहेको छैन ।


    राजनैतिक दल र व्यवस्थाप्रति नागरिकको आक्रोश होइन, आक्रोश विधि र थिति बसाल्नका लागि भएका कमजोरीप्रति हो । सुशासन र रोजगारीलाई प्राथमिकता दिँदा र उत्पादन बढाउन सक्दा निराश नागरिकको आक्रोशलाई मत्थर पार्न संभव छ । आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी गरिरहेको सरकारले निराशालाई चिर्ने गरी बजेट ल्याउन सक्दा आशा जगाउन सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij