काठमाडौँ । शिक्षकहरूको माग सम्बोधन गर्न आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
साँझ ५ बजे बस्ने बैठकले शिक्षकहरूको मागका विषयमा प्याकेजमै सम्बोधन गर्न लागिएको एक मन्त्रीले जानकारी दिए।
शिक्षा मन्त्रालयको प्रस्तावमा शिक्षकहरूका माग सम्बोधन गर्न लागिएको बताइएको छ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकले काठमाडौँकेन्द्रित आन्दोलन २० दिनदेखि जारी राखेका छन्।




