२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कक्षा १२ को परीक्षा चल्न देऊ

कक्षा १२ को परीक्षा चल्न देऊ

कक्षा १२ को परीक्षा चल्न देऊ

कक्षा १२ को परीक्षा चल्न देऊ

कक्षा १२ को परीक्षा चल्न देऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • शिक्षा ऐनलगायत विभिन्न पेशागत माग राख्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेको २० दिन पुग्दा आन्दोलन पेचिलो मोडमा पुगेको छ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । यही बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगित नगरी सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । एकातिर विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा छन्, अर्कोतिर परीक्षा यथावत चलाउने निर्णयले अन्यौल बढेको छ  ।


    विद्यालय शिक्षकले यसअघि पनि सरकारसँग आफ्ना माग राख्दै पटक– पटक आन्दोलन गर्दै आएका हुन् । उनीहरुको आन्दोलनलाई थामथुम पार्न सहमति गर्दै आएको सरकार विगतका सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । ती सहमति कार्यान्वयन गर्न एकैपल्ट ठूलो व्ययभार पर्ने भएकाले तत्काल संभव छैन भन्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

    एकातिर शिक्षा विधेयक आगामी संसदको अधिवेशनमा पेश गर्ने गरी तयारी भइरहेको, विद्यालय भर्ना अभियान सुरु भएको, नतिजा प्रकाशन, भर्ना र परीक्षा जस्ता कार्यक्रम चल्ने बेला शिक्षक महासंघले पेशागत माग राख्दै गरेको शैक्षिक हड्तालले शिक्षकहरुलाई जिम्मेवारीबोध नभएको देखायो । पेशागत माग उनीहरुका अधिकारका विषय हुन् । अधिकारसँग सम्बन्धित माग राख्न पाउने अधिकार उनीहरुलाई छ, तर अधिकारका कुरा गर्दा कर्तव्य पनि भुल्नुहुन्न । माग पूरा गराउन चर्को दबाब दिने नाउमा विद्यालय बन्द गरेर आन्दोलन गर्ने, भर्ना र परीक्षा रोक्ने काम कुनै पनि हालतमा क्षम्य हुँदैन । कक्षा १२ का ५ लाख विद्यार्थीको परीक्षा अन्यौलमा पर्दा हुने असर सामान्य होइन । पेशागत माग पूरा गर्न परीक्षा नै हुन नदिने हर्कतले उनीहरुको अराजकता छर्लङ्ग भएको छ ।


    अझँै पनि समय छ, कमजोरी सुधार गर्न सकिन्छ । आन्दोलनको स्वरुप बदलेर विद्यार्थीले परीक्षा दिन पाउनुपर्छ । जसरी शिक्षकले आफ्ना माग राख्न पाउँछन्, विद्यार्थीले परीक्षा दिन पाउनुपर्छ । विद्यार्थीलाई परीक्षा दिन नपाउने वातावरण जो जसले बनाए पनि अहिले शिक्षकले कर्तव्य निर्वाह गर्नुपर्छ । आन्दोलनको स्वरुप बदल्ने बित्तिकै परीक्षा दिने वातावरण बन्छ । 
    शिक्षकले अधिकार खोज्दा कर्तव्य भुल्ने हो भने समाजले के सिक्ला ? विद्यार्थीले के सिक्लान ? समाजमा कस्तो सन्देश जाला ? अहिले शिक्षकले जिम्मेवारीबोध गरेर कक्षा १२ को परीक्षा चल्न दिने वातावरण बनाउनुपर्छ । समस्याको चाङ भएको मुलुकमा समाधानका लागि राज्यलाई समय दिनुपर्छ । मुलुक आर्थिक संकटले जर्जर भएका बेला शिक्षकले जुन खालका माग राखेका छन्, ती समस्या समाधान  गर्न नसक्ने खालका पनि छन् । जति समाधान गर्न सकिन्छ, ती माग समाधानका लागि सरकारले पनि पहलकदमी लिनुपर्छ । शिक्षकका माग पूरा गर्न सकिंदैन भनेर पन्छिएर होइन, वार्ता र सम्वादबाट विद्यालय फर्काउने वातावरण बनाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij