२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणको तयारी आन्तिम चरणमा

रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणको तयारी आन्तिम चरणमा

रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणको तयारी आन्तिम चरणमा

रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणको तयारी आन्तिम चरणमा

रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणको तयारी आन्तिम चरणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२

  • परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणको तयारी आन्तिम चरणमा पुुगेको छ । पालिका भित्र १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्रका खोप लागएको प्रमाणिकरण गरिएपछि रामग्राम नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषण तयारी आन्तिम चरणमा पुगेको हो । आज  जिल्ला खोप समन्वय समितीले पनि अनुगमन गरेको छ । अनुगमन समितीले पालिकालाई  पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणका गर्नका लागि  भेरिफिकेशन गरेको छ । 


    अनुगमन समितीले पालिकाले सबै सुचक पुरा गरेकोले पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना गर्न सुझाव दिएको स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शमाले जानकारी दिए ।उनको अनुसार पूर्ण खोप सुनिश्चित निर्देशिका बमोजिम माघमा घरधुरी सर्वेक्षण गरी चैत्र महिनासम्म खोप लगाउन छुटेकाहरुको लागि खोप पुरा लागएको पाईएको खोप अधिकृत शर्माले बताए । अब खोप समन्वय समितीको बैठकबाट पालिकालाई घोषण  लागि अनुमति तथा जानकारी पत्र प्रदान गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषण हुने बताए ।


    उनको अनुसार जिल्ललाई बैशाखा महिनाभित्र पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणको तयारी रहेको जानकारी दिए । रामग्राम नगरपालिका भित्र १६ देखी ५९ महिनासम्मका  तीन हजार  दुई सय २७ जना  बालबालिका  मध्ये  खोप लागउन छुटेका २६ जना बालबालिकालाई छुट भएका सबै खोपहरु लागईएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । रामग्राम नगरपालिकाका १७ वटा स्वास्थ्य संस्था रहेको हरिजनले बताए । 


    स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माको नेतृत्वमा  कार्यालय सुचना अधिकारी यमदेवन्यौपाने,लेखा अधिकृक नारायाण भट्टराई  पब्लिक हेल्थ अधिकृत कल्पान पौडेल पत्रकार गौरीशंकर जयसवाल लगायतको टोलीलले अनुगमन गरेको थियो । नवलपरासी जिल्लालाई वि।स २०७० साल फाल्गुन १४ गते नेपालमै पहिलो पटक पूर्ण खोप जिल्ला घोषण गरिएको थियो । पूर्ण खोप निर्देशिका बमोजिम प्रत्येक बर्ष वडादेखी जिल्ला तहसम्मले पूर्ण खोप सुनिश्चिता तथा  सुनिश्चिता तथा दिगोपना  प्रमाणिकरण गर्ने घोषण गर्नुपर्दछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij