२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्द कप भलिबल : आज सेमिफाइनलका दुई खेलमा  गुजरात र गण्डकी तथा गल्कोट र आर्मी भिड्ने

मणिमुकुन्द कप भलिबल : आज सेमिफाइनलका दुई खेलमा  गुजरात र गण्डकी तथा गल्कोट र आर्मी भिड्ने

खेल भइरहेकै बेला बीच बीचमा गीत संगीत बज्ने र दर्शकहरु प्यारापिटमै नाच्ने गर्दा खेल मैदान संगीतमय समेत बनेको छ ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२

  • तिलोत्तमा । तिलोत्तमामा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपमा  सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । बिहीबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा गल्कोट भलिबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेसंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो ।  

    भारत गुजरातको साग भलिवल एकेडेमी समूह ए बाट विजेता र  त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै प्रतियोगिताको अन्तिम ४ टिममा स्थान पक्का गरेका हुन् भने 
    समूह बीबाट गल्कोट भलिबल क्लब विजेता र गण्डकी प्रदेश भलिबल क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । 

    आज शुक्रवार सेमिफाइनलमा गुजरात र गण्डकी तथा गल्कोट र आर्मी भिड्ने छन् । प्रतियोगिताबाट आयोजक मणिमुकुन्द भलिबल क्लब, विभागीइ टिम एपीएफ, पुलिस र कोशी प्रदेश भलिबल संघ बाहिरिएका छन् ।  
    तिलोत्तमा २ स्थित क्लबको आफ्नै खेल मैदानमा यस क्षेत्रमै पहिलोपटक आयोजना भएको रात्रिकालीन भलिबल प्रतियोगिताको फाइनल भोलि शनिबार हुने प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए ।

    प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ , दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ रुपैयां ,  तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ रुपैयां तथा सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयां तथा  कप र प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 
    उत्कृष्ट खेलाडीले १५ हजार, बिधागत तर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजारका दरले नगद र मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने छ । प्रतियोगितामा इरान र भारतका खेलाडीको सहभागिताले खेल रोमाञ्चक भइरहेको क्लबका निर्वमान अध्यक्ष मिलन रानाले बताए । खेल भइरहेकै बेला बीच बीचमा गीत संगीत बज्ने र दर्शकहरु प्यारापिटमै नाच्ने गर्दा खेल मैदान संगीतमय समेत बनेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij