२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा नौ जना औलो रोग संक्रमित भेटिए

नवलपरासीमा नौ जना औलो रोग संक्रमित भेटिए

नवलपरासीमा नौ जना औलो रोग संक्रमित भेटिए

नवलपरासीमा नौ जना औलो रोग संक्रमित भेटिए

नवलपरासीमा नौ जना औलो रोग संक्रमित भेटिए
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • परासी । पश्चिम नवलपरासीमा  विश्व औँलो दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले पुनर्लगानी पुनर्सोच र पुर्नजागरण हामीबाटै ओैलो निवावरण भन्ने नारा सहित सञ्चारकर्मीहरू र सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि विश्व औलो दिवस मनाइएको हो ।

     

    स्वास्थ्य कार्यालयका बरिष्ठ मलेरिया इन्स्पेक्टर देवीलाल पौडेलले जिल्लामा औलो अवस्थाको बारे तथ्याङ्क सार्वजनिक गरेका थिए । उनको अनुसार चालू आर्थिक वर्षमा ९जनामा औलो रोगका बिरामी भेटिएको  जानकारी दिए । पौडेलले भने गत वर्षमा १६ जनामा औलो भेटिएको बताए ।  

     

    चालुबर्षमा सबैभन्दा रामग्राम नगरपालिकामा ४ जना ओैलो  रोग सक्रमित भेटिएको इन्स्पेक्टर पौडेलले बताए । उनको अनुसार बर्दघाट नगरपालिकामा ३ जना र सुनवल २  जना ओैलो  रोग सक्रमित भेटिएको जानकारी दिए ।चालुबर्षमा पाल्हीनन्दन,सुस्ता प्रतापपुर सरावल गाउँपालिका ओैलो रोग सक्रमित नभेटिएको  स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । 

    स्वास्थ्य कार्यालय नवलपरासी प्रमुख अगद बहादुर शाहीले औलो रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै लामखुट्टेका ४ सय ३० प्रजातिका लामखुट्टे रहेकोमा ४३ जातका लामखुट्टेले औलो सार्ने सक्ने बताए  ।

     

    अहिलेसम्म नेपालमा ४ प्रकारका लामखुट्टेको टोकाइले औलो सारेको पाइएको  भनाई थियो । नेपाल सरकारले सन २०२५ मा स्थानीय औलोलाई शून्यमा राख्ने र बाहिरबाट आएकालाई नियन्त्रण गर्ने लक्ष्य राखेको थियो तर आजसम्मको अवस्था हेर्दा यो लक्ष्य पूरा नहुने देखिन्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij