२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युवा चिकित्सकले सञ्चालन गरेकाे सिद्धबाबा हस्पिटल साताै वर्षमा

युवा चिकित्सकले सञ्चालन गरेकाे सिद्धबाबा हस्पिटल साताै वर्षमा

युवा चिकित्सकले सञ्चालन गरेकाे सिद्धबाबा हस्पिटल साताै वर्षमा

युवा चिकित्सकले सञ्चालन गरेकाे सिद्धबाबा हस्पिटल साताै वर्षमा

युवा चिकित्सकले सञ्चालन गरेकाे  सिद्धबाबा हस्पिटल साताै वर्षमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • बुटवल । बुटवलको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले शुक्रबार सातौ वार्षिक उत्सव मनाएको छ । नेपालमै केही गरौ भन्ने उद्देश्यले युवा चिकित्सकको टिमको पहलमा सिद्धबाबा हस्पिटल स्थापना भएको हो ।

    वार्षिक उत्वसवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा न्यूरो, किडनी र मुटु सम्बन्धी सेवा अस्पतालले दिएर विरामीलाई सहज बताइदिएको बताए । आगामी दिनमा आफ्ना सेवा विस्तार गर्दै जान र दायित्व पूरा गर्न पालिकाले पनि गर्न तयार रहेको नगर प्रमुख पाण्डेयको भनाइ छ ।

    अस्पतालमा जोमिख मोलेर डक्टरहरुलाई लगानी गरेको स्मरण गर्दै नगर प्रमुख पाण्डेयले सेवाग्राहीसँग फ्रन्ड डेक्स कमजोर रहेको बताए । उनले डक्टर र नर्सको व्यवहार पनि विरामीलाई राम्रो हुनुपर्ने बताए । पाण्डेयले निजी अस्पतालहरुमध्ये विरामीमा जनउत्तरदायी व्यवहार गरेको छ भन्ने स्थापित गर्न आग्रह गरे ।

    अस्तालका अध्यक्ष डा. दीपेश प्रधानले आगामी दिनमा अस्पताललाथप सेवा विस्तार सहित अगाडी बढाउने बताए ।उनले अहिले भाडाको घरमा रहेको अस्पताललाई थप परिस्कृत गर्दै आफ्नै भवनमा सञ्चालन गर्ने गरी योजना बनाएको बताएका थिए ।

    अस्पतालका निर्देशक डा. यमनचन्द्र प्रधानले अस्पताललाई आगामी दिनमा आफ्नै भवनबाट भरपर्दो र विश्वाससिलो अस्पताल बताउने बताए । कार्यक्रममा अस्पतालका निर्वतमान अध्यक्ष तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ शक्ति बस्नेत अस्पताललाई स्थानीय सरकारको मार्गनिर्देशन आवश्यक रहेको बताए ।

    यस क्षेत्रमा अस्पतालको सिन्डिकेट तोडेर अस्पताल स्थापना गरिएको स्मरण गर्दै डा. बस्नेतले सात वर्षमा लुम्बिनी प्रदेशका विरामीलाई चितवन र काठमाडौं जानुपर्ने बाध्यकारी अवस्था अन्त्य गरेको बताए ।

    नेपालमा २ हजार पाँच सय चिकित्सक देश छाडने अवस्था देखिएको भन्दै देशमै रोक्ने योजना आवश्यक रहेको बताए । हस्पिटलका कानूनी सल्लाहकार महेन्द्र पाण्डे अस्प्तालको सेवा गुणस्तरीय र सर्वसुलभ रहेको बताउँदै यसलाई निरन्तरता आवश्यक रहेको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सर्वसुलभ सेवा सहित विपन्न नागरिकलाई पनि सेवा दिन आग्रह गरे । बुटवलका अधिकांश अस्पताल रिफर सेन्टर बनेको गुनासो आइरहेको भन्दै उपाध्यक्ष ढकालले यहीँ पूर्ण उपचार हुन्छ भन्ने स्थापित बन्नुपर्नेमा जोड दिए । वडा प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक (इन्पेक्टर) विष्णुबहादुर बस्नेत लगायतले बोलेका थिए ।

    वार्षिकउत्सवको अवसरमा उत्कृष्ट कर्मचारीमा टिकादेवी राना घोषित र कर्मचारी मन्जु थापा घोषणा भएका छन् । साथै सो अवसरमा तीन वर्षका कार्यरत कर्मचारीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । अस्पतालामा १०० जना डक्टर र कर्मचारी कार्यरत छन । कार्यक्रमको सञ्चालन अस्पतालका व्यवस्थापक प्रकाश न्यौपाने गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij