२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पृथ्वी मावि पुर्कोदहको मत परिणाम : विकास श्रेष्ठको अग्रता

पृथ्वी मावि पुर्कोदहको मत परिणाम : विकास श्रेष्ठको अग्रता

पृथ्वी मावि पुर्कोदहको मत परिणाम : विकास श्रेष्ठको अग्रता

पृथ्वी मावि पुर्कोदहको मत परिणाम : विकास श्रेष्ठको अग्रता

पृथ्वी मावि पुर्कोदहको मत परिणाम : विकास श्रेष्ठको अग्रता
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • गुल्मी । गुल्मीको मदाने गाउँपालिका –६ , पुर्कोदह स्थित पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनका मतगणनाको पहिलो परिणाम सार्वजनिक गरिएको छ ।

    दुई सय मत गणना हुँदा पुरुष तर्फ विकास श्रेष्ठे अग्रता लिएका छन् भने महिला तर्फ माया बिसी केसीले अग्रता लिएकी छन् ।

    श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी दुई मतले अग्रता लिएका छन् । कुमारविक्रम थापा र वसन्त कुँवरले ५९/५९ मत ल्याएर बराबरी भएका छन् भने श्रेष्ठले ६१ मत ल्याएका छन् ।

    त्यस्तै टिकाबहादुर कुँवरले ५२ मत ल्याएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । महिला तर्फ ५ जना छन् । ती मध्ये माया बिसी केसीले ५२ मत ल्याएर अग्रता लिएकी छन् ।

    चित्र कुँवरले ४८ मत ल्याएकी छन् । कृष्णकुमारी श्रेष्ठले ३५ मत , कमला विकले ३४ मत र न्युटल बसेकी विष्णुमाया विकले ९ मत प्राप्त गरेकी छन् । निर्वाचनबाट दुई जना पुरुष र दुई जना महिला विजयी हुने छन् ।

    ५५० अभिभावक मध्ये ४ सय २० मत खसेको थियो । पाँच दिन पछि मतगणना सुरु असार १९ गते विद्यालयमै मतदान भई ७६ मत गणना हुँदा दुई मत सदर र बदरको विषयमा दुई पक्ष बिच विवाद चर्किए पछि सदरमुकाम तम्घासस्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा मतगणना गर्ने सहमति गरी मतपेटिका ल्याइएको थियो ।

    यहाँ ल्याएको तिन दिन बित्दा पनि सहमति हुन नसके पछि सोमबार बिहान मत गणना गर्ने सहमति जुटेको थियो । विद्यालय व्यवस्थापन समितिको चार सदस्यका लागि ९ जना उम्मेदवार रहेका छन् ।

    उमेदवारहरुमा वसन्त कुँवर , विकास श्रेष्ठ , माया बिसी केसी, चित्रबहादुर कुँवर , टिका कुँवर , कुमार विक्रम थापा , कमला बिक, कृष्ण श्रेष्ठ । विष्णु माया बिक रहेका छन् । कडा प्रतिस्पर्धा काँग्रेस एमाले बिच रहेको बत्ताइन्छ । विजयी हुने चार जनाले ३ जना मनोनयन गरेर अध्यक्ष छनौट गर्ने बताइएको छ ।

    मतगणना सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको नेतृत्वमा गरिँदै छ । मतगणना स्थलमा दलीय प्रतिनिधिका रूपमा एमाले बाट पार्टी सचिव धर्म विश्वकर्मा , काङ्ग्रेसबाट काशीबहादुर बोहरा लगायत सहभागी छन् ।

    जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नारायण घर्ती, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका शाखा अधिकृत अम्मरबहादुर केसी मत गन्दैछन ।

    यति बेला सम्म १५० मत गणना भएको र २ सय मत गनेर सके पछि सार्वजनिक गर्ने सहमति भएको त्यस कार्यालयका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए ।

    त्यस विद्यालयका सूचीकृत ५ सय ५० जना अभिभावक मध्ये ४ सय २० मत खसेको मतदान अधिकृतको जिम्मेवारी लिएर पुगेका त्यस कार्यालयका शाखा अधिकृत केसीले जानकारी दिए । गत एक वर्ष देखि सहमति जुट्न नसकेर समिति गठन हुन सकेको थिएन।

    जिल्लामा विद्यालय व्यवस्थापन समितिको यो निर्वाचन संसदीय निर्वाचन जस्तै पेचिलो बनेको छ। निर्वाचन अन्य विद्यालयमा पनि भएका छन् तर विद्यालय स्तरमै हुन नसकी जिल्लामा आउनु परेको यो पहिलो घटना हो ।

     

    स्थानीय स्तरमा विवाद चर्के पछि आफूले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेर जिल्लामा पठाउने वातावरण मिलाएको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij