२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जन्मदिनमा लुम्बिनी केबलकारको दुईतर्फी टिकट निःशुल्क

जन्मदिनमा लुम्बिनी केबलकारको दुईतर्फी टिकट निःशुल्क

जन्मदिनमा लुम्बिनी केबलकारको दुईतर्फी टिकट निःशुल्क

जन्मदिनमा लुम्बिनी केबलकारको दुईतर्फी टिकट निःशुल्क

जन्मदिनमा लुम्बिनी केबलकारको  दुईतर्फी  टिकट  निःशुल्क
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • बुटवल । बुटवलको लुम्बिनी केबलकार लि.ले जन्म दिनमा केवलकार यात्रा गर्न चाहनेलाई दुईतर्फी टिकट निःशुल्क दिने भएको छ । 
      केबलकारको यात्रा प्रवद्र्धनका लागि विभिन्न अफर र योजना ल्याउंदै आएको कम्पनीले यही बैशाख १५ गतेदेखि लागू हुने गरी नयां अफर ल्याएको हो । 
    जन्मदिनको अवसरमा केबलकार मार्फत टप स्टेशनमा रहेको कामाख्या देवी मन्दिर दर्शन र आशिर्वाद ग्रहणका लागि सर्वसाधारणलाई सहज होस् भनेर यो अफर ल्याइएको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए । ‘आम सर्वसाधारण नागरिकले आफ्नो जन्म दिन नयां पर्यटकीइ गन्तव्य एवं प्रख्यात शक्तिपीठमा माता कामाख्याको आशिर्वाद लिंदै खुशी साथ मनाउन पाउन् भनेर यो अफर ल्याएका हौं’–केबलकारका म्यानेजर घिमिरेले भने । 
    जन्मोत्सव मनाउन केबलकार जाने यात्रुहरुले जन्म मिति खुल्ने आधिकारिक सरकारी कागजात अनिवार्यरुपमा देखाउनुपर्ने कम्पनीले जनाएको छ ।
    जन्म दिन परेका व्यक्ति कामाख्या मन्दिर पुगिसकेपछि वैदिक बिधिपूर्वक अष्टचिरञ्जिवी पूजा गरिदिने व्यवस्था समेत गरिएको कामाख्या धामका मूल पुजारी सुरेश पौडेलले बताए । अष्टचिरञ्जिवी पूजा गर्नाले शरीर निरोगी एवं दीर्घायू हुने धार्मिक विश्वास रहेको छ । 
    परिवार एवं साथीहरुसंग जन्मोत्सव मनाउन बसन्तपुर पुग्नेहरुका लागि आवश्यक सुविधाहरु त्यहां सञ्चालित रेष्टुरेन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो अफरले आफ्नो जन्मदिनमा निःशुल्क केबलकार यात्रा तथा  प्रख्यात शक्तिपीठ कामाख्या मन्दिरमा दर्शन र अष्टचिरञ्जिवी पूजाको सुविधा लिने सर्वसाधारण, तथा पर्यटकको आगमन बृद्धि हुने कम्पनीले विश्वास लिएको छ । अष्ट्रियाको विश्वविख्यात डुपलमायर कम्पनीको अत्याधुनिक प्रविधिबाट सञ्चालित लुम्बिनी केबलकार प्रदेशको पहिलो केबलकार हो । केबलकारको माथिल्लो स्टेशन बसन्तपुर समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा छ । त्यहां तराईको भन्दा ८ देखि १० डिग्री सेल्सियससम्म तापक्रम कम हुने भएकाले गर्मी मौसममा शीतल र चीसो हुनुका साथै धुंवाधुलोको प्रदुषणमुक्त स्वच्छ वातावरणमा रमाउन सकिने केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । बसन्तपुरमा स्तरीय रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान लगायत पर्यटकहरु रमाउने र भुल्ने पुर्वाधारहरु बनेका छन् ।    

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij