२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेशको सबै जनतामा बैंकको पहुँच पुग्न जरुरी

प्रदेशको सबै जनतामा बैंकको पहुँच पुग्न जरुरी

प्रदेशको सबै जनतामा बैंकको पहुँच पुग्न जरुरी

प्रदेशको सबै जनतामा बैंकको पहुँच पुग्न जरुरी

प्रदेशको सबै जनतामा बैंकको पहुँच पुग्न जरुरी
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले सबै जनतामा बैंकको पहुँच नपुगेको बताएका छन ।  नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगर को ७० औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रमुख अतिथी आचार्यले अहिले पनि बैंकको पहुचमा आम जनताको पहुच पुग्न नसकेकोले त्यस तर्फ बैंकको ध्यानाकर्षण हुन पर्ने बताए । यो कार्यालय प्रदेश सरकारको आर्थिक सल्लाहकारको रुपमा समेत भूमिका रहन सक्ने हुदा नेपाल भित्र देखा परेका वित्तिय समस्यासँग जुत्दै वित्तिय अनुशासन कायम गराउनका निम्ति महत्वपूर्ण भूमिका राष्ट्र बैंकले निर्वाह गरेको बताए ।


    व्यवसायी हरुको गुनासो वित्तिय संस्थाहरुबाट ऋण लिदा एउटा व्याज तिर्दा पछि व्याज बढेको जानकारी ऋणीलाई नहुने हुदा चुक्ता गर्ने बेलामा मात्रै सूचना पाउने विगतमा अवस्था रहेकोले यो पिडालाई राष्ट्र बैंकले कडाई पूर्वक नियमनको काम गर्न जरुरी रहेको मुख्यमन्त्री आचार्यले भने । 

    बैंकहरुको पनि बैंक राष्ट्र बैंक भएकोले वित्तिय अनुशासन कायम गर्नका निम्ति राष्ट्र बैंकको ठूलो भूमिका छ । हरेक बैंकको नजिकबाट नियमन गर्ने काम कारवाही सही रुपमा भएको छ की छैन अवस्थात्यो बारेमा पनि अनुगमनको पाटो केन्दिीकृत भएर अगाडि बढ्न जरुरी रहेको बताए । 

    वित्तिय अनुशासन कायम राख्न सकिएन भने मुलुकको विकास हुन सक्दैन  र मुलुक समृद्ध बन्न सक्दैन त्यसकारण त्यता पनि ध्यान दिन बैंकलाई आग्रह गरे । प्रदेश सरकार हरेक वित्तिय क्षेत्रसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न खोजेको छ तर जुन रुपमा बढ्नु पर्ने हो त्यो सकिएको छैन मुख्यमन्त्री आचार्यले भने ।  सिद्धार्थनगरको राष्ट्र बैंक क्षेत्रिय कार्यालयको रुपमा रहेकोले आगामी दिनमा यो अभिभावकहरुको बैक मार्फत समन्वय र सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्नु पर्नेमा प्रतिबद्ध रहेको बताए । बैंकहरुको नाफाको निश्चित प्रतिशत सामाजिक उतरदायित्वको काममा लगाउने ऐनमै व्यवस्था भएपनि स्थानीय र प्रदेश सरकारसँग सही ढंगले कार्यान्वयन भएको छ कि छैन भनि सबै वित्तिय संस्थाहरु समक्षिा गर्न आग्रह गरे । 

    DSC01697.JPG
    undefined

    कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्य सचिव बाबुराम अधिकारीले नेपाल सरकारको आर्थिक सल्लाहकारको भुमिका निभाउदै आएको नेपाल राष्ट्र बैंकले अझै पनि सबै सर्वसाधरणमा वित्तिय पहुच नभएकोले साधारण कृषक, साना व्यवसायी तथा उद्यमीहरुका लागि केही विचार गर्नुपर्ने बताए । राष्ट्रबैकलाई बोलाएर प्रदेश सरकार छलफलका लागि तयारी गरेको छ प्रदेशको निति तथा कार्यक्रम बनाउने क्रम रहेकोले हामी कसरी जाने भन्ने बारे वित्तिय मामिलामा गाइड आवश्यकता पर्न सक्ने हुदा समेत समन्वय र सहकार्य हुनुपर्ने बताए । आर्थिक योजना तथा कार्यक्रम बनाउँदा तथ्याकंहरु आवश्यक पर्छ विना तथ्याङकको निति निर्माणले हामीलाई ठीक ठाउमा नपु¥याउने भएकोले भरपर्दो तथ्याङको हामीलाई ठूलो आवश्यकता रहेको बताउदै त्यस तर्फ बैंकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । 

    कार्यक्रमममा बोल्दै सिद्धार्थनगर नग्रपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले व्यवसायहिरुको हकहीतमा रहेर राष्ट्र बैंकले निति बनाउनु पर्ने बताए । उनले मन्दीको बेला केही युक्ति लगाएर जग्गा कारोबार खोल्नु पर्ने जसले केही भएपनि आर्थिक चलायमान हुने बताए । व्यवसायीहरुको चाहना बैंक डुब्ने नभएकोले आर्थिक संकटको बेला बैंकहरु ले सहज वातावरण बनाई साथ र सहयोग गर्नुपर्ने बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले राष्ट्र बैंकको समय समयमा आउने नितिले निजी क्षेत्रलाई अपठयारोगराउने हुदा बैंकले लिने नितिमा आर्थिक चलायमान हुने गरी निजी क्षेत्रको सुझाव मनन गर्नुपर्ने बताए । उनले बैंकले अन्धाधुन्ध अनुउत्पादक क्षेत्रमा लगानी गरी आर्थिक संकट निम्तिने हुदखा धेरै मुल्याङकन गरी लगानी गर्ने र कम मुल्य गरेर व्यवसायाीका त्रास पैदा हुने गरेको बताए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कर्मचारी संघ सिद्धार्थनगका अध्यक्ष पदमराज भुसाल, नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष दीपक गौतम, पूर्व कर्मचारी संघ इकाई सिद्धार्थनगरका कृष्ण प्रसाद शर्मा, नेपाल बैंकर एशोसिएशन लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन बहादुर कंडेल लगायतले बोल्दै राष्ट्र बैंक अर्थतन्त्रहरुको संवहकको रुपमा रहेकोले हामी धेरै अगाडि बढेको, नेपालको वित्यि क्षेत्रको संचालक राष्ट्र बैंक भएकोले नै यस्को निति सकारात्मक रुपमा आउने गरेको बताए । उनीहरुले नेपालको अर्थतन्त्रमा दिगो पुरा गर्न राष्ट्र बैंकले अहम भूमिका खेलेको र यसले दैनिक जीवनलाई सुव्यवस्थित गर्ने काम समेत गरेको बताए । 

    नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रमेश आचार्यको अध्यक्षता, सहायक निर्देश जीवन प्रकाश पाण्डेको स्वागतमा भएको वार्षिकोत्सव कार्यक्रममा कार्यालयले पूर्व कर्मचारी तथा जेष्ठ कर्मचारीको रुपमा राममोहन यादवलाई सम्मान गरिएको थियो । यस्तै विभिन्न विद्यामा भएको प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कृत गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij