२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाटो बिराएको शिक्षक आन्दोलन

बाटो बिराएको शिक्षक आन्दोलन

बाटो बिराएको शिक्षक आन्दोलन

बाटो बिराएको शिक्षक आन्दोलन

बाटो बिराएको शिक्षक आन्दोलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • नेपाल शिक्षक महासंघको अगुवाइमा भएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलन २६औं दिन पुग्दा प्रहरीसँग झडप भएको छ । लामो समयदेखि सडकमा शान्तिपूर्ण प्रदर्शन गरिररहेका शिक्षकहरुले आइतबार निषेधाज्ञा तोड्ने प्रयास गर्दा प्रहरीसँग झडप भयो, झडपमा केही शिक्षक घाइते भएका छन् । सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसक्दा शिक्षक भड्केका छन्, जसले शिक्षक आन्दोलनलाई गलत बाटोमा लैजाँदैछ ।


    सरकारले पटक–पटक शिक्षक महासंघसँग वार्ता गरी विगतमा सहमति गर्दै आएको छ । शिक्षक महासंघको माग विगतका सहमति कार्यान्वयन हुनुपर्छ भन्ने हो । अर्कोतिर अहिले उनीहरु शिक्षा ऐन लिएर मात्रै घर फर्किने भन्दै आएका छन् । माग राखेर आन्दोलनका विभिन्न कार्यक्रम अघि सार्नु अस्वभाविक होइन, तर लामो समयदेखि विद्यालय बन्द गरेर सडक आन्दोलनमा आउनु अशोभनीय छ । विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयमा भर्ना रोकिएको छ । एसईईको उत्तरपुस्तिका परीक्षण रोकिएको छ । बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएर बैशाख २१ गतेदेखि गर्ने गरी तालिका सार्वजनिक भएको छ । परीक्षा नै रोकेर शिक्षकहरु पेशागत माग पूरा गर्न आन्दोलनमा उत्रिंदा नेपालको सार्वजनिक शिक्षाप्रतिको विश्वास र भरोसा अझैँ गुम्दै जाने जोखिम बढेको  छ ।


    शिक्षा ऐन आउन ढिलाइ भएकै हो । शिक्षा ऐन नआउँदा समग्र शिक्षा क्षेत्रलाई लयमा हिंडाउन कठिन भएकै छ । संघीयता कार्यान्वयनका लागि पनि शिक्षा ऐन बेलैमा आउनुपर्दथ्यो । शिक्षा ऐन नआउँदा समस्या भयो, त्यसैले ऐन आएपछि मात्रै घर फर्किन्छौं भनेर भन्नु शिक्षकको अस्वभाविक हठ हो । शिक्षा ऐनको सरोकारवाला शिक्षक मात्रै नभएर धेरै पक्ष भएकाले यो ऐन छिटो बन्न समस्या भएको हो ।


    विगतमा गरेका सहमति कार्यान्वयन तत्काल गर्न असंभव भएको संकेत सरकारले दिइसकेको छ । विगतमा सडकबाट फर्काउनका लागि शिक्षकसँग सहमति गर्ने तर बेवास्ता गर्ने प्रवृत्तिले अहिले समस्या भएको हो । पहिले भएका सहमतिमध्ये एउटा सहमति गर्दा माओवादी केन्द्र सरकारमा थियो । सरकारमा हुञ्जेल सहमति कार्यान्वयन गर्न बेवास्ता गर्ने माओवादी अहिले आन्दोलन अझँै चर्काउन अपील गर्दैछ । माओवादीले समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउने दाउ खेल्दैछ । शिक्षकको पेशागत मागलाई चर्काएर राजनैतिकरण गर्नु उसको बदनियत छ । सरकारमा हँुदा एउटा र प्रतिपक्षमा पुगेपछि अर्को धारणा राख्दा राजनैतिक दलप्रति नागरिकको भरोसा र विश्वास कमजोर हुँदै जान्छ भन्ने हेक्का माओवादीलाई छैन ।

    शिक्षकले ऐन नआई फर्किदैनौं भन्ने हठ त्यागेर ऐन ल्याउन संसदमा रहेका दलहरुसँग राजनैतिक सहमति गर्नु राम्रो हुन्छ । अरु कतिपय माग सरकारले पूरा गर्ने र शिक्षा विधेयक विषयगत समितिमा छलफलमा रहेकोले टुंगो लागेपछि संसदमा पेश हुन्छ । संसदीय प्रक्रिया पूरा गरी कानुन बन्ने भएकाले ऐन ल्याएपछि फर्किन्छौं भनेर विद्यालय बन्द गर्ने बाल हठ त्यागेर  सहमतिमा पुग्नुपर्छ । सरकारले पनि उनीहरुको आत्मसम्मान हुनेगरी सहमतिको खाका ल्याउन सक्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij