२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोटरी क्लव बुटवल चौतारीले गर्यो स्वास्थ्य सचेतना कार्यक्रम

रोटरी क्लव बुटवल चौतारीले गर्यो स्वास्थ्य सचेतना कार्यक्रम

रोटरी क्लव बुटवल चौतारीले गर्यो स्वास्थ्य सचेतना कार्यक्रम

रोटरी क्लव बुटवल चौतारीले गर्यो स्वास्थ्य सचेतना कार्यक्रम

रोटरी क्लव बुटवल चौतारीले गर्यो स्वास्थ्य सचेतना कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • बुटवल। रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्लवको २४८ औं साप्ताहिक नियमित बैठकको अवसर पारेर स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हाे।

    बैठकमा नाक, कान, घाँटी रोग विशेषज्ञ ईएनटी सल्लाहकार डा. प्रकाश बस्नेतले स्वास्थ्य सचेतना प्रदान गरेको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

    त्यस अवसरमा डा. बस्नेतले मानिसमा देखिने नाक, कान र घाँटी सम्बन्धी समस्या, यसले स्वास्थ्यमा पर्ने प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएका थिए । पुर्व सचेतना र सावधानी अपनाउन सके नाक, कान र घाँटी सम्बन्धी समस्याबाट मुक्ति पाउन सकिने डा. बस्नेतले बताए ।

    स्वास्थ्यको बारेमा जागरूकता जगाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले बताए । क्लवले विभिन्न समयमा रक्तदान, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतनालगायतका सामाजिक र रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको उहाँले बताउनुभयो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij