२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वन प्राधिक संघ लुम्बिनीमा खड्का सर्वसम्मत निर्वाचित

वन प्राधिक संघ लुम्बिनीमा खड्का सर्वसम्मत निर्वाचित

वन प्राधिक संघ लुम्बिनीमा खड्का सर्वसम्मत निर्वाचित

वन प्राधिक संघ लुम्बिनीमा खड्का सर्वसम्मत निर्वाचित

वन प्राधिक संघ लुम्बिनीमा खड्का  सर्वसम्मत निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  •  बुटवल । नेपाल वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा केशर खड्का निर्वाचित भएका छन् । 
    प्रजातान्त्रिक वन प्राविधिक संघका तर्फबाट उम्मेदवार बनेका खड्कासंग जितेन्द्र खड्काले प्रतिस्पर्धा गर्ने तयारी गरेपनि उनले मनोनयन दर्ता नगरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । 
    उपाध्यक्षमा सूर्यप्रसाद मैनाली, दुईजना सचिवमा रोबर्ट महरा र अनुपा सिलवाल तथा  कोषाध्यक्षमा राघवेन्द्र प्रताप चौधरी निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा नवराज शाही,नवीन पाण्डे, भावना रिजाल,कविता गैरे,एजाज अन्सारी र कमला सुनार निर्वाचित भएका छन् । 
    लुम्बिनी प्रदेशमा १६ सय जना सरकारी कर्मचारी सहित ७ हजार बढी वन प्राविधिक मतदाता छन् । 
    मुलुक संघीय संरचनामा गएपछि इन्जिनियरिङ एशोसिएसन पछि वन प्राविधिक संघ प्रदेश समितिको निर्वाचन गर्ने दोस्रो संस्था भएको नव निर्वाचित अध्यक्ष खड्काले बताए । 
    उनले प्रदेशमा सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई थप सुदृढ बनाउने र यसबारे वहस पैरवी चलाउने बताए । वन विज्ञहरूलाई योग्यताको प्रमाणपत्र वितरण गर्न नेपाल वन परिषद्  केन्द्रमा स्थापना गर्न संघले प्राथमिकतामा राखेर काम गर्ने बताए । 
    देशको ४५ प्रतिशतभन्दा बढी हिस्सा वन क्षेत्र हुँदाहुँदै काठ, दाउरा जंगलमै सडेको र वार्षिक अर्बौं रुपैयाँको काठ विदेशबाट आयात गर्नु पर्ने विडम्वना भएकाले यसलाई रोक्न भूमिका खेल्ने खड्काले बताए । वन स्रोतको प्रभावकारी व्यवस्थापनका लागि पर्याप्त मात्रामा दरबन्दी सिर्जना गरी वन व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारसँग पैरवी गरिने र प्रदेशका १०९ वटै स्थानीय तहमा वन प्राविधिकको दरबन्दी सिर्जना गर्न दबाब दिइने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij