२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटक आगमनले जगाएको आशा

पर्यटक आगमनले जगाएको आशा

पर्यटक आगमनले जगाएको आशा

पर्यटक आगमनले जगाएको आशा

पर्यटक आगमनले जगाएको आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०२४ को अप्रिलदेखि सन् २०२५ को मार्चसम्म १२ लाख ६४ हजार १ सय ६३ पर्यटकले भ्रमण गरे । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार, अघिल्लो वर्ष यही अवधिमा ९ लाख ९८ हजार ९ सय ३८ ले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२३ मा तेस्रो मुलुकका ७६ हजार २ सय १० जनाले भ्रमण गरेकोमा सन् २०२४ मा १ लाख ११ हजार ४ सय ३ जनाले भ्रमणको तथ्याङ्ले लुम्बिनीमा पर्यटक आगमन बढेको देखिन्छ । कोरोना महामारीले ओरालो लागेको पर्यटक आगमन बिस्तारै बढ्दै गएको छ । पर्यटक आगमन बढेसँगै थला परेको पर्यटन क्षेत्र विस्तारै तग्रिंदैछ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र विस्तारै तग्रिंदैछ । आर्थिक मन्दीले मुलुकमा निराशा बढिरहेको बेला पर्यटन क्षेत्र तग्रिंदै जानुले आशा जगाएको  छ । 


    मुलुकमा औद्योगिक विकासबाट समृद्धि हासिल गर्ने सम्भावना कमजोर छ । दुई ठूला मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्ने औद्योगिक क्षमता कमजोर छ । कृषि उत्पादन निर्यात पनि पर्याप्त गर्न सकिने सम्भावना नभएका बेला पर्यटन प्रवर्धनबाट हामीले तुलनात्मक लाभ पाउन सक्छौं । साँस्कृतिक वैभव भएको मुलुकमा प्रकृतिले पनि साथ दिएको छ । बौद्धहरुको आस्थाको केन्द्र लुम्बिनीसहितका बौद्ध स्थल र हिन्दुका आराध्यदेव पशुपतिनाथदेखि विभिन्न साँस्कृतिक स्थलमा लाखौं पर्यटक भित्र्याउन सकिन्छ । प्राकृतिक र भौगोलिक विविधतामा रम्न चाहनेका लागि नेपाल स्वर्गको टुक्रा हो । तर पर्यटन प्रवर्धन गर्न सक्ने जुन सम्भावना छ, त्यो सम्भावनालाई अवसरमा बदल्न सकेका छैनौँ । पर्यटकीय पूर्वाधार विकास कमजोर छ । पर्यटन प्रवर्धनको अभियान पनि आक्रामक छैन । लुम्बिनीमा पर्यटक आगमन बढेकोे तथ्याङ्क हेर्दा कोरोना महामारी र त्यस लगत्तैको अवस्थाभन्दा धेरै सुधार भए पनि गुणात्मक फड्को मार्न यो संख्या पर्याप्त होइन । मुलुकको समृद्धि हासिल गर्नका लागि पर्यटक आगमनले गुणात्मक फड्को मार्नुपर्छ । उनीहरुको बसाई लम्ब्याएर खर्च गर्ने क्षमता बढाउनुपर्छ । लुम्बिनी आएका पर्यटक मायादेवी मन्दिर पुगेर फर्किरहेका बेला बुद्धको अस्ति धातु रहेको  रामग्राम स्तुप र बौद्ध धर्म तथा संस्कृतिसँग सम्बन्धित विभिन्न संरचना रहेको कपिलवस्तुमा जाने नगन्य पर्यटक छन् । बौद्ध संस्कृति अध्ययनका लागि खुला संग्रहालय मानिने कपिलवस्तु पर्यटकको रोजाइमा पर्न नसक्नु पर्यटन प्रवर्धन नहुँदा हो ।


    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न बौद्ध मुलुकमा सिधा हवाई उडान गर्न सक्दा लुम्बिनीसहित यहाँका बौद्ध स्थलमा पर्यटक आगमन बढाउन सकिन्छ । लुम्बिनीमा पर्यटक आगमन बढाउन सिधा हवाई उडानका लागि सरकारको पहलकदमी किन निष्कर्षमा पुग्न सकिरहेको छैन ?


    नारायणगढ–बुटवल सडक निर्माण छिटो सक्दा यहाँ स्थलमार्गबाट आउने पर्यटकको संख्या बढ्ने निश्चित छ । अहिले काठमाडौं र पूर्वी नेपालबाट आउनेहरु अस्तव्यस्त सडक प्रयोग गर्न दिक्क मानिरहेका छन् । पोखरा–मुग्लिन र नारायणगढ–बुटवल सडक निर्माणले गति लिएकाले अब पर्यटन क्षेत्र चलायमान हुने दिन धेरै टाढा छैन । पर्यटकको आगमनसँगै बसाई लम्ब्याउन सरकारी र निजी क्षेत्र मिलेर लाग्नुपर्छ । लुम्बिनी आएका अधिकांश पर्यटक भारतीय बौद्ध स्थल घुमेर बिहान आउने र साँझ फर्किने गरेकाले स्थानीय ट्राभल ऐजेन्सी र होटल व्यवसायी मिलेर प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्यटकका लागि घुम्ने र रम्ने ठाउँ भएर मात्रै हुँदैन, खाना र बास सहुलियतपूर्ण हुनुपर्छ, न्यानो आतिथ्यता पाएको महशुस दिन सक्दा सकारात्मक सन्देश प्रवाह हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij