बुटवल । बुटवल ११ होराईजनचोकमा अल्फा क्याफे एन्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
यातायात व्यवसायी दिपक प्रसाद श्रेष्ठ सहितका चार जना युवाहरुको १ करोड बढी लगानीमा सञ्चालनमा आएको रेस्टुरेन्टको बुधबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्धाटन गरे ।
समारोहमा बोल्दै नगरप्रमुख पाण्डेयले कालिकापथ क्षेत्रमा रात्रीकालिन बजारको प्रवद्र्धनका लागि कामहरु भईरहेको बताउँदै सफलताको शुभकामना ब्यक्त गरे ।
बुटवलको सटरमा ताला लागेको भन्दै केहीले प्रचार गर्दा गलत म्यासेज गईरहेको बताउँदै उनले यस क्षेत्रमा भविश्य देखेर व्यवसाय सञ्चालन गरेकोमा सञ्चालकहरुलाई धन्यवाद ब्यक्त गरे ।
उनले जुन क्षेत्रमा बढि चहलपहल भयो त्यहि क्षेत्रमा व्यवसाय राम्रो हुने तर्क गर्दै बुटवलले नगरभित्रका बिभिन्न क्षेत्रलाई विशेष चलयामान बनाउनका लागि सन्ध्याकालीन तथा रात्रीकालिन बजारको लागि प्रवन्ध मिलाएको बताए ।
उनले व्यवसायको शुरक्षाको लागि प्रवन्धका साथै सिसिटिभि क्यामेराबाट निगरानी, उज्यालो बुटवल अन्तरगत बिभिन्न स्थानमा हाईमास्ट तथा अन्य स्ट्रीटलाईटहरु जडान गरिने बताए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले ब्यवसायको सफलताको शुभकामना ब्यक्त गर्दै अन्य शाखाहरु समेत सिघ्र खोलेर अझै धेरैलाई रोजगारी दिन आग्रह गरे । उनले बुटवल उपमहानगरपालिकाले रात्रीकालिन बजार क्षेत्र तोकेको स्थानमा पर्ने भएकोले सफल भईने भन्दै सेवा र गुणस्तरमा ध्यान दिन सुझाब दिए।
सञ्चालक दिपक प्रसाद श्रेष्ठले केही युवाहरुलाई स्वदेशमा नै रोजगार बनाईराख्न तथा क्याफेको मर्मअनुसारका सम्पूर्ण सेवाहरु प्रदान गर्नेगरी काम गरिएको बताए ।
उनले अहिले आफुसहित ४ जनाको १ करोड सेरोफेरोमा लगानी पुगेको बताउँदै अहिलेको अवस्थामा १२ जनाले प्रत्यक्ष रोजगारी पाएको र अझै २ जना तत्कालै थप्ने योजना रहेको उल्लेख गरे ।उद्धाटन समारोहको सञ्चालन एकराज पौडेलले गरेका थिए ।




