२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

श्रमप्रति सम्मान गरौैँ

श्रमप्रति सम्मान गरौैँ

श्रमप्रति सम्मान गरौैँ

श्रमप्रति सम्मान गरौैँ

श्रमप्रति सम्मान गरौैँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
    विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउँदै आएका छन्  । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।


    नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपय श्रमका क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता समेत देखिंदैन । जसबाट वर्षेनी अर्बौंको पुँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रमलाई हेयका दृष्टिकोणले हेर्ने प्रवृत्तिले कतिपय रोजगारीका लागि विदेश जान बाध्य छन् । यही काम र काम गर्ने इच्छा हुँदा पनि समाजले हेर्ने दृष्टिकोण नफेरिदा यहाँ काम गर्न विदेशी आउने र यहाँको जनशक्ति पलायन भइरहेको छ । अब श्रमलाई सम्मानको दृष्टिले हेर्ने वातावरण बनाउनुपर्छ । श्रम शक्तिको विकासबाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न आवश्यक छ  ।  विकास र समृद्धिको नागरिकको आकांक्षा पूरा गर्न श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य छ ।


     मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२-०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलताबाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र  बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक  र समाजवाद उन्मुख राज्य व्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख  राज्य व्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिंदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुनेछ । श्रमशक्तिको विकासवाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न आवश्यक छ । सम्पूर्ण श्रमजीवि वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १)को उपलक्ष्यमा हार्दिक शुभकामना !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij