२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारत–पाकिस्तानबिच युद्धको तयारी

भारत–पाकिस्तानबिच युद्धको तयारी

भारत–पाकिस्तानबिच युद्धको तयारी

भारत–पाकिस्तानबिच युद्धको तयारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • नेपालका छिमेकी दुई मुलुक भारत र पाकिस्तानबिच अहिले  फेरि ठूलै द्वन्द्व हुने सम्भावना देखिन थालेको छ । भारत–पाकिस्तान सीमा क्षेत्रमा दुवैतिरबाट सशस्त्र फौजी कमाण्ड तैनाथ गरेको स्थिति छ । बेला मौकामा दुवै पक्षबाट सशस्त्र फाइरिङ वा द्वन्द्वका लागि तम्तयारीमा रहेको जानकारी गराइरहेका छन् । हुन त यस्ता फाइरिङ वा सशस्त्र झडप यसभन्दा पहिले पनि हुँदै आएका थिए । तर यसपालि अलि फरक साँच्चै नै भारत–पाकिस्तानबिच ठूलै द्वन्द्व हुने अनुमान विश्व जगतमा भइरहेको छ । भारत–पाकिस्तानबिचको यो द्वन्द्व अहिले हालको मात्र नभई पुरानै दोस्रो विश्वयुद्ध कालपछिकै सुरुवाती हो । पहिलो द्वन्द्व धार्मिक अर्थात् हिन्दु मुसलमानबिचको थियो भने अहले भू–भाग सीमा आदिमा हुने गरेको छ । 


    धार्मिक  कटरतावाद हिन्दु मुसलमान वा अरु धार्मिक सम्प्रदायबिच हुने द्वन्द्व सिंगो मानव समाजका लागि हानिकारक नै छ । तै पनि यो २१औं शताब्दीको विश्व वैज्ञानिक तथा टेक्नोलोजीको युगमा बेला मौकामा हुने यस्ता धार्मिक तथा जातजाति र सम्प्रदायबिचको आपसी द्वन्द्व र संघर्षले विश्व मानव जातिमा ठूलै नकारात्मक असर पारिरहेको छ । तर के गर्ने विश्व साम्रराज्यवाद यसैमा खेलेको र टिकेको छ । विश्वमा हुने वर्गीय द्वन्द्व र संघर्षलाई कमजोर पार्न र यसलाई अन्यत्र रुपान्तरण गर्नका लागि पनि विश्व साम्रराज्यवाद यसैमा अर्थात् धर्म जातजाति सम्प्रदाय आदिमा केन्द्रित हुन थालेको छ । तर यो अस्थायी र क्षणिक कुरा मात्रै हो । जातिय तथा सम्प्रदायिक द्वन्द्व वास्तवमा वर्गीय विभेदकै उपज हो । हरेक धर्म जात र सम्प्रदायमा वर्ग अर्थात् शोषक र शोषित, धनी र गरिब आदि बिचको ठूलै विभेद र असमानता छ । पहिलो प्राथमिकता मान्छेको लागि गाँस, बास र कपासको कि आ–आफ्नो धर्म, संस्कार, जातजाति र सम्प्रदाय आदिका लागि ? निश्चय नै केही धनी सम्पन्नशालीहरुका लागि गास, बास, कपासभन्दा ठूलो धर्म संस्कार जातजाति र सम्प्रदाय नै होला तर विश्वका बहुसंख्यक जनताका लागि अहिले पनि गास, बास र कपास अनि रोजगार, स्वतन्त्र र स्वाभिमान नै हो । तर आज विश्व साम्रराज्यवादी शासकहरु यसतर्फ भन्दा बढी धर्म जातजाति र सम्प्रदायप्रति केन्द्रित भइरहेका छन् । किनकि तत्कालीन माहौल बढी यसैको धर्म, संस्कृति, जातपात र सम्प्रदायबिचको द्वन्द्व र संघर्षको छ । धार्मिक, जातीय र क्षेत्रीयता भड्काएर एकातिर वर्गीय संघर्षलाई मन्थर पार्नुछ भने अर्काेतिर आ–आफ्नो आर्थिक  र राजनीतिक उद्देश्य हासिल गर्नु विश्व साम्रराज्यवादी राष्ट्रहरुको मूल उद्देश्य हो ।


    भारत पनि अहिले विश्व साम्रराज्यवादका लागि दौडधुप गरिरहेको छ । अमेरिका र चीनपछि शक्ति सम्पन्न राष्ट्रको होडबाजीमा अग्रसर भइरहेको छ । दक्षिण एसियाली मुलुकहरुको प्रमुख शक्तिशाली मुलुकमा यो देखिसकेको छ । एक प्रकारले यो क्षेत्रको प्रमुख दादा मुलुक नै भएको अंहकार भारतले देखाउँदै आएको छ । पाकिस्तानसँग त उसको वर्षौंदेखिको दुष्मनी नै छ । प्रत्यक्ष भारतको दुष्मनी अरु छिमेकी मुलुक जस्तो नेपाल, श्रीलंका, बंगलादेश र मालद्वीप आदिसँग नभए पनि सम्बन्ध त्यति सहज र राम्रो छैन । सीमा अतिक्रमण र हस्तक्षेप गर्दै आएको छ । उदाहरण नेपालको कालापानी, लिम्पियाधुरा र लिुपलेक आदि भू–भाग वर्षौंदेखि कब्जा नै गर्दै आएको छ । यस्तै सिमा अतिक्रमण र विवाद भारत र पाकिस्तानबिच वर्षौंदेखि हुँदै आएको छ । खास गरी जम्मु काश्मिरको मामिलामा यी दुई देशबिच पटक–पटक युद्ध नै भइसकेको छ । 


    यस पटक पनि त्यस्तै युद्धको तयारीमा यी दुई देश देखिंदैछन् । हालै केही दिन पहिले काश्मिरी क्षेत्रमा रहेको पहलग्राम भन्ने शहरमा पाकिस्तानबाट संरक्षित एउटा आतंकवादी समूहले एकाएक हमला गरी २६ जना भारतीय नागरिकहरुको हत्या ग¥यो । त्यसमा एक जना नेपाली पनि परेका छन् । त्यसको बदलामा भारतले पनि पाकिस्तानी सिमा क्षेत्र सबैमा नाकाबन्दी लगाइसकेको छ । त्यस्तै थुप्रै पाकिस्तानी नागरिकहरुलाई देश निकाला पनि गरिसकेको छ । सिमा क्षेत्रमा फाटफुट गोली हानाहान पनि हुन थालिसकेको छ । त्यसको प्रतिउत्तर दिन वा भारतीय आक्रमणको सामना गर्न पाकिस्तान पनि तमतयार भई बसेको बुझिन्छ । त्योभन्दा अझ पेचिलो भारतले सिन्धु नदी जल सम्पदा अर्थात् भारत भई पाकिस्तान बग्ने नदीको पानीलाई कटौती गर्ने चेतावनी समेत दिइसकेको छ । साँच्चै नै यसो गरे पाकिस्तानमा पानीको हाहाकार हुने देखिन्छ । जुन पाकिस्तानका लागि त ठूलै समस्या हो नै, तर यसबाट भारतलाई पनि कम सहज छैन । यसको बदलामा पाकिस्तानले पनि केही गर्नै पर्ने हुन्छ । पाकिस्तानले यसको बदलामा अन्तिम अस्त्र आणविक अस्त्र पनि प्रयोग गर्ने समेत बताइसकेको छ । यदि साँच्चै नै भारत–पाकिस्तानबिच अब युद्ध नै छेडियो भने यी दुई मुलुकमा ठूलो जनधनको क्षति हुनेछ ।


    साडेको जुधाई बाछाको मिचाई भने जस्तै यी दुई देश भारत–पाकिस्तानबिचको यो युद्धको भूमरीमा नेपाल पर्ने देखिंदैछ । नभन्दै यही आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेको हत्या भइसकेको छ । भारतको तर्फबाट युद्धको अग्रपंक्तिमा नेपाली भारतीय सेना नै पर्ने निश्चित छ ।


    हुन त गोर्खा भर्ती केन्द्रको सम्झौता बमोजिम नेपाली भारतीय सेनाका जवानहरुलाई नेपालका छिमेकी मुलुकसँग लड्न पठाउन मिल्दैन । तै पनि भारत यस बमोजिम चल्ने कुरै भएन । नेपालले पनि यो सवाल उठाउने कुरा पनि भएन । नेपालका यी दलाल शासकहरुलाई के मतलब ? आखिर भारतले जे गर्छ त्यसैलाई समर्थन गरी बस्नु सिवाय अरु यिनीहरुबाट केही पनि हुन सक्दैन । आज भारतले जुन आतंकवादको विरोध गरिरहेको छ ।  त्यसमा हाम्रो भन्नु केही छैन । त्यो आतंककारी हमलाप्रति हाम्रो पनि निन्दा र विरोध नै छ । स्वयं हाम्रै एक नागरिकको पनि उक्त घटनामा हत्या हुन पुग्यो । आफूलाई पर्दा आतंकवादी भनी ठूलो निन्दा र घृणा गर्ने तर फेरि आफूले पनि त्यस्तै गतिविधि गर्दा त्यसको समर्थन गर्ने यो दोहोरो चालबाजी भारतबाट पनि हुने गरेको छ । उदाहरण पटक–पटक भारतले नेपालमाथि त्यस्तै हत्या, हिंसा गर्ने गरेको छ । केही वर्ष पहिले कपिलवस्तु कृष्णनगर बस्ने पूर्व मन्त्री समेत भइसकेका मिर्जा दिल साद वेगलाई काठमाडौं मै त्यसरी हत्या गरियो । त्यस्तै यही बुटवलको मैना बगरमा पनि त्यस्तै एक जना भारतीय नागरिकको हत्या गरियो । त्यसमा भारतीय सेनाका कमाण्डो  सुटर संलग्न रहेको भनिएको थियो । त्यस्तै गत वर्ष क्यानडामा  पनि एक भारतीय मूलका क्यानाडेली नागरिकको भारतीयद्वारा हत्या भयो । त्यसको विरोधमा क्यानाडेली सरकारले आफ्नो राजदूतलाई नै भारतबाट फिर्ता बोलाई यी दुई देशबिच त्यति राम्रो सम्बन्ध अहिले पनि भइसकेको छैन । नेपाल सरकार र शासकहरु त दलाल नै भए भारतले जे गर्छ, त्यसलाई टुलुटुलु हेरी मात्र बस्छन् नै । तर क्यानडाले भने त्यसको प्रतिउत्तर तत्काल देखाउँदै आफ्नो राजदूत नै फिर्ता बोलायो र भारतीय राजदूतलाई तत्काल क्यानडा छोड्न भन्यो ।


    निश्चय नै भारतले त्यसरी भनिएका व्यक्तिहरु गलत हुन सक्छन्, अर्थात् भारत विरोधी गतिविधिमा लागेका पनि हुन सक्छन् । त्यस्ता व्यक्तिहरुको पहिचान गरी सम्बन्धित देशको सरकारलाई सप्रमाण कारबाही गर्न भन्नुपर्नेमा स्वयं आफैँ लुकीछिपी त्यहाँ गई त्यस्तो हत्या गर्नु आतंकवादी अपराध नै हो । एउटा स्वतन्त्र मुलुकमाथिको ठाडो हस्तक्षेप र अतिक्रमण नै हो । आतंकवादको विरोध गरौं, तर आफूले पनि त्यस्तो नगरौं । नत्र भने जस्तो बिऊ रोपिन्छ त्यस्तै फल्छ र बढ्छ । मुखले आतंकवादको जतिसुकै विरोध गरे पनि कामले आतंकवाद झन बढ्दो छ । त्यही चपेटामा भारत आज आक्रान्त छ । भारतमा कुनै पनि बेला जे पनि हुन सक्छ । भारत–पाकिस्तान बिचको  यो युद्धले दुवैलाई कुनै हित हुने छैन उल्टै  क्षति नै हुनेछ । जानी बुझी अरुमाथि खन्याएको बोझले आफैँलाई थिच्ने निश्चित छ । 


    भनिन्छ–आतंकवादको कुनै देश धर्म,जात नीति सिद्धान्त र विचार क्षेत्र आदि कुनै पनि हुन्न । जहाँ जे प¥यो जे गर्दा पनि हुन्छ । अराजकता र व्यक्तिवाद यसको चारित्रिक विशेषता हो । चरम असन्तुष्टि र आक्रोश, बदलाभ अनि अभाव यसको उत्पत्ति हो । तर यसलाई उपयोग गर्ने र यसलाई फुलाउने फलाउने काम साम्रराज्यवाद र विस्तारवादले गर्दै आएको छ । आतंकवादको अर्काे नाम साम्रराज्यवाद नै हो । उदाहरण अफगानिस्तानका तालिवानी नेता विन लादेनको छ । जे होस् विश्वमा जहाँ जहाँ आतंकवादीहरु छन् त्यहाँ कुनै न कुनै रुपमा साम्रराज्यवाद पनि छ । त्यहाँ सिआइए छ । त्यहाँ रअ र केजिवि आदि साम्रराज्यवादी र विस्तारवादीहरुको गुप्तचर संस्थाहरु क्रियाशील छन् । हातहतियार अवैध धन्दा यसैमा आधारित छ । त्यसैले जहाँ गरिबी अभाव र असमना छ त्यहाँ विद्रोह छ । यसको निकास वर्गीय युद्ध नै हो । तर साम्रराज्यवादी र विस्तारवादीहरुले यसलाई धर्म, जात, सम्प्रदाय क्षेत्रियता र पृथकतावादमा रुपान्तरण गरी आ–आफ्नो निहित स्वार्थ पूरा गर्ने गरिरहेका छन् । 


    अन्त्यमा आतंकवाद चरम गरिबी र अभाव अनि समानता कै उपज हो । जसको निकास वर्गीय संघर्ष नै हो । तर यसलाई त्यसबाट वञ्चित पार्ने आफू अनुरुप उपयोग पार्ने काम साम्रराज्यवाद भइरहेको छ ।  विश्व साम्रराज्यवादको अन्त्य र राजनीतिक, आर्थिक र सामाजिक समानता नै यसको उन्मूलन मूल निकास हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij