२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्लाइउड र सिमेन्टको निर्यातले उद्योगी उत्साहित

प्लाइउड र सिमेन्टको निर्यातले उद्योगी उत्साहित

पाँच महिनादेखि रोकिएको सिमेन्ट र प्लाइउड निर्यात खुलेको छ । बीआइएस गुणस्तर चिन्ह नविकरण भएपछि भारतमा सिमेन्ट र प्लाइउड निर्यात सम्भव भएको हो ।

प्लाइउड र सिमेन्टको निर्यातले उद्योगी उत्साहित

प्लाइउड र सिमेन्टको निर्यातले उद्योगी उत्साहित

पाँच महिनादेखि रोकिएको सिमेन्ट र प्लाइउड निर्यात खुलेको छ । बीआइएस गुणस्तर चिन्ह नविकरण भएपछि भारतमा सिमेन्ट र प्लाइउड निर्यात सम्भव भएको हो ।

प्लाइउड र सिमेन्टको निर्यातले उद्योगी उत्साहित
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • भैरहवा 
      भारत निर्यात हुन रोकिएको  सिमेन्ट र प्लाइउड पुनः सुरु भएको छ । अनिवार्य रुपमा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड बीआइएस गुणस्तर चिन्ह लिनुपर्ने भएपछि ५ महिनादेखि सिमेन्ट र प्लाइउडको निर्यात रोकिएको थियो ।  भारत निकासी रोकिएपछि अप्ठारोमा परेका सिमेन्ट र प्लाइउड उद्योगी निर्यात खुलेपछि उत्साहित भएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्कीका अनुसार भारतले निकासी भैरहेको सिमेन्टको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआइएस गुणस्तर चिन्ह नवीकरण नगर्दा र प्लाइउड एवं प्लाइका उत्पादन ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआइएस गुणस्तर चिन्ह नै नदिँदा निकासी रोकिएको थियो । सिमेन्ट उद्योगको हकमा भने अहिले क्लिन्कर समेत उत्पादन गर्दै आइरहेका ठूला उद्योगहरूको मात्रै बीआइएस नवीकरण भएको छ  ।  रोकिएको सिमेन्ट र प्लाइउडको निकासी खुलेको एक महिना भइसकेको छ ।


       अर्घाखाँची सिमेन्टलाई ६ महिनाको अवधिलाई मात्र नवीकरण गरिएको छ । भैरहवा नाका हुँदै अहिले अर्घाखाँची सिमेन्टको पुनः निकासी सुरु भएको हो भने सर्वोत्तम सिमेन्ट र होंसी सिमेन्टको नवीकरण अवधि बाँकी रहेकाले निकासी रोकिएको थिएन । यी दुई सिमेन्ट उद्योगको पनि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) नविकरण को समय अब केही महिना मात्र बाँकी रहेको छ । 


        भारतले गत वर्षदेखि नै प्लाइउडको निकासीमा अवरोध गरेको थियो । तर एक वर्षभित्र अनिवार्य रुपमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआइएस गुणस्तर चिन्ह प्राप्त गर्नु पर्ने सर्त सहित भारतले निकासी खोलेको थियो । एक वर्षअघि भारतले २०२४ मार्च १ देखि कार्यान्वयनमा ल्याएको बीआइएस नीतिले गर्दा भारतमा निकासी रोकिएकोमा भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले राजपत्र प्रकाशन गर्दै आगामी एक वर्षसम्म नेपालबाट आयात हुने प्लाइउडका सामग्रीमा बीआइएस आदेश जारी नहुने उल्लेख गरेपछि प्लाइउड निकासी खुलेको थियो । 


    भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयको राजपत्रअनुसार ठूला उद्योगका नाममा सन् २०२५ फेब्रुअरी २८ देखि मात्र गुणस्तर चिह्नसम्बन्धी आदेश लागू हुने र साना तथा मझौला उद्योगका हकमा २०२५ को मे २८ र लघु उद्योगका नाममा २०२५ अगस्ट २८ देखि आदेश लागू हुनेमा प्लाइ उद्योगलाई ठूला उद्योगका रुपमा लिँदै फेब्रुअरी २८ (फागुन १६) बाट नै प्लाइ निकासी रोकिएको थियो । 


    भैरहवा भन्सार कार्यालयका अनुसार भैरहवा भन्सार नाकाबाट आर्थिक वर्ष २०७९-८० मा ३१ करोड ६ लाख ६३ हजार रुपैयाँ बराबरको ४१ हजार ९ सय ३ टन सिमेन्ट तथा ४० करोड ९१ लाख रुपैयाँ बराबरको ६२ हजार ३ सय ५८ टन क्लिन्कर भारत निर्यात भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८०-८१मा १ अर्व ६५ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ३१ हजार ७ सय ८४ टन सिमेन्ट र १ अर्ब २० करोड २७ लाख ८९ हजार रुपैयाँ बराबरको २ लाख ८ सय ३० टन क्लिन्कर निर्यात भएको थियो । 


    त्यसैगरी भैरहवा नाका हुँदै आर्थिक वर्ष २०८०-०८१ मा २८ करोड ४२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड, बोर्ड र प्लाइका ढोका भारत निकासी भएको थियो । त्यस्तै गरी चालु आर्थिक वर्षको ८ महिनामा (निकासी रोकिनुअघिसम्म) यो नाका हुँदै ३३ करोड ३१ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको प्लाइ एवं प्लाइजन्य बस्तु भारत निकासी भएको थियो ।


    पहिला सिमेन्ट, क्लिन्कर तथा प्लाइउड भारतबाट पैठारी हुनेगरेकोमा हाल उद्योगी व्यवसायीले भारत निकासी सुरु गरेपछि भारतबाट हुँदै आएको सिमेन्ट, प्लाई जस्ता बस्तुको आयात प्रतिस्थापन भएको छ । यसले व्यापार घाटा केही हदसम्म भए पनि कम भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । ‘केही सिमेन्ट उद्योग र प्लाईको निकासी सुचारु भएको छ, सीमित अवधिका लागि भए पनि अब राज्यले आजैदेखि पहल गरी निरन्तर र दिर्घकालिन समयसम्मका लागि पहल गर्न जरुरी छ ।’–अध्यक्ष आचार्यले भने । 


    सरकारले सिमेन्ट प्लाइ निकासीमा अनुदान दिने कार्यक्रम ल्याएको र नेपालसँग जोडिएका भारतीय जिल्लाहरुमा नेपाली सिमेन्ट र प्लाइउडले रामै्र बजार बनाएका छन् र लोकप्रिय बनेका कारण सिमेन्ट प्लाइ तथा प्लाइजन्य वस्तु भारत निकासी बढेको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘हाम्रो प्रदेशको तिन मुख्य नाकाहरु भैरहवा, कृष्णनगर र नेपालगन्जबाट निकासी हुने गरेको छ, निरन्तरता र सहज वैदेशिक व्यापारको लागि राज्य लागि रहनु पर्छ ।’–उनले भने । 
    भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयअन्तरगत उपभोक्ता मामिला विभागले प्रदान गर्ने बिआइएस सन् २०१६ मा स्थापना भई १२ अक्टोबर २०१७ देखि कार्यान्वयनमा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij