२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कविता : फरक

कविता : फरक

कविता : फरक

कविता : फरक

कविता : फरक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख २० २०८२
शनिवार, बैशाख २० २०८२
  • - शंकर भण्डारी 

     

    तिमीले फूल माग्यौ उपहारमा
    मैले सकिन
    निर्दोष फूल चुडेर
    तिम्रो चुल्ठो सजाउन
    फेरि माग्यौ तिमीले जून
    मैले सकिन
    धर्ति अँध्यारो बनाएर
    तिम्रो निधारमा सिउरिदिन
    त्यसपछि माग्यौ तारा
    मैले सकिन
    आकास रित्तो पारेर
    तिम्रो ओठमा टाँसिदिन

    मागेको भए दिन्थे
    फूलभन्दा कोमल
    एकथुङ्गा कविता
    जून भन्दा उज्यालो विस्वास
    ताराहरूभन्दा चम्किलो हाँसो

    तिमीले मागेको 
    मैले दिनै सकिन
    मैले दिनसक्ने
    तिमीले माग्दै मागिनौ
    बरू नमाग्दै तिमीले
    दिएर गयौ मलाई
    जीवनभरलाई पुग्ने
    एउटा नमिठो याद

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij