२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निबन्ध: यादमा एक्लो यात्रा

निबन्ध: यादमा एक्लो यात्रा

निबन्ध: यादमा एक्लो यात्रा

निबन्ध: यादमा एक्लो यात्रा

निबन्ध: यादमा एक्लो यात्रा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख २० २०८२
शनिवार, बैशाख २० २०८२
  • - अस्मिता अञ्जान


    मान्छेले सिङ्गो जिन्दगी यादहरूमा बिताएको हुुन्छ । कोही मान्छे साथ हुँदा यति धेरै माया देखाउँछ कहिल्यै पनि उसको साथ छोड्दैन भन्ने भ्रम पार्छ । जब ऊ जान्छ नि उसँगै उसको सबथोक लिएर जान्छ । उसले चाहेर पनि रोक्न सक्दैन । उ गएपछि आफुलाई सम्हाल्न गाह्रो पर्छ । जसोतसो आफुलाई सम्हाल्ने कोशिश गर्छ । अब उसलाई यो कुराको बिस्तारै बानी पर्दै जान्छ । यी अनवरत क्m्रमहरूले उसमा एकान्तमा बाँच्ने बानी पार्छ । अब उसको लागि कोही आओस् कि जाओस् केही फरक पर्दैन । यसरी मान्छे एक्लै बाँच्न सिकिसकेको हुन्छ । उ एक्लै रमाउन थाल्छ । अनेक मान्छेहरू उसको खुट्टा तान्छन् । ऊ चुपचाप सहिरहेको हुन्छ । उसलाई थाहा छ बोल्नुको केही औचित्य छैन वा उसको लागि बोली औचित्यहिन हुन्छ । समयले मान्छेलाई धेरै धेरै सिकाउँदो रहेछ । 


    मेरा लागि यादहरू जीवन्त हुन्छन् । त्यसैले म सबै सम्हालेर राख्ने प्रयत्न गर्छु । म तस्वीरहरू सम्हालेर राख्छु । भविष्यको स्मृति बन्छ तस्वीर । चिनो बन्छ । जीवनमा जो आएका छन् पाठ सिकाएर गएका छन् । म ती पाठहरूलाई सम्हालेर राख्ने प्रयत्न गर्छु । 


    साँझ मेरो लागि प्रिय बनिदिन्छ । सन्ध्याको क्षितिज हेर्छु । अस्ताउँदै गरेको घाम चुपचाप बिदा मागिरहेको लाग्छ । मनमनै भोली भेट्ने बाचा गर्छु । के थाहा भोली बादल पो लागिदिन्छ कि ? चराहरू गुँड फर्किन हतारिरहेका हुन्छन् । बाटोभरि मानिसहरू घर जान हतारिएका हुन्छन् । भिडभाड र ट्राफिक जाम । म चुपचाप यसै यसै हिंडिरहेको हुन्छु । साँझमा दिन पनि त जान हतारिरहेको हुन्छ । 


    यसै यसै बरालिंदै सडकमा हिंड्छु । छाडा गाईवस्तु देख्छु । ती अबोध प्राणीहरू बिचल्लीमा छन् । तिनको भोको अनुहारले मन मलिनो पार्छ । कुकुरहरू भोकाएर पछि लाग्छन् । कहिलेकाहीं बिस्कुट दिन्छु । वृद्ध आमाहरू बाटोमा माग्दै गरेको दृश्यले मन सताउँछ । 

    यी सबै दृश्यहरूले मलाई दिक्क पार्छ अनि म पुनः एकान्तमा फर्कन्छु । प्रश्नहरू कत्ति छन् कत्ति तर मलाई एकान्त नै प्रिय लाग्छ । म एकान्तमा आफ्ना यादहरू सुम्सुम्याउँछु र एकान्तलाई प्रेम गर्छु । आखिर हरेक मान्छे एक्लै त हुन्छ । मान्छे एक्लै जन्मन्छ र एक्लै नै जान्छ । साथहरू क्षणिक हुन् । यात्राको सहयात्री मात्र । यात्रा त एक्लो हुन्छ । 
    अनि गुन्गुनाउँछु भैरव नाथ रिमाल रचित दीप श्रेष्ठको स्वरः
    ‘हुँ यात्री एउटा रुमल्ली हिंड्ने अँधेरी रातमा
    हुँ यात्री एउटा कहानी लेख्ने जङ्गली पातमा…’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij