२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • नवलपुर । गएराति परेको पानीले सडक हिलाम्य भएपछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ । 


    यहाँ अहिले सवारी साधन चिप्लिने र उकालोमा स्लिप खाने भएको कारण सवारी साधन आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । 

    दाउन्नेमा सडक हिलाम्य र धुलाम्य  भएको भन्दै चैत्र २७ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द गरेर काम गरिएको भए पनि प्रगति हुन सकेको छैन । 

    अहिले पनि राति ११ बजेदेखि विहान ५ बजेसम्म सडक बन्द गरेर सडक मर्मत तथा विस्तारको काम गरिएको छ । 

    सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्ली परेका छन् । प्रहरीले सूचना जारी गरी सडक अवरुद्ध भएको कारण वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij