२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्लाइउड र सिमेन्ट निर्यातले जगाएको आशा

प्लाइउड र सिमेन्ट निर्यातले जगाएको आशा

प्लाइउड र सिमेन्ट निर्यातले जगाएको आशा

प्लाइउड र सिमेन्ट निर्यातले जगाएको आशा

प्लाइउड र सिमेन्ट निर्यातले जगाएको आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • पाँच महिनादेखि रोकिएको सिमेन्ट र प्लाइउड निर्यात खुल्दा उद्योगी उत्साहित भएका छन् । अनिवार्यरुपमा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड बीआइएस गुणस्तर चिन्ह नविकरण भएपछि भारतमा सिमेन्ट र प्लाइउड निर्यात संभव भएको छ । भारतले बीआइएस गुणस्तर चिन्ह लिनुपर्ने अनिवार्य गरेपछि सिमेन्ट र प्लाइउड निकासी रोकिंदा उद्योगी मारमा परेका थिए ।


    आन्तरिक खपत पर्याप्त नहुँदा उत्पादन घटाइरहेका उद्योगीका लागि भारत निकासी राम्रो अवसर हो । सिमेन्ट र प्लाइउड उद्योगका लागि भारत निकासीको व्यवस्था मिलाएर सरकारले सकारात्मक काम गरेको छ । भारतले निकासी भैरहेको सिमेन्टको लागि बीआइएस गुणस्तर चिन्ह नवीकरण नगर्दा र प्लाइउडका लागि बीआइएस गुणस्तर चिन्ह नै नदिँदा निकासी रोकिएको थियो । बीआइएस नविकरण र नयाँ दर्ताको व्यवस्थाका लागि नेपालको कूटनीतिक पहलले पनि काम गरेको  छ । दुई देशबिचका समस्या कूटनीतिक पहलबाट सल्टाउने प्रयास हुनुले फराकिलो मार्ग खोल्छ ।


    अर्घाखाँची सिमेन्टलाई ६ महिनाको अवधिलाई मात्र नवीकरण गरिएको छ । भैरहवा नाका हुँदै अहिले अर्घाखाँची सिमेन्टको पुनः निकासी सुरु भएको हो भने सर्वोत्तम सिमेन्ट र होंसी सिमेन्टको नवीकरण अवधि बाँकी रहेकाले निकासी रोकिएको थिएन् । यी दुई सिमेन्ट उद्योगको पनि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) नविकरणको समय अब केही महिना मात्र बाँकी रहेको छ । भारतले गत वर्षदेखि नै प्लाइउडको निकासीमा रोक लगाएको थियो । तर एक वर्षभित्र अनिवार्य रुपमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआइएस गुणस्तर चिन्ह प्राप्त गर्नु पर्ने सर्तसहित भारतले निकासी खोलेको थियो । भारत निकासीले प्लाइउड उद्योगमा लगानी बढाएका उद्योगीका लागि ठूलो राहत भएको छ । भारतले पुनः नविकरण नगर्ने संभावना रहेकोले आगामी दिनमा कुटनीतिक पहलकदमी हुनुपर्छ ।


    भैरहवा भन्सार नाकाबाट आर्थिक वर्ष २०७९-०८०मा ३१ करोड ६ लाख ६३ हजार रुपैयाँ बराबरको ४१ हजार ९ सय ३ टन सिमेन्ट तथा ४० करोड ९१ लाख रुपैयाँ बराबरको ६२ हजार ३ सय ५८ टन क्लिन्कर भारत निर्यात भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८०-८१ मा १ अर्ब ६५ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ३१ हजार ७ सय ८४ टन सिमेन्ट र १ अर्ब २० करोड २७ लाख ८९ हजार रुपैयाँ बराबरको २ लाख ८ सय ३० टन क्लिन्कर निर्यात भएको भैरहवा भन्सार कार्यालयको तथ्याङ्क देखिन्छ ।

    त्यसैगरी भैरहवा नाका हँुदै आर्थिक वर्ष २०८०-०८१ मा २८ करोड ४२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड, बोर्ड र प्लाइका ढोका भारत निकासी भएको थियो । त्यसैगरी, निकासी रोकिनुअघि चालु आर्थिक वर्षको ८ महिनामायो नाका हुँदै ३३ करोड ३१ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड भारत निकासी भएको थियो । प्लाइउड र सिमेन्ट भारत निकासीको  सम्भावना राम्रो छ भन्ने यो तथ्याङ्ले पुष्टि हुन्छ । भारत निकासी भइरहेका प्लाइउड र सिमेन्ट झैं अरु निकासी जन्य वस्तु खोजी गर्न आवश्यक छ । त्यसो गर्न सक्दा भारतसँग भइरहेको व्यापार घाटा न्यून गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij