२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेको हो । 

    क्याम्पसले वैशाख १९ गते निकालेको एक सूचनामा विभिन्न विद्यार्थीहरूसँग कुँवरले कागजपत्र तथा रकम लिएका तर फारम नभरिएको उल्लेख छ । उनलाई क्याम्पसले निलम्बनसमेत गरी प्रवेशमा रोकसमेत लगाएको जनाएको छ । 

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाका अनुसार कुँवरले  विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसा अन्य कागजपत्र लगेको र फिर्ता नगरेको पाइएको छ । 

    बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीले भने, ‘बीए चौथो वर्षका ९–१० जना विद्यार्थीलाई उसले (विवेक) यस्तो गरेको रहेछ, अन्य कतिलाई गर्‍यो होला ।’ उनका अनुसार चौथो वर्षमा अध्ययनरत ती ९–१० जना विद्यार्थी सम्पर्कमा आएपछि यसबारे थाहा भएको हो । तर कुँवरले भने आफूले धेरै फारम लिएको र भर्ने वेलामा केही छुटेको हुन सक्ने बताए । 

    Messenger_creation_2F408746-BC3A-4847-823D-7408F1C918F9.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij