२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नारायणी अस्पतालमा 'भ्रष्टाचार' : नौ जनाविरुद्ध मुद्दा दायर, एक करोड ८४ लाख बिगो दाबी

नारायणी अस्पतालमा 'भ्रष्टाचार' : नौ जनाविरुद्ध मुद्दा दायर, एक करोड ८४ लाख बिगो दाबी

नारायणी अस्पतालमा 'भ्रष्टाचार' : नौ जनाविरुद्ध मुद्दा दायर, एक करोड ८४ लाख बिगो दाबी

नारायणी अस्पतालमा 'भ्रष्टाचार' : नौ जनाविरुद्ध मुद्दा दायर, एक करोड ८४ लाख बिगो दाबी

नारायणी अस्पतालमा 'भ्रष्टाचार' : नौ जनाविरुद्ध मुद्दा दायर, एक करोड ८४ लाख बिगो दाबी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आकस्मिक कक्ष निर्माणमा एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ ।

    अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको मुद्दामा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर, सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर म. सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालीन नायब सुब्बा र तत्कालीन लेखापाल सुदीप कुमार माफीलाई विपक्षी बनाइएको छ ।

    यस्तै, मूल्यांकन समिति संयोजक वीरेन्द्रबहादर प्रधान र सदस्यसचिव माधवी चौधरी, मिसन कन्ट्रक्सज एन्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारिक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी–मिसन जेभीलाई पनि अख्तियारले विपक्षी बनाएको छ ।

    मुद्दामा एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो दाबी गरिएको छ । 

    नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धानबाट आर्थिक वर्ष २०७७/०७८ मा अस्पतालको आकस्मिक कक्ष निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत हुने गरी काम गरेको पाइएको अख्तियारको निष्कर्ष छ । अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको र लक्षित बोलपत्रबाहेक अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको पाइएको अख्तियारलेको दाबी छ ।

    अख्तियारका अनुसार, स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्रसम्बन्धी कागजात तयार पारिएको थियो । त्यसपछि कुनै एकमात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरेर ठेक्का सम्झौता गरिएको थियो । त्यसक्रममा एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij