काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




