२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • नवलपुर । बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाहरुले कालिगण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन् प्रति चासो व्यक्त गरेका थिए । उनीहरुको प्रश्नको जवाफ दिंदै गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले कालिगण्डकी डाइभर्सन आयोजना सञ्चालन हुँदा कालिगण्डकी सभ्यता र स्थानीय जनजीवनमा प्रतिकूल असर पर्ने भएकाले यसबारे विभिन्न स्थानीय तहसँग छलफल भइसकेको र आफू स्वयं सर्वोच्च अदालतमा भएको छलफलमा समेत सहभागी भइसकेको बताए ।


    नदीजन्य पदार्थ उत्खनन्को विषयमा विगतमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उत्खनन् रोकिएको र हाल सो सम्बन्धमा रहेको रिट खारेज भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर उत्खनन् कार्य अघि बढाइने जानकारी उनले दिए ।


    उनले चालु आवमा योजनाहरूलाई प्राथमिकिकरण गर्दै सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको जनाए । आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायहरुको जनजीवन सुधारका लागि गाउँपालिका सदैव अग्रसर रहेको भन्दै उनले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु पालिकाले अगाडी सारेको बताए ।
    कार्यक्रममा उपाध्यक्ष दिलमाया राना मगरले सहभागी सबैलाई धन्यवाद दिँदै न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी काम, सेवाप्रवाह र उपलब्धिबारे जानकारी गराइन् । स्थानीय समुदायहरुमा न्यायिक समितिको काम र क्षेत्राधिकारको बारेमा जानकारी नभएका कारण पनि उल्लेखित रुपमा न्यायिक समितिमा उजुरीहरु आउन नसकेको उनले बताइन् ।


    गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिबारे जानकारी दिइएको हो । 


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले प्रस्तुतिकरण गर्दै चालु आवमा हालसम्म २२२ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए । उनका अनुसार चालु आ.व. २०८१-८२ को लागि गाउँ सभाबाट स्विकृत चालु तथा पुँजीगत योजनाहरुमा विनियोजन गरिएको कुल रकमको चालुतर्फ रु. १८ करोड ६५ लाख ८७ हजार ४७ रुपैयाँ (५४.०२ प्रतिशत) र पुँजीगततर्फ रु. ४ करोड एक लाख ५२ हजार ६ सय ८१ रुपैयाँ ( २६.८ प्रतिशत) बजेट खर्च भइसकेको छ । यस अवधिमा आन्तरिक आयसहित विभाज्य कोषबाट आम्दानी संकलन गरिएको तथा सिचाइँ, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा प्राथमिकताका साथ योजना कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।


    भुसालका अनुसार स्वास्थ्य सेवा क्षेत्रमा बुलिङटार गाउँपालिका गण्डकी प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ । पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा ९ वटा विद्यालयमा विद्युतीय हाजिरी प्रणाली सञ्चालनमा आएको छ भने राजस्व प्रणाली पनि पूर्ण रूपमा अनलाइन गरिएको छ । डिजिटिल भिलेज निर्माण कार्य सम्पन्न भइसकेको र सबै वडाबाट घुम्ती शिविर सञ्चालन गरिएको जानकारी समेत उनले जानकारी दिए ।


    कार्यक्रममा गाउँपालिकाले पर्याप्त जनशक्ति, स्रोतसाधनको न्यूनता, नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कानुनको दोहोरोपन, विपद् व्यवस्थापनमा कठिनाइ, अत्याधिक जनअपेक्षा र सीमित स्रोत जस्ता समस्या र चुनौतीको सामना गरिरहेको जानकारी गराउँदै संघीय सरकारसँग स्रोतसाधनको स्वायत्तता, ठूला तथा अन्तरपालिका योजनामा प्राथमिकता, विपद् व्यवस्थापनमा सक्रियता र दक्ष जनशक्तिको सहज उपलब्धताको अपेक्षा राखेको बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij