२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशका  सबै अस्पताल विकास समिति विघटन

लुम्बिनी प्रदेशका  सबै अस्पताल विकास समिति विघटन

लुम्बिनी प्रदेशका  सबै अस्पताल विकास समिति विघटन

लुम्बिनी प्रदेशका  सबै अस्पताल विकास समिति विघटन

लुम्बिनी प्रदेशका  सबै अस्पताल विकास समिति विघटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • बुटवल
    लुम्बिनी प्रदेश सरकारले आफू मातहतका सबै अस्पताल विकास समितिहरू विघटन गरेको छ ।
    बैशाख १६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठक, (आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको बैठक) ले प्रदेशका १२ वटै अस्पतालहरूका विकास समिति विघटन गर्ने निर्णय गरेको हो ।


    लुम्बिनीमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल गरी दुई प्रादेशिक अस्पतालहरू छन् । अन्य जिल्ला अस्पतालहरू छन् । लुम्बनी प्रदेश भरका कुल १४ अस्पतालहरूको विकास समितिहरू एकै साथ विघटन गरिएको हो ।


    ती सबै अस्पतालहरूका विकास समितिहरू विघटन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आइतबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।
    स्रोतका अनुसार प्रदेशभरका अस्पतालहरूमा विकास समिति विघटन गर्ने निर्णय गत चैत २६ गते नै प्रमुख सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा भइसकेको थियो । तर, त्यो कार्यान्वयनमा लैजान केही ढिलाइ भएको हो ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का बिचमा सत्ता समीकरण छँदा लुम्बिनीमा अस्पताल विकास समितिहरू गठन गरिएका थिए ।पछिल्लो समय राजनीतिक समीकरण फेरिएर नेकपा (एमाले) र नेपाली कांग्रेसबिचमा सत्ता समीकरण रहेको हुँदा आफू अनुकूलका मानिसहरू विकास समितिमा मनोनित गर्न विकास समितिहरू विघटन गरिएको स्रोतले बतायो ।

    यी दुई दलकाबिचमा कुन अस्पतालमा कसलाई अध्यक्ष बनाउने भन्ने बारेमा लगभग सहमति भइसकेको हुँदा छिट्टै नयाँ विकास समिति गठन गरिने स्रोतले बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij