२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अटोभिलेज बाहिर ग्यारेज राख्न नदिइने

अटोभिलेज बाहिर ग्यारेज राख्न नदिइने

नगरका विभिन्न ठाउँमा छरिएर सञ्चालित ग्यारेजहरू त्यहाँबाट हटाउन नगरपालिकाले ३५ दिने  सूचना जारी गरेको छ ।

अटोभिलेज बाहिर ग्यारेज राख्न नदिइने

अटोभिलेज बाहिर ग्यारेज राख्न नदिइने

नगरका विभिन्न ठाउँमा छरिएर सञ्चालित ग्यारेजहरू त्यहाँबाट हटाउन नगरपालिकाले ३५ दिने  सूचना जारी गरेको छ ।

अटोभिलेज बाहिर ग्यारेज राख्न नदिइने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • भैरहवा 
    रूपन्देहीको सिद्धार्थनगर–९ गोनहियास्थित सिद्धार्थ अटोभिलेज पूर्णरुपमा सञ्चालनमा नआएपछि नगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । स्थापना भएर पूर्वाधारहरु बने पनि नगरक्षेत्रका व्यवसायीहरु मनोमानी रुपमा शहरमै केन्द्रित भई काम गर्दा अटोभिलेज सञ्चालनले पूर्णता पाउन सकेको छैन ।


    सिद्धार्थनगर नगरपालिकाले सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणाअन्तर्गत नगरक्षेत्रमा यत्रतत्र छरिएका ग्यारेज, वर्कशप, अटो मेकानिक्सलगायतका व्यवसायलाई एकै स्थानमा ल्याउने भनेर ०७० सालमा सम्झौता गरे पनि कार्यान्वयन नभएपछि सोमबार नगरपालिकाले लुम्बिनी रोडमा सञ्चालनमा रहेका विभिन्न ग्यारेजहरु त्यहाँबाट हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरलाई सफा, सुन्दर र पर्यटकीय दृष्टिले आकर्षक बनाउन उक्त स्थानबाट ग्यारेजहरु हटाएर अटोभिलेजमा लैजान नगरपालिकाले निर्देशन दिँदै सूचना जारी गरेको हो ।


    नगर क्षेत्रका श्रमिक र व्यवसायीहरु अटो भिलेज नजाँदा शहर त कूरुप भएको छ नै, अटो भिलेज सञ्चालनमा आउन सकेको छैन । अटोभिलेजका लागि श्रमिकहरूले जग्गा खरिद गरेका र सडक, खानेपानी, विद्युत्लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको थियो ।  ती सबै तयार समेत भइसकेको नगरपालिकाले जनाएको छ । तर ११ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा आउन नसकेपछि नगरपालिकाले अल्टिमेटम नै दिएको हो । 


    ग्यारेज सञ्चालकहरुले अटोभिलेजको ठेगाना राखी व्यवसाय दर्ता गरेर लुम्बिनी रोडमा ग्यारेज सञ्चालन गर्दै आएका छन् भने कतिपयले दर्ता नै नगरी व्यवसाय सञ्चालन गरिरहेका छन् । सिद्धार्थनगर नगरपालिकाले नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरसँग दुबै पक्षले गर्ने गरी ११ बुँदे, नगरपालिकाले गर्नुपर्र्नेे १० बँुदे र युनियनले गर्नुपर्ने ३ बुँदे सम्झौता गरे पनि स्थानीय सरकारको दोस्रो कार्यकाल ३ वर्ष बित्दा समेत अटो भिलेजमा आकर्षण बढेको छैन । 


    अटोभिलेजका लागि श्रमिकहरुले जग्गा खरिद गरे सडक, विद्युत्लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको थियो । जसो तसो ति पूर्वाधारहरु बने पनि नगरका व्यवसायीलाई स्थानान्तरणका लागि नगरपालिकाले कुनै चासो नदेखाएको युनियन र अटोभिलेजका श्रमिकहरुले गुनासो गर्दै आएका थिए ।करिब ३ सय श्रमिकहरुमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १२ विघा जग्गा खरिद गरे । अटोभिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले गरेको निर्णय स्वागतयोग्य रहेको नेपाल अटो मेकानिक्स टे«ड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले बताए । 


    ‘नगरपालिकाले बाध्यात्मक निर्णय गरेको छ, अब लामो समयदेखिको प्रयासले बल्ल सार्थकता पाउला जस्तो छ,’ उनले भने –‘पटक– पटकको प्रयासपछि अहिले सिद्धार्थ अटोभिलेज सञ्चालनले निरन्तरता पाउने आशा पलाएको छ ।’ 


    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस विषयमा नगर कार्यपालिकाले बैशाख ९ गते निर्णय गरेको बताए । उनले  पटक–पटक अटोभिलेजमै व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई जानकारी गराएको भए पनि व्यवसायीहरुले अटेर गर्दै आएपछि यो निर्णय लिनुपरेको बताए । ‘नगरलाई सफा, सुन्दर र पर्यटकीय बनाउन अटोभिलेज बाहेक अन्यत्र स्थानमा ग्यारेज सञ्चालनमा रोक लगाइएको छ,’ थापाले भने–‘अहिले त्यो अवस्थाका कडाईका साथ लागू गर्ने गरी ३५ दिने स्थानान्तरणको सूचना जारी गरेका हौं ।’


    हाल अटोभिलेज क्षेत्रमा केही वर्कशप, टायर पञ्चर, इञ्जिनियरिङ, बेल्डिङ, टायर रिसोलिङ, पम्प, ट्याक्टर, गाडीको बडी मेकानिक, हेड–लेथ मर्मत, साना सवारी साधानको ग्यारेज, पार्टस्, मोबिल, डेन्टर पेन्टरलगायतका व्यवासायी र मिस्त्रीहरुले मात्रै काम सुरु गरेका छन् ।


    सिद्धार्थ अटोभिलेज सञ्चालनमा ल्याउन खोजेको नगरपालिकाले आफ्नै सम्झौता कार्यान्वयन नगरी उल्टै सम्झौताविपरीत ठुला व्यवसायीहरुलाई लुम्बिनी रोडमा ‘मिनी’ अटोभिलेज सञ्चालन गर्न छुट दिएकोे थियो । सम्झौताको बुँदा नम्बर ४ मा अटोमेकानिक्स सम्बन्धी व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीलाई सिद्धार्थ अटोभिलेज बाहेक अन्यत्र व्यवसाय गर्न नपाउने गरी दुवै पक्ष (नगरपालिकाका र व्यवसायी) ले आवश्यक भूमिका र पहल गर्ने उल्लेख रहे पनि नियमन गर्ने निकाय नगरपालिकाले आफ्नै सम्झौताको उल्लंघन हुने गरी व्यवसायीहरुलाई लुम्बिनी रोड र शहरका अन्यत्र ठाउँमा ग्यारेज वर्कशप सञ्चालन गर्दैै आएका छन् ।


    सिद्धार्थनगर नगरपालिकामा करिब ८ सय व्यवसायीहरु अटोभिलेजमा जाने प्रकृतिका रहेका छन् । नगरमा एक हजार ५ सय अटोमोबाइल्ससँग सम्बन्धित व्यवसाय दर्ता भएका अध्यक्ष सारु मगरले बताए । उनका अनुसार अधिकांश लुम्बिनी रोड र वरपर क्षेत्रमा ग्यारेजहरु अव्यवस्थित रुपमा रहेका छन् । 


    अटोभिलेज क्षेत्रमा भने २० जना व्यवसायीहरुले मात्रै नियमित काम र व्यवसाय गर्दै आएको सारुले बताए । भैैरहवाको लुम्बिनी रोड, अञ्चलपुर, पडसरी, वाइपास, हाटबजार र बसपार्क क्षेत्रमा अव्यवस्थित रुपमा अटोमेकानिक्सहरु ग्यारेज सञ्चालन गर्दै आएका छन् । 


    अटोभिलेज पुग्न अझँै पुलको समस्या रहेको, सर्भिस रोड हँुदै आउनु पर्ने बाध्यता रहेकोले हाइवे खोल्नु पर्ने, विस्तारै हुलाकी सडकसँग जोड्नु पर्ने, बाटो र पूर्वाधारको काम अझैँ व्यवस्थित गर्नु पर्नेलगायतको समस्या रहेको अटोभिलेजमा रहेका व्यवसायीहरुको माग छ । 
    रेशम...

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij